banner
banner

कोरोनाविरुद्ध खोप कहिले आउला ?

काठमाडौं । हरेक व्यक्ति आजकल खुब समाचार हेर्छन् । उनीहरुको चासो भनेको कोरोना विरुद्ध खोप कुन कुन देशमा निस्क्यो, सस्तो महगो के पर्छ, नेपालमा कहिले आउला, पहिले कसकसले पाउला भन्ने नै हो ।
फाइजरले खोप निकाल्यो, यसले केही दिनमै अनुमति पनि पाउला । तर ७० डिग्री चिसोमा राख्नुपर्ने यो खोप भारतमै सम्भव छैन, नेपालमा कसरी आउला । नेपालले भण्डारण गर्ने व्यवस्था मिलाउनै सक्नेछैन ।
कोरोनाले दिनदिनै लाखौं मानिस मरिरहेका छन् । नेपालमा पनि कोरोनाले मान्छे खाइरहेको छ । दैनिक १३ देखि २७ जनासम्म नेपालमा मान्छे मरिरहेका छन् । कोरोनाको खोपको प्रतिक्षा हुनुको मुख्य कारण बाँच्ने आशा हो । तर समाजमा फैलिसकेको कोरोना नेपालमा नियन्त्रण बाहिर गइसकेको छ । यसकारण पनि खोपको तीब्र प्रतिक्षा भइरहेको हो ।
६०, ९०, ९५ प्रतिशत सफल मानिएका अनेकन खोपहरु छन् । चीन, बेलायत, अमेरिका, भारतले पनि खोपको अन्तिम परीक्षण गरिरहेकै छन् । भारतका विदेश सचिवले हालै गरेको नेपाल भ्रमणमा छिटै खोप आउने र नेपाल प्राथमिकतामा पर्ने बताएर खोप कूटनीति गरेर गएका छन् । चीनका रक्षामन्त्री पनि नेपाल आएर नेपाल प्राथमिकतामा रहेको बताएका छन् । नेपालले खोप ल्याउन समिति बनाएको छ । तर अन्य मुलुकहरुले खोप खरिदको बैना दिइसकेको सन्दर्भमा नेपालले छिटो खोप पाउला कि नपाउला ? आम नागरिकको चिन्ता र चासो सरकारको कामगराइमा देखिन्छ ।
डा. झलक शर्मा गौतमले अन्तिम चरणमा सबै राम्रो भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत स्वीकृत गरेको खोप समितिले सरकारलाई खोप सिफारिस गर्ने बताउँछन् । सरकार भन्छ, विश्वमा खोप निस्कनासाथ खोप ल्याइन्छ र प्राथमिकताका साथमा उपलव्ध हुनेछ । जुन कम्पनीले खोप उत्पादन गरेका छन् सोही कम्पनीले तेस्रो चरणको प्रारम्भिक डाटा सार्वजनिक गरिरहेका छन्, विश्व स्वास्थ्य संगठनले अन्तिम स्वीकृति दिइसकेको अवस्था छैन । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper