banner
banner

नेपाल–चीन बिखण्डन गर्ने एम्बुसमा नेपाल

प्रेमसागर पौडेल– -
नेपाल– चीन सम्बन्धका विज्ञ मानिएका प्रेम सागर पौडेलको निष्कर्ष छः नेपालका राजनीतिक दलहरूले राष्ट्रियतालाई अजेण्डाका रुपमा नभइ प्रोपोगाण्डाका रुपमा प्रयोग गर्दै आइरहेका छन् । यिनीहरूका लागि राष्ट्रियता कहिले पनि अजेण्डा बन्न सकेन । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री केपी शर्मा ओली बन्नुभएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले यसअघिको चुनावी सभाहरुलाई सम्बोधन गर्दै चटके शैलीमा भन्नुभएको थियोः हाम्रा राष्ट्रियहितको रक्षा गर्ने अभियानमा छौं हामी । नेकपाले जितेपछि चिल्ला सडकहरू बन्नेछन् । ती सडकका ठाउँठाउँमा प्लेनसमेत ल्याण्ड गर्नसक्ने चौंडा हुनेछन् । देशभरि उद्योग कलकारखाना, स्कुल कलेज खुल्नेछन् । चुला चुलामा ग्यासको पाइप पुग्नेछन् । यतिधेरै विकास निर्माणका लागि पैसा कहाँबाट आउँछ भन्लान् । पैसा अमेरिकाबाट आउँछ । अब नेपालीका दुखका दिन गए । नेकपाले जितेपछि नेपालीले सुतिसुति खान पाउँछन् । आदी आदी ।
सरकारी संरक्षणमा भ्रष्टाचार मौलाएको छ, कानुनी राजको उपहास सरकार स्वयंले गरिरहेको छ, अराजकता पराकाष्ठामा छ र नेपाल, चीन विखण्डन गर्ने अमेरिकी षडयन्त्रमूलक एम्बुसमा फस्दै गएको छ ।
नेकपाका अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री भएको आधा कार्यकाल पूरा भइसक्यो । आजका मितिसम्म नेपाली जनताले उहाँले चुनावताका भनेजस्तो विकास, स्थायित्व महशुस गर्न र देख्न पाएका छैनन् । ठीक उल्टो सरकारी संरक्षणमा भ्रष्टाचार मौलाएको छ, कानुनी राजको उपहास सरकार स्वयंले गरिरहेको छ, अराजकता पराकाष्ठामा छ र नेपाल, चीन विखण्डन गर्ने अमेरिकी जोखिमयुक्त रेडजोनमा फसेको छ । हाम्रा नेताहरू र खासगरी प्रधानमन्त्री ओलीलाई अझै पनि आफु अब्बल देशभक्त देखिनका लागि मात्रै राष्ट्रियताका विषय उचालिरहनु भएको जनबुझाई रहेको देखिन्छ । यसरी पनि देश सुरक्षित र अग्रगमनमा लाग्ला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper