banner
banner

सिन्दुर, चुरापोतेसहित काजक्रिया

देवी काफ्ले-- 
यसपाली देशमा दुई नारीहरुको खुबै चर्चा भयो ।सकारात्मक र नकारात्मक दुबै लगभग बराबरी जस्तै थिए । उनीहरुले गरेको आंटले हाम्रो समाजको दृष्टिकोण अलिकति बदलिएको अवस्य नै पाईयो ।
नकारात्मक सोंच राख्नेहरुका लागि नारीअझै पनि दास सरह नै रहनुपर्छ भन्ने मानसिकता रहेको पाईयो । देशैभरी सकारात्मक सन्देश छरेका यी नारी हुन्(रेनुका नेपाल र स्वेता खड्का ।
रेनुका नेपालले पतिको देहावसान पछि घाटमा सिन्दुर, चुरापोते नउतारेर कर्म गरिन् र पतिको दाहसंस्कार पश्चात् उनले सेता बस्त्र धारण त गरिन् तर सिन्दुर टीका चुरा पोतेको साथमा काजक्रियामा लागिन् ।उनका अनुसार उनका पतिले मैले दियको चिनो नफाल्नु साथमै राख्नु भनेका थिए अरे । जे होस् एउटा नौलो ईतिहास रचेकी यी महिलाप्रति नमन ।
स्वेता खड्का दिवंगत नेपाली सिने जगतका तारा दिवंगत श्रीकृष्ण श्रेष्ठ पत्नी हुन् । बिहे भयको छोटो समयमै पतिवियोग सहनुपरेकी स्वेताले पुर्बिवाह गरिन् ।भरखरको लाउलाउ र खाउखाउँको जीन्दगी शुरु हुन नपाउदै खुशी लुट्यो दैवले । तर पनि एउटा साहसिक कदम चालिन स्वेताले र उनलाई स्वीकार्ने युवक र उनको परिवारलाई समेत नमन ।
हुन त यसभन्दा अघि पनि बिधवाले बिबाह नगरेका हैनन्  ।गरे पनि समाजमा सायद सकारात्मक सन्देश गएन होला ।त्यसैले पनि बिधवा बिवाह गरेका नारीहरुको खासै चर्चा भएन । बद्री पंगेनीले गाएको गित ‘लाउ चेली सिन्दुर लाउ निको पार बिरहको घाउ’ले समाजमा एक किसिमको तरंग त ल्यायो । सकारात्मक लिने र हो मा हो मिलाउने धेरै भए समाज परिवर्तन भएको एककिसिमको अनुभूति हुन्थ्यो तर बिधवा नारीलाई सहर्ष पत्नी र बुहारी स्वीकार्ने दिलदार मान्छे बिरलै भए । यदि कसैको छोराले स्वीकार गरिहाल्यो भनेपनि परिवार अनि समाजले ठोस कदम चाल्न सकेन । नेपालगन्जका अबिवाहित समीर गौतमले पनि बिधवा बिवाह गरे । घरबाट सासुससुराले कन्यादान गरे उता समिरलाई पनि घरपरिवारले हौसला दिए । यस्ता उदाहरणीय कामको चर्चा हुनुपर्ने हो ।तर सबैले सहजै यसरी स्वीकार गर्दैनन् । यी सबै ओझेलमा परे ।तर कलाकार भएकोले देशभरी चिनीएकी, कलाकारिताको क्षेत्रमा राम्रो ख्याति कमाएकी चेली स्वेता खड्काले बिबाह गर्दा पक्कै पनि समाजमा एउटा सकारात्मक सन्देश पुगेको छ । अब भने बद्रीको गितले पनिअझै सार्थकता पाउने भयो । जे होस् स्वेताको पुर्बिवाह पछि अरु बिधवा चेलीहरुले पनि आफ्नो जीवन सहज जीउनका लागि समाजको, परिवारको डरले कष्टकर जीवन बिताउनु भन्दा जीवनसाथी फेरि चुन्ने छन् ।
समाजले पनि बिधवा बिवाहलाई एउटा नारी मुक्तिको रुपमा लिनेछ ।
    हाम्रो परम्परालाई नै चुनौती दिएर पतिको काजक्रिया सातदिनमै उम्काएर चुनावी मैदानमा खडा भएकी बिद्या भट्टराईले पनि समाज,पुरुष तथा महिलाहरुको खप्किबाट बच्न सकिनन् । हुनत चुनावी रणनितिमा बिपक्षिले बिरोध गर्नु स्वाभाविक भयो तर उनका बिषयमा प्रचारप्रसा गर्दा लोग्नेको क्रिया नगरेकी परम्पराको मूल्य र मान्यताको धज्जी उडाउने महिलाको नेतृत्व चाहिन्न पनि भने । तर उनलाई उनको परिवारले भरपुर साथ दियो । त्यसैबखत प्रदेश सभा सदस्य उत्तर कुमारकी पत्नी बिमला ओलीले पनि सेतो सारीमै चुनाव लडिन् । सेतो सारी देखेर भोट?सिन्दुर,चुरापोते र सेतो सारी बिकाएर संस्कार भांडेको आरोप लाग्यो  । यसले पनि खासै सकारात्मक सन्देश दिन सकेन किनकी उनिहरु नेतृत्वपंक्तिका थिए । नेतृत्वका कामबाट असन्तुष्टि भयकाले सर्वसाधारणले सहजै स्वीकार्नुको सट्टा उनीहरुलाई संस्कार भंडुवाको टीका लाग्यो ।
आज यस्तो महिलाले ती गलत संस्कारलाई चिरिदिईन् जो सर्वसाधारण ब्रह्माण परिवारकी पूर्ण संस्कारी थिईन् । सउनले सरल तरिकाले महिलामाथिको एउटा जंजीर तोडिदिएकी छन् । रेनुका नेपाल जसले समाजका सोझासाझा अबुझ, अशिक्षित, शिक्षित, सभ्रान्त हरेक तहका महिलाहरुको प्रतिनिधित्व गरि सम्पुर्ण नेपाली महिलाहरुको एउटा फलामे ढोकाको चुक्कुल खोलि दिएकी छन् ।
पुरुषले स्वास्नी मर्दा घाट जान नहुने ,गयो भने अर्को बिवाह गर्नु हुदैन ।महिला मलामी नै जानु हुदैन । पत्नी मरेको पुरुषले पत्नीको लागि कुनै चिज त्याग्नु पर्दैन तर पत्नीले पति मर्दा बेरङ्ग हुनुपर्छ सौन्दर्य बिहिन हुनुपर्छ भन्ने मान्यतालाई रेनुकाले राम्रो शिक्षा दिएकी छन् ।
आजको सामाजिक आवस्यकता भनेको कुरितीलाई एकएक गरि त्याग्दै जाने हो । आआफ्नो क्षेत्रबाट सुरु गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper