banner
banner

अव तात्ने पालो ताप्केको

स्वयम्भुनाथ कार्की----
द्वापर युगमा जुवामा हारेको राज्य द्रौपदीको न्यायिक तर्कसंग नतमस्तक भएर सशर्त फर्काईएको थियो । शर्त थियो १२ बर्ष बनवास पछि १ बर्षको गुप्तवास यदि गुुप्तवास भंग भएमा फेरी त्यही १२ जोड १को चक्र । कौरवको सोचमा १२ बर्षको बनवास पछि पाण्डवहरुले शुभचिन्तकहरु गुमाईसकेका हुनेछन् । थप १ बर्षको गुप्तवास भंग गर्न सकिएमा पाण्डव कहिल्यै बनबाट फिर्ता नै हुन्नन् । तर बनबासको वेलामा पनि पाण्डवहरुको कार्यकलाप काम आदिको प्रचार रोकिएन त्यसैले शुभचिन्तकहरुले भुलेनन् । गुप्तवास सकेर शर्तअनुसार राज्यफिर्ता दिन कौरवले अस्विकार गरे सहमतीको उलंघन गरे । पाण्डवहरुको बलिया शुभचिन्तक नै छैनन् भन्ने सोचमा सुईको टुप्पो जति पनि राज्य दिन्न भने ।
सत्ता र शक्ति हुँदाका पक्षधरहरु आफु पक्षधर भएको ढ्यांग्रो पिटछन । तर परिआएको वेला काम नदिन सक्छन् । सत्ताशक्ति बाहिर भएवेला शुभचिन्तक सुसुप्त हुन्छन्, आफुलाई प्रकट गर्न चहान्नन् । तर परिआए वेला पूर्ण समर्पणले साथ दिन्छन् । पाण्डवले आफ्नो हक प्रारव्धको भरोसमा छोडेको भए त्यसको निमित्त संघर्ष नगरेको भए सबै शुभचिन्तकहरु निराश भएर साथ छोड्नु पर्ने अवस्थामा हुनेथिए । आफुसँग २ अक्षहोणी सेना कम हुँदा पनि, अनि धुरन्धर महारथीहरुको कौरवको तुलनामा नागन्य हुँदा पनि पाण्डव निराश भएनन् । १२ जोड १ बर्ष पछि पनि युधिष्टिरको कमजोरी जुवालाई आधार बनाएर गरिएको अन्याय अरुबाट सुनेर हैन आपैmले देखेर जान्ने छँदै थिए । त्यसैले अरुले इतिहास नै नभने पनि पाण्डवलाई साथ दिन तैयार भए । यही कुरा २० बर्ष पछि या ३० बर्ष पछि भएको भए निश्चित नै धेरै निराश भई सकेका हुने थिए ।
नेपालमा १९९७ को घटनाको वेला १२ बर्षको बालक वा बालिका वर्तमानमा ९० को आसपास पुग्छन् । त्यो उमेरका अहिले होलान् नै कति र ? शहिदको कुरा सुनेको वा पढेको भरमा जान्ने पुस्ताले गाडीले किचेर मरेकोलाई पनि शहिद माग ग¥यो भने कुन अचम्म भयो र ? तर यो कुरा त्यो वेलाको कुरा सम्झनेहरु भएको भए संभव नै थिएन, यस्तो माग गर्न । १५ सालको आमचुनावमा भोट खसाल्ने पनि ८० नाघिसकेका छन्, अव त्यो पनि किंवदन्तीको रुपमा इतिहासको रुपमा स्मरण हुने कुरा भयो । अलगअलग पक्षकाले भनेको अलग कुराको आधारमा केवल छलफल हुने हो जो बुद्धिविलास मात्र हुन्छ । 
‘राजा’ महेन्द्रको कार्यकालको केही स्मरण हुनेहरु पनि ६० बर्षे हुन लागेका छन् अनि करिव त्यही उमेर ३६ सालको जनमत संग्रहमा मतदान गर्नेहरुको पनि भएको छ । केही बर्ष पछि यी पनि गनगने बुढाबुढीमा रुपान्तरण हुनेछन् । त्यसपछि महेन्द्रको कुरा किंवदन्ती हुने छ, त्यसै पनि नराम्रो वा राम्रो किंवदन्तीहरु प्रचलनमा आउन थालिसकेका छन् । कुनै उनको राष्ट्रप्रेमलाई अतिरञ्जित गरेर भने कुनै उनलाई सत्तालोलुप बनाएर । राजा कुना लगाएर गणतन्त्र लादेको नेपालमा जन्मेको बालक पनि अव किशोर वयमा पुगिसकेको छ । उस्को निमित्त त राजा तथा राजतन्त्र दन्त्य कथा नै हुनसक्छ । 
तै पनि पछिल्ला १२ बर्षभन्दा धेरै अवधिका अव्यवस्था अराजकताले जनता कति आजित भएका रहेछन् भन्ने कुरा राजसंस्थाको माग गर्न गरिएका ¥यालीहरुमा सहभागी हुन आएका अनुहारहरुले देखाउछन् । यी अनुहारहरुमा गणतन्त्रलाई मनैबाट र शुरुदेखि अस्विकार गर्नेहरु भन्दा हिजो गणतन्त्रको निमित्त लड्यौ भनेर दावी गर्नेहरुको उपस्थति कम छैन । अर्थात राजसंस्थाको ताप्केको बिँड मनग्य तातेको छ, अब तात्ने पालो ताप्के अर्थात राजसंस्थाकोे हो । यहाँ राजसंस्था भन्ने कुराले राजसंस्थाको प्रतिनिधित्व गर्ने पद राजालाई पनि जनाउँछ । कम्वोडियाका राजा नरोद्धम सिंहानुकले मुलुकको अवस्था बदल्न जनताले जे भन्छन् भनेर बसेनन्, जनता सँगै संघर्षमा होमिए । यदि उनी प्रारव्धका भरमा बसेका भए सफल हुने थिएनन् ।
७७ सालको कार्तिक, मंसिर उठेको राजसंस्थाको पुनस्र्थापनको मागमा गद्दी खोसिएका राजाको के भूमिका हुने हो त्यो प्रष्ट गर्नु पर्ने अबस्था भएको भने छ । शायद यही सोचले होला मंसिर १९ गते राजाको सन्देश भनेर एक संदेश आगो भैm पैmलियो । यो सन्देशले अव्यवस्थाले पोलेका नेपालीहरुको मनमा मलहम लगाउने काम ग¥यो । यसलाई नक्कली हो भन्ने कुरा पनि आयो । तर यो नक्कली हो कि हैन भन्ने जानकारी दिनुपर्ने आधिकारिक व्यक्तिहरु स्वयं बोलेनन् । बाहिर हल्ला भने चलेको छ पक्कै परिवर्तनको बेला आएको छ । यसको निमित्त राजाको पनि तैयारी होला । हुनु पर्ने त यही नै हो तर विगतमा माघ १९ को कदममा पनि यत्रो ठूलो जोखिममा पक्कै केही तैयारी होला भन्ने अनुमान गरिएको थियो । यस पटक भने त्यो पुनरावृत्ति नहोला । किनकि अब तात्ने पालो ताप्केको ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper