banner
banner

प्रधानमन्त्री फाल्न खोज्दा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका बिरोधी नेकपा गुट राष्ट्रपति र प्रधानमन्त्रीलाई निलम्बन गर्ने तैयारीमा लागेका छन् । विशेषाधिकार प्रयोग गरेर संसद बोलाउने, पार्टीले ओलीमाथि अनुशासनको कारवाही गर्ने र संसदबाटै राष्ट्रपति र प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने विषयमा बहस चलेको छ ।
यता सर्वोच्च अदालतले ओलीको संसद बिघटनको मुद्दाबाट राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयलाई बदर गर्छ भन्नेहरु बाक्लै छन् । तर पनि बदर गर्ला र भन्ने विश्वास पातलो देखिन्छ ।
संसद बिघटन गरेपछि प्रचण्ड प्रधानमन्त्री निवास पुगेर ओलीसँग भेटवार्ता गरेका छन्, के गरेको यो ? भनेर सोधेका छन् । ओलीले जे भयो भयो, मिलेर चुनावमा जाउँ भनेर प्रस्ताव गरेपछि प्रचण्ड निराश भएर फर्केका थिए । नेपालको राजनीतिमा अराजकताको ढ्याङ्ग्रो ठोकियो, अव कुनपक्ष नाङ्लो, कुन हात्ती बन्छ, तमासा सुरुभयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper