
धर्मरत्न श्रेष्ठ- -
प्रधानमन्त्रीले संसद बिघटन गरेपछि आमनागरिकमा खुशी छाएको छ । प्रधानमन्त्रीले गजब गरे भनेर होइन, स्वयम् प्रधानमन्त्री भ्रष्टाचारमा मुछिएकै थिए, उनलाई भ्रष्टाचार गर्न गराउन उक्साउने र भ्रष्टाचारको दलदलमै भासिएका नेताबाट वाक्क भएका जनता अव भने भ्रष्टहरुलाई सवक सिकाउने मनस्थितिमा देखिएका छन् । एकछाक मीठो खाएर चुनावमा जिताउने र ५ वर्ष थक थक मानेर पछुताउने मूडमा आजका जनता छैनन् । नेताको लहै लहैमा लागेर यिनैलाई भोट हाल्ने र यिनैलाई सत्तामा पु¥याउने अनि दुःख पाउनु हुन्न भन्ने चेत फिरेको छ ।
जनताले कहिले पनि सुख र शान्ति पाएनन् । मिलिजुली चलाउ भन्दा पनि चलाएनन्, एकलौटी बहुमत दिदा पनि चलाएनन्, यसपाली त झण्डै दुई तिहाइको बहुमत दिदा पनि नेताहरु चेतेनन्, उही कानै चिरिएको चरित्र देखाए ।
यसकारण अव जनता पार्टीका घोषणापत्र र नेताका भाषणमा मख्ख पर्छन् भनेर सोच्नु मुनासिब हुनेछैन । पार्टीका कार्यकर्ताहरुले समेत कुन पार्टीको भनेर सोध्ने होइन, कुन नेता ठिक छ भनेर मतदान गर्ने अनुमान सबैले गरेका छन् । किनकि चुनाव जिताउने जनता हुन्, चुनाव जिताएपछि दुःख झेल्ने पनि जनता भएकाले अवको चुनावमा पार्टीको होइन, जनताको नेता जित्नुपर्छ भन्ने छलफल सुरु भइसकेको छ । जनतलो प्रचण्डदेखि झलनाथ, माधव नेपाल, डा.बाबुराम भट्टराई, ओली, शेरबहादुर सबैलाई देखिसकेका छन् । यी सबैले जनताको नजरमा बिझाउने काममात्र गरे । जनताले कसैको प्रशंसा गर्न पाएनन् ।
अझ जनता त सबै राजनीतिक शक्तिहरु अटाउने बन्दोबस्त यही बेलामा गर्नुपर्छ भन्ने अभिव्यक्तिसमेत दिन थालेका छन् । सडकमा जो जिन्दावाद, मूर्दावाद भनेर केपी ओली र विद्या भण्डारीको पुतला जलाउन थालेका छन्, तिनलाई पदासीन गराउने पनि यिनै हुन् । गलत व्यक्तिलाई पदासीन गराउँदा के प्रतिफल पाइने रहेछ, स्वयम नेता र कार्यकर्ताहरुले पनि भोगेका छन् । तिनका परिवारले जुन दुःख कष्ट पाएका छन्, यो बिर्सनै नसकिने पीडा हो ।
नेपाली कांग्रेस गलत भयो, एमाले, माओवादी गलत भयो, कांग्रेस, राप्रपा गलत भयो, मधेसवादी, अव नेकपाले गलत ग¥यो भनेर नेपाली कांग्रेस नै हो शासन गर्ने छ । ओल्टाइ पल्टाइ आउने यिनै दलहरु हुन् । तर प्रश्न के छ भने यी दलहरुले शासन गरुन्, यिनीहरु भित्रका सही पात्रलाई जनताले चुन्नुपर्छ । पार्टी हरेर मतदान गर्दा जनता र देशले धेरै धोका पायो । अव धोका खानु भनेको नेपालीत्व गुमाउनु पर्ने पनि हुनसक्छ । सिक्किममा पनि यस्तै अराजकता भयो र अराजकताभित्र भारत घुसेर यसरी पासो थाप्यो कि जनताबाट निर्वाचित प्रतिनिधिले नै भारतमा मिल्न तैयार छौं भनेर प्रस्ताव पारित गरिदिए । त्यो दिन नेपालले देख्नु नपरोस् भनेर नेपाली जनताले सही पात्रलाई मतदान गर्नुपर्छ ।
त्यसै पनि दुई तिहाइ मत पाएको नेकपाको नेतृत्वको सरकारले संसद बिघटन गरिसकेको छ । अव के हुन्छ भन्ने अहिले नै केही भन्न सकिन्न । नचिताएका परिदृश्य र घटनाहरु घट्ने छन् । सरकारले भ्रष्टाचारको फाइल खोल्दा जनयुद्ध, जनआन्दोलन र त्यसपछिका भ्रष्टाचारका सूची पनि सार्वजनिक हुनसक्छ र ठूलासाना नेता, प्रशासकहरु जेल पर्नसक्छन् । त्यो अवस्थामा कल्पनै नगरिएका आपराधिक घटनाहरु घट्न सक्छन् । को सकिने छ, को बच्ने छ भन्न नसकिने अवस्था पनि आउन सक्छ । यसकारण यतिबेला सुरक्षा निकाय र आमनागरिकको जिम्मेवारी सबैभन्दा बढी छ । चेतना रहोस् ।