देवी काफ्ले- -
हामी सधैं महिला हक अधिकारका कुरा उठान गर्छौं । कहिले बलात्कारका बिरुद्ध त कहिले घरेलु हिंसाका बिरुद्ध आवाज उठाउंछौं । सबल महिला हिंसामा परेका तथा केही निर्बल महिला पनि हिंसामा परेका घटनाहरु दिनहुँ सुन्ने देख्ने गरेका छौं । बौद्धिक अपांग भएका नानीहरु तथा महिलाहरुमा भएका हिंसा सुनेका छौं, देखेका छौं । कतिपय घटनाहरु बाहिर ल्याईदैन । किनकी घटना बाहिर आयो भने समाजले अस्विकार गर्छ । महिलालाई चरित्रहिन बनाउन र ऊ माथि गिद्धेनजर लगाउनेहरुको ताँती लाग्छ । सोही कारण पनि सबै घटना बाहिर आउदैनन् ।
आजको बिषय हो दृष्टिबिहिन महिलाहरुको अबस्था हेर्दा उनीहरू हिंसामा परेका छैनन् होला या उनीहरूको बिषयमा कसैले बिषय उठान गर्न चांहदैन ?उनीहरूले सहजै आफु माथि जाईलाग्नेहरुका बिरुद्ध किन आवाज उठाउंदैनन् ? कि उनीहरू सामाजिक हिंसामा परेका छैनन्, कि घरेलु हिंसामा परेका छैनन्, कि यौन हिंसामा परेका छैनन् ? घरमा, टोलछिमेक, समाज, स्कूल र यात्रामा समेत उनीहरूलाई सहारा चाहिएको हुन्छ । सहारा दिने सबै आफन्त या साथीहरु कसैबाट पनि उनीहरू हिंसामा परेका छैनन् होला त ? तर उनीहरू कुनै पनि हिंसाको बिरुद्ध उत्रन या आफुमाथि भएको हिंसाको बिरोध खुलेर गर्न चाहान्नन् । भित्रभित्रै पीडा सहेर बस्ने कसम खाएका हुन्छन् सायद । किनकी हाम्रो समाजमा एउटा आंखा देख्ने, सक्षम र सबल नारी त हिंसामा परेका छन् । जसको बिरोध गर्दा समाजले चरित्र हिन,बाइफाले,बेश्याको संज्ञा दिएर बारम्बार अपमानित गरेको हुन्छ भने दृष्टिबिहिनको के अवस्था होला ? समाजले के भन्ला?परिवारले हेर्ला कि नहेर्ला सहारा देला या नदेला भन्ने तर्कमा उनीहरू आफुले सहनु सिवाय अरु बाटो भेट्दैनन् त्यसैले पनि चुप बस्छन् ।
शारीरिक अपांगता भएका नागरिकहरु मध्ये दृष्टिबिहिन दिमागी कामकुरामा चलाख नै हुन्छन् । पढेका सीप सिकेकाहरु ढुक्कसँग आफ्नो जिविकोपार्जनमा लागेका छन् । सबै दृष्टिबिहिनले यस्ता अवसर पाएका छैनन् । उनीहरू आफुलाई कमजोर महसुस गर्छन् । हरबखत सहाराको आबस्यकता हुन्छ, त्यहि सहयोग नपाईएला भन्ने डरले आफुमाथि भएका हिंसा उजागर गर्न चाहान्नन् । एक त शारीरिक अशक्तता, त्यसमाथि भोलीको परिणामको भयावह कल्पनाले उनीहरूलाई कमजोर गराईदिन्छ । सोही कारण उनीहरू सहजै हिंसाको बिरोध गर्दैनन् ।
राज्यले नीति अनुसार अपांग भत्ता त ब्यबस्थित गएन । उनीहरूलाई मारेका माछा दिनुभन्दा जाल हान्न सिकाईदिए आत्मनिर्भर भएर भोलि कसैको सहारामा पलपल गुजार्नु पर्ला भनेर सहेका पिडाहरु, अत्याचारहरु बाहिर ओकल्थे कि ? सधैं हिंसा सहदा पीडकलाई अरु थप हौसला मिल्छ न त उसको बिरुद्धमा कोहि बोल्ने भयो न त उ अपराधी ठहरिने भयो । जो कोहि भएपनि अत्याचारको सीमा बढाउन टेवा पुग्दो छ, उनीहरूको सहनशीलताले । राज्यले दिएको अपांग भत्ता १–२ हजारले उनीहरूको जीवन धान्न सक्छन् ? एउटा अपांगलाई जीवन धान्न के के आवस्यकता हुन्छ ? सक्षम, सबल मान्छेलाई जिविकोपार्जनका लागि हजार बाटोहरु छन् । दृष्टिबिहिनहरुले कसरी जीवन गुजारा गर्ने ? राज्यले दिएको भत्ताले चटनी चाट्न पनि पुग्दैन । अवसर छैन । साथ र सहयोग गर्ने निकाय छैनन् अनि यस्तो निरीह अवस्थाका कसरी न्याय खोज्ने ? कहाँ न्याय पाउने ? सायद यिनै प्रश्नले गांजेर होला उनीहरू हजार पीडा पनि सहजै आँखा चिम्ले सरी चिम्लिदिन्छन् ।
बाटो काट्दा डोर्याएर बाटो कटाईदिएर मात्रै उनीहरूको जीवन परिवर्तन हुने होईन । ठान्नेले त मैले पुन्य कमाएँ भन्ने ठान्छ तर बाटो काट्दाका जस्ता कठिनाइसँग पलपल लडिरहेका हुन्छन् । तर पनि कुनै बिरोधाभास जनाउदैनन् । अब यिनीहरुको चुप्पीलाई तोड्नुपर्छ । सरकारले एकहजार भत्ता होईन यिनीहरुको सम्पूर्ण पालनपोषण देखि लिएर जीवनयापनको पूरा जिम्मेवारी लियोस् । उनीहरूलाई मारेका माछा हैन जाल हान्न सिकाइदेओस् अनि उनीहरू आफ्नो जिवन सुरक्षित ठानेपछि बल्ल अन्याय र अत्याचारको बिरोध गर्ने हिम्मत जुटाउने छन् ।
यी मुलुकका लागि घातक हुन्
शाश्वत शर्मा
नेकपाका अध्यक्ष प्रचण्ड र उनकै पार्टीका चितवनस्थित कार्यकर्ता नन्दलाल दाहालबीचको टेलिफोन संवादको अंशले सामाजिक सञ्जालहरु, अनलाइन मिडियाहरुमा ब्यापक चर्चा पाएको छ । प्रचण्ड र नन्दलाल दाहालका बीच भएको संवादको पूरै बेलिबिस्तार के थियो ? त्यो यकिन हुन नसके पनि स्यं ननल चैं प्रचण्डले आफूसँग ‘आज भर्खरै पनि मेरो श्यामशरणसँग कुरो भएको छ, ढुक्क हुनोस्, संसद पुनस्र्थापना हुन्छ, अदालतबाट हाम्रा लाग यो काम गरिदिन्छौं भनेका र अब ओलीको केही लाग्दैन भनेर बताएको भनी आफन्त, पाटीृका साथीहरुसँग बताउँदै र आश्वस्त पार्दै हिंडिरहेका छन् । अझ यसमा थप कुरो के पनि छ भने श्यामशरणले संसद पुनस्र्थापना गराइदिए वापत नेपालको नयाँ नक्साको कुरा प्रचण्डहरुले उप्रान्त नउठाउने सहमति समेत भइसकेको बताइएको छ । भन्नुपर्दैन, ती प्रचण्ड तिनै हुन्, जो अघि कथिन जनयुद्धताका भारतसँग सुरुङ युद्ध गर्छौं भनेर बताउँथे । राष्ट्रियताका चर्का चर्का नारा दिएर उनले युवा, बालबालिकालाई युद्धमा होमिदिएका थिए । तर आज पद र शक्तिका लागि नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरण, जो पछि भारतको विदेश सचिवसमेत भए, उनका सामू संसद ब्यूँताइदिएर आफूहरुलाई पद दिलाइदिए, कहिल्यै पनि सीमा विवादको विषय नउठाउने वाचा गरिरहेका छन् । सुन्दैमा यो रौं ठाडो भएर रिस उठ्ने विषय हो ।
प्रचण्डको आफ्ना कार्यकर्ता नन्दलाल दाहालबीचको यो संवादलाई कतिपयले ओली समूहको छुल्याह राजनीति भनेर प्रचण्डको ढाकछोप गरिरहेका छन् तर भारतकै प्रतिष्ठित दैनिकहरुमा ‘प्रचण्ड ने भारतसे मद्दत माँगी’ जस्ता शिर्षक राखेर समाचार छापेका छन् । कसरी गलत भन्ने र ? खासगरी १० वर्षे जनयुद्धको लालनपालन भारतीय खुफिया निकायहरुबाटै भएकाले गर्दा आम नेपालीजो निष्पक्ष छन्, प्रतिप्रति नकारात्मक हुनपुगेका छन् । अझ नेपालका एक पूर्व सचिवले प्रचण्ड विश्वकै धनी कम्युनिष्ट नेताहअरुम्धेमा गणना भइसके भनेर तथ्य सहित लेख नै लेखेपछि पैचण्डप्रति वितृष्णा बढ्नु स्वभाविक हो । तर पनि, प्रचण्डका कार्यकर्ताहरुको चेत खुलेको देखिएन ।
प्रचण्डकै साथी डा.बाबुरामले एउटा जलविद्युत आयोजनाबाट ३ नेताले ९ अर्व खाएको गम्भीर आरोप लगाउँदा पनि पूर्व माओवाीका कार्यकर्ताहरु अझै प्रतिप्रति अन्धभक्ति नै गर्छन् । जनयुद्धको उपलव्धि भनेको प्रचण्ड, ठूला नेता र तिनका परिवारको समृद्धि हुनपुग्यो । प्रचण्डलाई राष्ट्रनायक भन्ने भीड देखिनु दुर्भाग्य नै हो । जनताका छोराछोरीहरुलाई बलीको बेदीमा चढाएर त्यसको फल यही हो ? प्रचण्ड र उनका परिवारको उन्नति जनयुद्धको उपलव्धि ?
चर्चा गरौं श्याम शरणसँग उनी पदका लागि राष्ट्रियताको सौदाबाजी गर्दैछन् । ओलीलाई पदच्यूत गर्न, सर्वोच्च अदालतलार्य दबबा दिन उनी भारतसँग गिड्गिडाउँदैछन् । भारतले अतिक्रमित भूमि खाए पनि संसद पुनस्र्थापित भएमा राष्ट्रपतिलाई महाभियोग, प्रधानमन्त्रीलाई अविश्वासबाट पद्च्यूत गरेर नेपालको शासनमा हालीमुहाली गर्ने उनको लक्ष्य । योभन्दा गएगुज्रेको कम्युनिजम अरु के होला ? यस्ता षडयन्त्रलाई यिनीहरु अग्रगमनको राजनीति भन्छन् ।
यसमाथि माओवादी, सत्ता र शक्तिका लागि जे पनि गर्न तैयार ? ०४६ सालपछिको राजनीतिमा भारत हावी भयो, नेपालको बर्बादी मात्र हुनगयो । जबसम्म प्रचण्ड प्रवृत्ति राजनीतिमा हावी रहन्छ, सिद्धान्त, नैतिकता, वफादारिता, जिम्मेवारी केही पनि बाँकी नरहने भयो । यो त अर्को परिवारवाद भयो । राजनीतिक कार्यकर्ता यिनका लागि प्रयोग हुने हतियारमात्र बने । स्वार्थ सिद्ध भएपछि यिनले कसैलाई पनि चिन्दैनन् । आँट हेरौं त, संसद ब्यूँताएर आफू प्रधानमन्त्ती हुनका लागि भारतसँगको सीमा विवाद नउठाउने रे । यति हुँदा पनि कार्यकर्ताहरुलाई बिझ्दैन ? अझै प्रचण्ड जिन्दावादको नारा लगाउँछन् । यस्ता कार्यकर्ता हुन्जेल प्रचण्ड प्रवृत्तिको अन्त्य कसरी हुन्छ ? ओली खराव हुन्, ओली सर्वसत्तावादी हुन्, प्रचण्ड देशघातक नै कुरा गर्न थालेका छन् । युवाहरु त देशभक्तिका साथ अगाडि पो आउनुपर्ने हो ।
हिजो राजतन्त्र बिस्थापन गर्न भारतलाई गुहारेका प्रचण्डहरु भारतकै सहयोग लिएर अहिले खारेज भइसकेको संसदलाई अदालतमार्फत ब्यूँताउँदै आफू सत्तामा पुग्न चाहन्छन् । सबै प्रचण्डका समर्थकहरुले गम्भीर भएर सोचुन् । यी प्रचढण्ड र यो प्रवृत्ति नेपाल र नेपालीका लागि ठूलो हानिकारक हो कि होइन ?
प्रचण्डले भारतलाई गुहारेको कुरा पाल्पा पुगेका परराष्ट्रमन्त्रीले प्रमाणित बताइसकेका छन् भने अर्का सदस्य माधवकुमार नेपाल त उतिबेलै भारतीय सेना भित्र्याएर राजतन्त्रविरुद्ध लड्न आह्वान गर्ने व्यक्ति नै भइहाले । अर्थात सत्ताधारी ओली कित्ता भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ भने प्रचण्ड, माधव कित्ता देशघातक सोच राख्ने तत्व नै भइहाले । भारतले पाल्यो, भारतकै सहयोगमा राजतन्त्र फाल्नेहरु अब भारतकै सहयोगमा ओलीलाई फालेर सत्तासीन हुन चाहन्छन् । अब प्रचण्ड र माधवका अन्ध समर्थक, ओलीका पिछलग्गुहरु सबैले सोचेर मनस्थिति बताउन् । यो समयमा पनि सबै पार्टीका देशभक्तहरुले सोचेनन् भने कहिले सोच्ने ? सही मार्ग कसरी पहिल्याउने ?