banner
banner

महासंघले गर्‍यो एमसीसीको वकालत

काठमाडौं । नयाँ नेतृत्वको अधिवेशन हुँदैगर्दा उद्घाटन सत्रमै अध्यक्ष भवानी राणाले नेपाल उद्योग वाणिज्य महासंघको माँग भन्दै सरकारसँग माँग गरिन्– एमसीसी छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन आवश्यक छ ।
भवानी राणाले भनिन्– मुलुकको आर्थिक तथा व्यवहारिक रुपान्तरणका लागि उद्योग, कल कारखाना तथा पू्र्वाधार क्षेत्रको विकास अपरिहार्य रहेको छ, यसका लागि लगानी बिना असम्भव भएकाले विदेशी लगानी समेत भित्र्याएर सरकार र निजी क्षेत्र अघि बढ्नुपर्छ । उनकै शव्दमा ‘हामीसँग विकास निर्माणका प्रयाप्त सम्भावनाहरु छन् । काम गर्ने सशक्त युवा जमातको पनि ठूलो शक्ति छ । केबल हामीसँग कमी भएको भनेको लगानी मात्र हो । यसका लागि स्वदेशी लगानीको साथसाथै अब हामी विदेशी लगानी भित्र्याउन अग्रसर हुनुपर्छ । एमसीसी जस्ता दातृ निकायको सहयोग अहिलेको हाम्रो आवश्यकता हो । एमसीसीमा देखिएको राजनीतिक विवाद तत्काल समाधान गरी छिटो भन्दा छिटो लगानी भित्र्याउन हामी निजी क्षेत्र सरकारसँग आग्रह गर्छौँ । लगानीसँगै मुलुकको विकास निर्माणका कामहरुमा ढिला सुस्ति तथा अबरोधका कारण आयोजनाको लागत बढ्ने र मुलुकलाई आर्थिक भार पर्ने हुँदा यो समस्या समाधानमा सरकार लाग्नुपर्छ । विकास निर्माणका आयोजनाहरु तोकिएकै समय र लागतमा सम्पन्न गर्न फास्टट्याकमा जानुपरे जानुपर्छ । यही मञ्चबाट प्रधानमन्त्री केपी ओलीले पनि एमसीसीलाई जोड दिएका थिए । प्रम ओलीको आरोप थियो– विकास निर्माण र संवृद्धिका कुरा गर्ने तर विदेशी लगानी रोक्न खोज्ने गलत प्रवृद्धि देखिएको छ । स्मरणीय छ, झण्डै ६० अर्बको अमेरिकी आर्थिक सहयोग एमसीसी राजनीतिक विवादकै कारण प्रस्तावका रुपमा संसदमा घडीको रालो हल्लिएझैं पारित हुन सकेको छैन । यता एमसीसी कार्यान्वयनमै गइसकेको समाचार यस्तो छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper