banner
banner

नेपालको कृषि औजार कारखानाको दुर्गति

काठमाडौं । नेपालको कृषिको अवस्था कस्तो छ भनेर जान्नका लागि एकमात्र कृषि औजार कारखानाको यो दुरावस्था हेरे काफी हुन्छ । बिरगंजमा वि. सं. २०२२ सालमा बनेको यो कारखाना अहिले पनि थपनामात्र छ । सरकारले मरमत गरेर चलाउने भन्यो, चलाउन सकेन ।
एसियाली विकास बैंकले कमिसन दिएर कृषि मन्त्री महेश आचार्यलाई यो कारखाना ध्वस्त गर्न लगाएको हो वि. सं. २०५९ सालमा । यथार्थमा एडीवीमार्फत खेल्ने र कमिशन खाने माफियाको चक्करमा सरकार फस्यो र यो कारखाना समाप्त पारियो । त्यसपछिका सरकारहरुले यो कारखानालाई जिर्णोद्धार गरेर चलाउने भन्यो, माफियाकै दबाबमा कारखाना पुनः सञ्चालन गर्न दिइएन ।
जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना, हरिसिद्धि, भक्तपुर इटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, कपास, कपडा कारखानाहरु विदेशीले आफ्ना करदाताको पैसाबाट नेपालमा बनाइदिएका थिए । उपहारका रुपमा सम्झना दिएका थिए । विदेशीले नेपाली जनताको आर्थिक अवस्था सुधार गर्न र नेपालको अर्थव्यवस्थालाई मजबुत पार्न उपहारमा दिएका उद्योगधन्दासमेत हामीले बेचेर कमिशन खायौं, माफियालाई पोसायौं र स्वदेशी दाजुभाइ दिदी बहिनीले काम पाएका थिए, आम्दानीबाट घर परिवार चलाएका थिए, तिनको गाँसबास कपास समेत खोस्ने काम भयो ।
पञ्चायतलाई गाली गर्न सजिलो छ । आलोचना गर्न सजिलो छ । यी सबै उद्योगधन्दा पञ्चायतले निर्माण गरे गराएका थिए । बहुदल र लोकतन्त्रको ३१ वर्षमा एउटा उद्योग पनि स्थापना भएन । स्वदेशमा रोजगारी नपाएपछि युवायुवतीलाई वैदेशिक रोजगारीमा जान बाध्य पारियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper