banner
banner

समको ‘झरना’ तैलचित्र – प्राज्ञ रमेश खनाल

कलाकार बालकृष्ण समज्यूले बनाउनु भएको ‘झरना’ नामक यथार्थवादी  चित्र धेरै नै प्रसिद्ध छ । शक्तिखौर (चितौन) को झरनालाई समज्यूले तेल रंगबाट क्यानभासमा उतार्नु भएको छ । शक्तिखौरको जंगललाई चिर्दै ‘झरना’ माथि बाट तल बहेको छ । झरनाको ताल लयात्मक छ । माथि सानो, मध्यमा ठूलो हुँदै यो झरना पोखरीमा समाहित भएको छ । समज्यूको यो चित्र प्रकाश र छायाँको बेजोड मेल भएको कृति हो । यो चित्र प्रकाश  र छायाँ कै मेलबाट सुन्दर लागेको छ । संभवत विहानको नउ÷दश बजे घामको परिव्रत्यलाई चित्रमा ढालिएको छ । जंगलमा घामको टहकले झरनालाई लोभलाग्दो बनाएको छ । त्यसैगरि पोखरीमा टल्किएको पानी जिवन्त लाग्दछ । शुश्म शुश्म प्रकाशलाई समज्यूले उतार्नु भएको छ । पोखरीका दुबै छेउमा रुख। बुट्यान पनि उज्यालोको स्पर्शीले उत्मात भएको देखिन्छ । समग्र चित्रलाई हेर्दा मनमा कवित्वको भाव प्रस्फुटन हुन्छ । कयौंले समज्यूको यस चित्रमाथि रोमान्टिक कविता पनि लेखेका छन् । 
बेजोड यथार्थवादी चित्रहरु बनाउन समज्यूलाई कसले भेट्ने ? उहाँले बनाउनुभएको  राणा प्रधान मन्त्रीहरुको जीवनीपरक यथार्थवादी शैलीका चित्रहरु आज पनि राणाका दरवारहरुमा, राष्ट्रियकला, संग्राहलयमा, राजदरवारमा र सम निवासमा हेर्न पाईन्छ ।
कवि नाटकार, साहित्यकार, फोटोग्राफर, कलाकार, दार्शनिक बालकृष्ण सम बहुप्रतिभाका धनी हुनुहुन्थ्यो । समज्यूको घरलाई सांस्कृतिक केन्द्र भनिन्थ्यो । समज्यूको बाजेलाई साहित्य संस्कृति र कला माथि चाख थियो । घरको वातावरणको प्रभाव समज्यू मा पनि प¥यो । कला चाँहि उहाँले जवरमान चित्रकार संग सिक्नुभयो । जबरमान प्राकृतिक कलाकार थिए । उनी नाटकमा काम गर्दथे । नाटकका पर्दामा दृश्यचित्र बनाउने काम गर्दथे । जबरमान लगायत उहाँलाई चन्द्रमान सिंह मास्के, तेज बहादुर चित्रकार, पूर्णमान चित्रकारहरु बाट प्रेरणा पाउनुभयो । 
यथार्थवादी शैलीले प्रभुत्व जमाएको बेलामा समज्यूले बनाएको झरनाको चित्रलाई धेरैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । र आज पनि गरिरहेका छन् । धेरैपछि सम्म समज्यूको उक्त चित्र वीरेन्द्र आर्ट ग्यालरीमा, नाफामा थियो । २०७२ सालको महाभूकम्पले नाफा भवन बस्न नहुने भएपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उक्त बहुमूल्य कृति सुरक्षित सँग राखेको छ ।
उनी किन रुईन ?
चित्र हेरेर रुएको आजै देखें
सिनेमा हेरेर म पनि रुएको छु । जापानि चलचित्र ......हाचि....हेर्नुस् तपाई पनि रुनु हुनेछ । सत्य घटनामा आधारित एक बफादार कुकुरको जीवनी कथा जसले आफ्ना मालिकलाई रुङ्गदा रुङ्गदै इंह लिला समाप्त पारेको छ । गोपाल प्रसाद रिमालको मसान पढ्दा पनि आँखामा आँसु छछल्किएको थियो । केही दिन अगाडि “द वार हर्स” नामक चलचित्र हेर्दाखेरी पनि आँखा डबडबाएका थिए । जूली नामक घोडाको विजोक देख्न सकिन । मैले विश्वका केही ग्यालरीहरु जस्तै झुरिंगरवाल्ट, डे«सडन, रसियाको पुस्किन, ल्यापजिसको म्यूजियमहरु लण्डनको टेट मोर्डन, टेट ब्रिटेन, क्यार्लीफोर्नीयाको लाक्मा, द ब्रोडदादि हेरेको छु । विश्वप्रसिद्ध कलाकारहरुको मानवताको ब्याख्या गर्ने कयौं चित्रहरु हेरेको छु  । युद्धले बिछिप्त पारेको कारुणिक दृश्यहरु भित्र रमेको छु । तर चित्र हेरेर न म रुएको छु । न अरुलाई रुने बनाएको छु । तर ति नानी बरबर्ती आँशु झारेर घुक्क घुक्क रुईन । उनको रुवाईले हामी सबै स्तब्ध भयौ । आखिर ति विद्यार्थी नानीले कलाकारका चित्र भित्र कुन कुरा पाईन ? र आँशु झारिन ।
“रमेश सर ! भोली कलाका केही विद्यार्थीहरुलाई लिएर हामी अरुपण आर्ट ग्यालरी भिजिट गर्न आउदैंछौ भन्छन्” – कला शिक्षक विपिन राज श्रेष्ठ ।
म “हुन्छ” भन्छु ।
समय अपरान्हको २ बजेको छ । झण्डै बीस जना विद्यार्थी कलाकारको संगै कलागुरु हुन्छ । र कलाकार म सँग परिचय गर्छन् । “अन्तरमनको झिल्को” नामक दोस्रो एकल कला प्रर्दशनी अरुपण आर्ट ग्यालरीमा चलिरहेको छ । कलाकारले विदार्थी संग आफुले दुईवर्षको वाल्यकाल देखि पोलियोको कारणले बेहोर्नु परेको दुःखद् जीवनीलाई ग्यालरी भरि पोखे । संघर्षको अर्को नाम जीवन रैछ । जीवनको अर्को नाम संघर्ष रैछ भन्दै नारी सौन्दर्य शक्ति, सुन्दरतामा पुगेर उनी थामिए । 
संघर्ष, कष्ट भित्र बाँधिएको जीवन । त्यस जीवनको प्रतिनिधित्व गर्ने उनका चित्रहरु । विद्यार्थीहरुले प्रश्न गरे कलाकारले जवाफ फर्काए ।
त्यसोत वष्ठि कलाकार शसि शाहले पनि पछिल्लो समय घोडा नै बनाए । भारतिय कलाकार सुनिल बर्नजीले पनि घोडालाई नै रोजे । केही चिनिया कलाकारहरुले पनि घोडा नै बनाईरहेका छन् । घोडालाई कलाकार डउज (विश्व प्रसिद्ध एनिमल आर्टिष्ट) ले पनि रोजे । घोडालाई अन्य थुप्रै कलाकारहरुले रोजका छन् । किन घोडालाई नै कलाकारहरुले चित्र बनाउन रोजि रहेका छन् । 
घोडा गतिवान हुन्छ ।
घोडा कृयाशील हुन्छ ।
घोडा शक्तिको प्रतिक हो । घोडा संग मानिसको सम्बन्ध अनन्त छ । प्रसिद्ध साहित्यकार वि.पी कोईरालाले आफ्नो कथामा घोडा रोजे ‘कर्नेलको घोडा’ उनको प्रसिद्ध मनोवैज्ञानिक कथा हो । अवचेतन मन भित्रको सजिव उदाहरण हो उनको यो कथा । समज्यूले पनि घोडालाई पात्र बनाएर ‘टांगन घोडा’ जस्तो कथा लेख्नुभयो । 
युद्धमा घोडा ।
सूर्यको वहान घोडा ।
जताततै घोडा नै घोडा ।
कवाज खेल्छ घोडा । 
हुसेनका चित्र भित्र सल्बलाउँछ घोडा । कलाकार भन्छन् –“शक्तिको प्रतिक हो घोडा । संघर्षको प्रतिक हो घोडा । नारी– सुन्दरता हो । घोडा शक्ति हो । संघर्ष र नारी सुन्दरताको बेजोडमेल नै हुन ‘मेरो अन्तर मनको झिल्कोहरु’ । कलाकारको कुरा सुनेर केही विद्यार्थी भावुक हुन्छन । उनको संघर्षमय जीवन ग्यालरी भरि पोखिन्छ । 
पुन ः शसि शाह घोडा भित्र कल्की । कलाकार अगाडि भन्छन “आखिर हामी यस्तै रहेछौ । हामीले हिजो जे भोग्यौ त्यसैको प्रतिबिम्ब हुन यी चित्रहरु ।  हिजो सँग विमुख पटक्कै छैन म । हिजोसँग कोही पनि विमुख हुनै सक्तैन । म पनि विमुख छुईन । हिजोको श्रृंखला  नै आजको यथार्थ स्वरुप ‘अन्तर मनको झिल्को’ नै हो ।
विश्वप्रसिद्ध कलाकार साल्भाडोर डालीले “जि ओलजिकल इभुलेसन, १९६३” नामक चित्रमा घोडालाई नै रोजे । घोडाको आंगमा दुईटा खप्पर छन । केही पर..चट्टानको बीच एक निर्वस्त्र मान्छे छ । रुखो, वाझो परिवेशमा घोडा झोक्राएर उभिएको छ । डालीले यो चित्र ‘आस्कर डोभिन्ग्योज’ को प्रभावबाट १९३२ मा बनाएका हुन् ।
घोडा बनाउने चलन धेरै अगाडि कै हो । व्रिटिस कलाकार जन कन्स्टेबुलको दृश्यचित्रहरुमा चरिरहेका घोडा देखाएका छन । विश्वप्रसिद्ध कलाकार डेलाक्रोज (Dela Croix) ले पनि ‘Arab Saddling His Horse,1855' नामक चित्रमा घोडालाइ नै छाने । 
अर्का विश्वप्रसिद्ध कलाकार निकोलाज पुस्सिनले पनि Tancred and Erminia,1630 चित्र बनाउँदा खैरो र सेतो घोडालाई नै बनाएका छन् । 
यसैगरी अर्का विश्वप्रसिद्ध कलाकार पिटर पउल रुविन्सले Perseus and Andromedda, 1620–21' नाम गरेको चित्रमा घोडा नै रोजे ।
हिजो पनि घोडा । 
आज पनि घोडा ।
‘अन्तर मनको झिल्को’ मा पनि घोडा । उनी घोडा झै उग्रवेगमा दौडिने कामना गर्छन् । अवचेतन मन भित्रको हुवहु स्वरुप हो उनका घोडाहरु ।
रंग – हरियो ।
रंग – पहेलो, खैरो 
गम्भीर र भलाद्मी रंग किन प्रयोग गर्नुभयो ? भनि सोध्छन् विद्यार्थीहरु !
कलाकार भन्छन “शान्ति र प्रेमको लागि मैले हरियो र पहेंलो रंगहरु रोजे । जुन वस्तुमा प्रेम हुन्छ  त्याँहा सौन्दर्य हुन्छ र सौन्दर्यमा अथाह शक्ति पनि हुन्छ तर त्यो ब्यक्तिको अभिब्यक्ति शैलीमा भर पर्दछ । कहिले त्यही शक्ति कहाली लाग्दो अन्धकारमय बन्दछ र कहिले त्यही शक्ति सौन्दर्य बन्दछ ।
उनका विचारहरु सुनिरहेका छन विद्यार्थीहरु । म उनीहरुको आँखा पढिरहेको छु । उनीहरुका आँखामा रौनकता छ । चमक छ । जिज्ञासा छ । यस्तैमा एक विद्यार्थी सोध्छन् “रेखाहरु माथि केही भन्नुभएननी ” भनी सोध्दा उनी मुस्कुराउछन् ।
तर मन भित्र एउटा कौतुहलता  ज्यूँदो छ । ती नानी किन रुईन । यस प्रश्नको जवाफ अझ सम्म मैले पाएको छैन । मुस्कुराउँदै उनी भन्छन् – “रेखा” त चित्रको ज्यान हो । रेखा बाटनै चित्रको यात्रा सुरु हुन्छ । रेखा बाटनै मैले घोडाहरुलाई गतिवान बनाए । जीवन्तता दिए । अत ः रेखा बाटनै यो प्रर्दशनि सजिब भयो ।”
विश्वप्रसिद्ध कलाकार सेजा पनि रेखामा चित्र बनाउँछन । उनको ‘ीबमथ ष्ल द्यगिभु, ‘The SmokerÚ, ‘Mount Sainte–Victoire' लगायत अन्य थुप्रै चित्रहरुमा रेखाको सशक्त प्रयोग छ ।
मेरो अगाडी म अघि देखि हेरेको छु एकजना विद्यार्थी केही कुरा वुझ्ने जान्ने प्रयासमा छिन् । उनी सोध्छिन् ‘वास्तविकतादेखि कति टाढा पुगेर तपाई चित्र बनाउनुहुन्छ ?’
जिज्ञासु आँखा,
कला भित्रको घोत्ल्याई,
कलाको अन्तररंग, 
संगै हिड्ने छौ हामी ...कलाको दुनियाँमा । कलाको सागरमा । 
फगत केही विश्राम पछि । उनी पून ः हाँस्छन र भन्छन “नानीहरु त कडा कडा प्रश्न गर्नु हुन्छ ।”
विद्यार्थीहरु झस्किन्छन । अनर्थ सोधिएछ की क्या हो भन्दै ।
हामी भोलीको सहयात्री । कला पढ्नु । कला प्रर्दशनी हेर्नु । केही प्रश्न सोध्नु । कला कार्यशालामा सहभागि बन्नु । छलफलमा भाग लिनु । वास्तवमा यो एक आर्ट स्कुलिगं नै हो । उनी टाउको मुसार्दै चश्मा मास्तिर सार्दै भन्छन “वास्तविकता देखि टाढा छु पनि छैन पनि ।”
विद्यार्थीहरु अक्कबक्क ।
“हामीले भोगेको जीवन । अनी यस जीवन भित्रको सुन्दर, कुरुप, सुविचार, कुविचार, पाप, मोक्ष, प्रेम, घृणा नै आजको हाम्रो वास्तविकतामा हामी यिनीहरु देखि टाढा छैनौं । अत ःवास्तविकता हाम्रो अन्तर मनको झिल्को हो भने झिल्कोलाई मूर्तता दिन यथार्थ भन्दा अलिक पर त पुग्नै पर्छ । र म पुगे पनि । सायद त्यसैलाई सृजना भन्छौ होला ।”
उनको कुरा सुनेर – ती विद्यार्थी बढी भावुक भईन क्यारे । उनको आँखाका कोश भित्र सागर उर्लीयो । ति सागर कोश छिचोलेर बाहिर सुनामी झै बहन थाल्दा हामी पनि भावुक भयौ । कला प्रर्दशनीमा चित्रको ब्याख्या सुनेर, हेरेर उनी रुएको मैले आजै देखे । 
भोली ती नानी पुन ः रुन्छिन की रुन्नन् त्यसलाई समयकै गर्भमा छाडिदिऊ । उमेर, परिस्थिति र समयले मानिसलाई बेग्लै बनाउँदछ । त्यसबेलाको कल्पना अहिले म गर्दिन । तर आज मलाई यत्ति थाहा छ कि उनी रुईन् । त्यसको गहि¥याई सम्म म पुग्न सके सकिनँ त्यसलाई पनि छाडौं । ती कलाकार सञ्जय वान्तवा हुन् । जसले घोडालाई शक्तिको प्रतीक बनाएर ‘अन्तरमनको झिल्को’ नामक प्रर्दशनी आयोजना गरेका थिए । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper