banner

पौष २७ गते पृथ्वी जयन्ती

दीर्घराज प्रसाई- - 
पौष २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण क्षेत्र सरिक हौं ! पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्रा टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरेका थिए । 
बेलायती सम्राज्यवादी शक्तिसँग भिडेर पृथ्वीनारायण शाहको नेतृत्वबाट हिमवत्खण्डको मौलिकतालाई जीवन्त राखिएको हो । यस्तो महान व्यक्तित्वको जन्म दिनको दिन पौष २७ गते जन्म जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन नचाहनेहरु गैमार गद्दारहरु हुन् । माओको  आवरण र पश्चिमा एजेन्डा बोकेर  माओवादी जबर्जस्त शक्तिको  रूपमा उदय भए,  जनयुद्धको  नाममा बाबुराम भट्टराईको नेतृत्वमा पृथ्वीनारायण शाहका शालीक भत्काइए । 
राजासँग संझौता भएर जनआन्दोलन रोकिएपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला  प्रधानमंत्री बने । उनले नारायणहिटी राजदरबारमा २०४७ सालको संविधान अनसार  राजा ज्ञानेन्द्रबाट प्रधानमंत्रीको सपथ ग्रहण खाए । गिरिजाले कृष्ण  सिटौलालाई गृहमंत्री बनाएका थिए । उनी भारतीय गुप्तचर संस्था ‘रअरु बाट  परिचालित एक कुलंगार रहेछन् । यिनै सिटौलालाई ‘रअ’ र बाबुराम भट्टराईको  दबाबमा राष्टिरुय एकता दिवस तथा पृथ्वी जयन्ती खारेज गरे ।
तर जस्तोसुकै अवस्थामा पनि पौष २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन हामी सम्पूर्ण देशभक्तहरु जुर्मुराउनु पर्छ । यसको लागि पार्टी भित्र र बाहिरका सम्पूर्ण नेपालीहरु, राजनीतिक नेतृत्व, राष्ट्रिय सेना, सुरक्षास्रोत सम्पूर्णको समर्पण चाहिन्छ ।
एउटा गौरवको कुरा छ कि भारतबर्ष हिन्दुहरुको वाहुल्य रहेकाले अंंग्रेजले हिन्दुस्थान नामाकरण गरेको थियो । तर त्या भन्दा पहिला नैं पृथ्वीनारायण शाहले ‘यो असल हिन्दुस्थान’ हो भनेका थिए । ‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भयारु भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीलाई इतिहासको सत्यले उत्प्ररित गराउँछ ।  
हामीलाई यो पूण्यभूमि सरक्षित राख्नु छ । उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कसरी सुरक्षित भएर कस्तो कुटनीति अवलम्वन गर्नुपर्दछ भन्ने कुरा पृथ्वीनारायण शाहले २५७ बर्ष अगाडि राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुरुाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन् भन्ने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सोच र चिन्ता कति दुर्ददर्शी थियो भन्ने कुरा अहिले छिमेकीहरुको चलखेलबाट स्पष्ट छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper