banner
banner

पृथ्वीनारायण शाह र कीर्तिपुर

स्वयम्भुनाथज कार्की- - 
नेपालको एकिकरणलाई अबमूल्यन गर्ने जमातकाहरुले सबैभन्दा चर्को रुपमा पृथ्वीनारायण शाहलाई आतातायी सावित गर्न प्रयोग गर्ने गरेको कुरा कीर्तिपुरे माथि गरिएको भनेको कथित अन्याय हो । कीर्तिपुरको विजय पछि रिसले चुर भएर उनले कीर्तिपुरेहरुको नाककान काटेको कुरा अगाडी सार्ने गर्दछन । नेपालको एकिकरणको अभियानमा उनले कीर्तिपुर मात्र सर गरेका थिएनन् न कीर्तिपुर पहिलो थियो न अन्तिम नै । यत्रा लडाईहरुमा अन्य ठाउको विजय पछि त्यहाँको धार्मिक, आर्थिक तथा सामाजिक प्रणालीमा ् बरु विध्यामान शासन ब्यबस्थालाई चुस्त दुरुस्त मात्र बनाएर त्यस स्थानका जनतालाई सकारात्मक परिवर्तनको स्वाद चखाएका थिए । सानो सिमित श्रोत भएको गोरखाले विजय उन्माद देखाउँदै गएको भए विजय स्थाई हुने थिएन । विभिन्न राज्यले अर्काको राज्य जित्ने र केहि समय पछि त्यो राज्य गुमाउने गरेको घटना त्यस काल खण्डमा आम घटना थिए ।
सन १७५७ मा गोर्खालीहरुले पहिलो पल्ट कीर्तिपुरमा चडाई गरे । त्यस बेला काठमाण्डु खाल्टोका तिनै राज्य र नगरकोटी सैनिकहरु समेत गोर्खाली माथि खनिए । कान्तिपुरे राजा जय प्रकाशमल्लको नेतृत्वमा गोर्खालीहरु हारेपछि सिधा लडाईबाट मात्र काठमाण्डु उपत्यका सर नहुने देखेर वरिपरिका राज्य अधीन गरेर नाकाबन्दी गर्ने काम १७५९ देखि पृथ्वीनारायण शाहले शुरु गरे । तर त्यो काम अधकल्चो हुँदै भाई शुरप्रतापको जिद्धिले १७६४ मा उनैको नेतृत्वमा कीर्तिपुर हान्न अनुमति दिन कर लाग्यो । यस पटक कीर्तिपुरले अरु मल्लराजाको सहयोग पाएन तै पनि कीर्तिपुरेको शुरता र शुरप्रतापको अकुशलताले गोर्खाली फौज भित्रै मच्चिएको कलहले गोर्खालीहरुले अर्को पल्ट हार खाए । घेराबन्दी पुरा भए पछि काजी वंशराज पाण्डेको नेतृत्वमा कीर्तिपुरमा घेरा हालियो । मल्लराजाहरु लगायत कलकत्ता कौन्सिलका गभर्नरसंग पनि सहयताको याचना पठाउदा पनि कीर्तिपुरले सहायता पाउन सकेन । करिव छ महिनाको घेराबन्दीले कीर्तिपुरको मनोबल तोडिईसकेको थियो । काजी वंशराज पाण्डेले उचित अबसर देखेर नुवाकोट मुकाम गरेका पृथ्वीनारायण शाहको अनुमतिले समर्पण गरेमा अभयदान दिने सन्देश पठाए । यसलाई तात्कालिन कीर्तिपुरे जिम्मेवारले १७६६ मा बिना लडाई आत्मसर्मपण गरे । यसरी दुई पटक क्षति व्यहोर्न परेको गोर्खालीले विना लडाई कीर्तिपुर माथि अधिकार गरे । यो दखलको सात महिना पछि मात्र पृथ्वीनारायण शाहले कीर्तिपुरमा प्रवेश गरे अनि त्यहाँको रिति रिवाज पुर्नस्थापना गरे । यस्तो परिस्थितिमा कीर्तिपुरेको नाककान काटने आदेश दिने आबश्यकता नै किन प¥यो र ? के यो घटना साँच्चै भएको थियो ? यस्ता प्रश्नको उत्तर खोज्न यो कुरा कसले उठायो त्यो खोज्न जरुरी छ ।
पहिलो पल्ट यो कुराको उल्लेख कीर्तिपुर दखल भएको पच्चीस बर्षजति पछि पादरी जोसेप्पीले लन्डनमा प्रकाशित ‘एसियाटिक रिसर्सेज’ मा कीर्तिपुर विजय पछि कीर्तिपुरेको नाक ओठ काट्न लगाएको र बस्तिको नाम बदलेर नसकटापुर राखेको कुरा लेखेका छन् । 
(श्री ५ बडामहाराजाधिराज पृथ्वीलारायण शाहको संक्षिप्त जीवनी, दोश्रो संस्करण पृ. ५२९) घटनाको तेईस बर्ष पछि नेपाल आएको कप्तान कर्क प्यार्टिकले नेपाल आएको अठार बर्ष पछि लेखेको ‘नेपाल वर्णन’मा आफ्ना भरियाले भनेको भनेर लडाईमा समातिएका सबै पुरुषको नाक काटन लगाएको कुरा लेखेका छन । कीर्तिपुर दखल लडाईबाट नभई चातुर्यले दखल गरेकोले लढाईमा कोही समातिन सम्भव नै छैन । यसै कुरालाई आधार बनाउदै करिव एक शताव्दि पछि खरिदार बुद्धिमान सिहले नाक काटेको र त्यसको तौल सत्र धार्नि एक सेर भएको कुरा लेखेका छन ।
पादरी जोसेप्पीले उक्त कुरा किन लेखे त यो झन रोचक कुरा छ । मल्ल राजाको समयमा पादरीहरुलाई सुविधा दिएर ईसाई धर्म प्रचारको निमित्त काठमाण्डु उपत्यका भित्र्याईएको थियो । काठमाण्डु उपत्यका सर गरिसकेपछि त्यहाँ रहेका पादरीहरुलाई, जसमा जोसेप्पी र माईकलएन्जिलो प्रमुख थिए आङ्खनो राज्यबाट निकाले । यो काम युवराज प्रतापसिंह शाहबाट गराईयो । माईकेल एन्जिलो औखती गर्न निपुर्ण थिए र युवराजलाई आङ्खनो यो गुणको कायल पनि गराएका थिए । तर, नेपालमा पादरीहरुको उपस्थिति धर्मप्रचारको निमित्त मात्र नभएर वेलाईती साम्राज्य पैmलाउने पनि थियो । यो कुरा कलकत्ता कौन्सिलसंग मद्दत माग्ने प्रकरणमा उनिहरुको हस्तक्षेपकारीसम्मको भूमिकाले प्रष्ट भईसकेको थियो । यसैले बाबुको आज्ञा मान्न प्रतापसिंहलाई गाह्रो भएन । राम्रो मुखले उनले ईसाई बनेका बैसठ्ठी जना र धनमाल समेत लैजान उनले अनुमती दिए । नेपालबाट गएका ईसाईहरु बेतियाको चुरी भन्ने स्थानमा बसे ।
अब नेपालबाट निर्वासित हुनु परेको पिडाले पादरी जोसेप्पीलाई पृथ्वीनारायण शाह प्रति पुर्वाग्रही बनाएको भए त्यो स्वभाविक प्रतिक्रिया हुने थियो । कीर्तिपुरको नाम नसकटापुर कहिल्यै नभएको कुरा प्रमाणित गर्न स्वयं पृथ्वीनारायण शाहले कीर्तिपुर मुकाम गरेर लेखेका आदेश, रुक्काहरुमा नसकटापुर नलेखी कीर्तिपुर नै लेखेका छन । विजय गरेको कुनै स्थानमा गोर्खालीको रितिरिवाज र नाम थोपर्नुको साटो त्यहिको परम्परागत रितिरिवाज कायम राखेको पाईन्छ । कीर्तिपुर संग मात्र रिस उठनको कुनै कारण भेटिदैन, बरु आपूmलाई निकालेको रिसले चुर भएर जोसेप्पीले पृथ्वी नारायण शाहको बदनाम गर्ने उद्देश्य प्रष्ट देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper