banner

गोलमेच सम्मेलन ः उत्तम उपाय

काठमाडौं । देशलाई द्वन्द्वबाट बचाउने र थप अराजकता रोक्ने हो भने गोलमेच सम्मेलन गर्नु उचित हुने छ भनेर द्वन्द्वविदहरु सुझाव दिन थालेका छन् । १९३०–३२ मा बृटिशले भारतमा गोलमेच सम्मेलन गरेको थियो । जब जब राजनीतिक मुद्दाहरु बढ्छन्, समाधानका उपाय खोज्न गोलमेच सम्मेलन गर्ने गरिन्छ । २०४६ र २०६३ को व्यवस्था र पद्धति परिवर्तनबाट देशले निकास पाउन सकेन । अव निकासका लागि गोलमेच सम्मेलन जरुरी देखिन्छ ।
संविधानमा संविधान मान्ने पार्टीहरुसमेत अटाउन सकेनन् । सबै राजनीतिक शक्तिहरु अटाउने व्यवस्थाका लागि गोलमेच सम्मेलन गर्नु उत्तम बिकल्प हुनसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper