banner
banner

विरोधको बान्की

काठमाडौं । १७ दिनदेखि उखु किसान उखु बेचेको मूल्य नपाएर रोइरहेका छन्, यहीँ मर्छौं भनेर अनसन बसिरहेका छन् । तिनलाई उखुको मूल्य दिलाउन दबाब कुनै दलले दिएनन् । तर पार्टी अध्यक्ष, प्रधानमन्त्री बन्नका लागि यसरी छातीमा ‘हामी यहाँ छौं’ भनेर प्रचण्ड, माधव नेपालजस्ता बडे नेताहरु सडकमा लम्पसार पर्न पुगेका छन् । राजनीति जनताप्रति कतिसम्म गैह्रजिम्मेवार छ, देखिएन र ?
यिनै भन्छन्– अदालतका भर छैन । जनताले संसद पुनस्र्थापना गर्छन् । प्रधानमन्त्री भइसकेका ब्यक्तिहरुले यस प्रकारको अभिब्यक्ति दिंदै अदालतमाथि यस प्रकारको दबाब दिन मिल्छ कि मिल्दैन ? संसद बिघटन गर्नु हुन्थ्यो कि हुन्थेन, त्यो संवैधानिक कि राजनीतिक प्रश्न, यसको छिनोफानो ब्याख्या अदालतले गर्ने नै छ । अदालतकै भर नगर्नेहरु संविधानको ब्याख्या आफै गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper