मध्यभोटेकोसीका सीइओ मणि काफ्ले ठेकेदारका दोभाषे गोविन्द पौडेलसँग २ करोड लेनदेनमा फसेको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएर पन्छिएका छन् । ठेकेदारलाई वर्क भेरिफिकेशन गरिदिने र अन्य अप्ठेरो फुकाइदिने माखेसांग्लो पारेर काफ्लेले ५ करोड माँगेको र २ करोडमा डिल भएको स्रोतले बताएको छ । मध्य भोटेकोसी कम्पनीका अध्यक्ष हरराज न्यौपाने छन् । उनका अनुसार काफ्लेले आफ्नो राजीनामामा स्वास्थ्यको कारण देखाउनुभएको छ ।
काफ्लेले पैसा माँगेको स्पष्ट भए वा नभए पनि ठेकेदारलाई अप्ठेरोमा पारेपछि ठेकेदारले पैसा दिएर काम अगाडि बढाउने बाध्यतामा थियो । काफ्ले अहिले आफूलाई बचाइदिन राजनीतिक नेताका घरघरमा हिडेका छन् ।
मध्ये भोटेकोसी १० वर्ष अघिदेखि निर्माणाधीन छ । ४ वर्ष अघि सकिनुपर्ने यो आयोजनामा काम भइरहेको छ । १ सय २ मेगावाटको यो आयोजना सिन्धुपाल्चोकमा निर्माण भइरहेको छ । आयोजना प्रमुख छन् सुनिल लामा र सिइओ थिए काफ्ले । यी दुबैवीचमा लामो समयदेखि पैसाकै कारण बिबाद पनि चर्केको थियो ।
भ्रष्टाचारकै कारण सुरु लागत १२ अर्व २८ करोड भए पनि १५ अर्वमा पनि यो आयोजना पूरा नहुने विज्ञहरु बताउँछन् ।