banner
banner

राप्रपालाई चुनाव लाग्यो, प्रचार सुरु भयो

काठमाडौं । राप्रपाले ताजा जनादेश लिन जाने सरकारको घोषणाको स्वागत गरेको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत विभिन्न २२ सुत्रीय माग राखी देशका ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र सरकारलाई ज्ञापनपत्र पेश गरेको राप्रपा संगठन बिस्तार, चुनावी प्रचार र आफ्ना एजेण्डाहरु जनतालाई स्पष्ट पार्नका लागि सक्रिय भएको छ ।
राप्रपाले सबै जिल्लाहरुमा साना ठूला ¥याली पनि गरेको छ ।  आमसभा गर्दै संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र किन चाहिन्छ, किन राप्रपा बैकल्पिक शक्ति बन्नुपर्छ भनेर जनतालाई बुझाउँदै अघि बढेको देखिन्छ । अब भने राप्रपा सही मार्गमा आएको छ । बाँकी ७ पेजमा
मकवानपुरदेखि बारा पर्सासम्मका जनताका सामु उभिएर अध्यक्ष कमल थापाले भनेका छन्– सरकारले गरेको ताजा जनादेशको पहल राप्रपाका लागि बैकल्पिक शक्ति बन्ने अवसर हो । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चमा विचाराधीन भएकोले संवैधानिक, असंवैधानिक भन्नेबारेमा टिप्पणी नगर्ने तर जस्तोसुकै फैसला आए पनि सर्वोच्च अदालतलाई सबैले मान्नु पर्ने बताए ।
यसो भन्दै गर्दा अध्यक्ष थापाले घोषणा गरे– राप्रपालाई अवसर दिनोस्, हिन्दू राष्ट्र घोषणा हुन्छ, राजतन्त्रसहितको लोकतन्त्र स्थापना गर्छौं । देशलाई समृद्धितर्फ लान्छौं । सनातन हिन्दू धर्मको बर्खिलाप १४ वर्षअगाडि षड्यन्त्र गरिएको र राजतन्त्रसमेत मार्ने काम भएकोले देश अभिभावकविहीन हुन पुगेको हो । जन अभिमतको नेपाली कांग्रेस, नेकपा र मधेसवादी दलहरू असफल भए ।  पार्टीहरूले जनविश्वासका काम गर्न सकेनन् । भागवन्डामा लिप्त भए, भ्रष्टाचार बढाए । यो अवस्थालाई राप्रपाले परिवर्तन गर्नसक्छ, गर्छ । जिम्मेवारी जनताले दिने हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper