banner

राष्ट्रवादीको निमित्त राष्ट्र महत्वपूर्ण हुन्छ

स्वयम्भुनाथ कार्की--
राष्ट्रवाद कुनै सैद्धान्तिक वाद हैन तर राजनीति नै सर्वोपरी मान्नेहरुको जमातलाई वाद  प्रत्यय देख्ने वित्तिकै राजनैतिक सिद्धान्त जस्तै लाग्छ । यसैको फलस्वरुप राष्ट्रवादलाई आफुले मानेको वादको सौता ठान्न पुग्छन् । यसै कारणले नेपालमा प्रजातान्त्रिक वा साम्यवादी भनिने राजनैतिक धारले आफ्ना अनुयायीहरुलाई यस्तै प्रशिक्षण दियो । लामो कालखण्डसम्म यसको असरले राष्ट्रवाद र राष्ट्रवादी शव्दहरु उनिहरुलाई पचेन । तर जव जनताको मुटुमा बसेको राष्ट्रवाद प्रतिको आस्था कसै गरेर पनि दव्न सकेन अनि राष्ट्रवादमा विशेषण लगाएर राष्ट्रवादी देखिने होड चल्यो । अनि आफुलाई राष्ट्रवादी भएको देखाउन अनेक किसिमका बहुलठ््ठी कामहरु गर्नेहरु देखिन थाले ।
राष्ट्रलाई माया ममता गर्ने, राष्ट्रको भलो चिताउने अनि राष्ट्रलाई सर्वोपरी मान्ने भावना हो ‘राष्ट्रवाद’ र यो भावना बोक्ने व्यक्ति राष्ट्रवादी हो । यो भन्दा थप परिभाषको आवश्यकता नै छैन । यसको विपरित गर्ने भावना अराष्ट्रिय हो तर अराष्ट्रवाद भन्ने शव्द चाही छैन । त्यसैले कोही अराष्ट्रियवादी हुने त कुरै भएन । तैपनि वेलावेलामा राष्ट्रको भन्दा आफ्नाको माया ममता बलवान र राष्ट्रको भन्दा आफ्नो भलो चिताउनेहरु देखिन्छन् । उनीहरुको यो अवस्थाले कसैेले संज्ञा नै नदिए पनि त्यो वेलामा उनीहरुको मनमा घुसेको तत्वलाई भने अराष्ट्रिय तत्व भन्न धक नमाने हुन्छ । यो अराष्ट्रिय सोच बोकाउने तत्व जो कसैमा पनि कुनै वेला हावी हुन सक्छ । त्यसैले फलाना राजनैतिक सिद्धान्त मान्ने वित्तिकै स्वतः राष्ट्रवादी हुने र चिलाना सिद्धान्त मान्ने वित्तिकै अराष्ट्रिय हुने भन्ने होइन ।
राजगद्दी कायम रहेको अवस्थासम्म नेपालको सत्ता चलाउने कोहीले पनि अराष्ट्रिय सोच बोकेन वा बोक्न सकेन । त्यसपछिको अवस्थामा सत्ताधारीहरुले हमेशा राष्ट्रहित नै सर्वोपरी मानेर काम गरे भनेर छातीमा हात राखेर भन्न सक्नेहरु के कति छन् भन्न गाह्रो छ । तै पनि नेपालको सुक्ष्म व्यवस्थापनमा पनि विदेशी कुटनैतिक अनि राजनैतिक क्षेत्रको संलग्नता छरपष्ट छ । यसको स्पष्टिकरणमा देखाइने गरेको विगतका उदाहरणहरु मिल्दा भने छैनन् । त्यसवेला रणनैतिक कौशलको रुपमा केही गुमाउने केही पाउने कामहरु नभएका हैनन् । त्यसै गरेर कसैको कुनै कुरा मानिदिए जस्तो गरेर आङ्खनो अन्य कुरा मनाउने काम अहिले अनुभुत गरेको प्रत्यक्ष निर्देशन तहको पटक्कै होइन । 
गणतन्त्रको वर्तमान कार्य अकुशलता अनि विधिको स्थानमा केहीको मर्जी नै कानुन भएको अवस्थाले जनताले विगतमा राजसंस्था पाखा लगाएर भुल गरेको सोच्न थालेको छन् । धेरैे मुखले नभने पनि भावनामा राजगद्दी प्रतिक राजालाई राष्ट्रवादको उपल्लो चिन्ह मानेका छन् । यो कुरा गणतन्त्रका सारथीहरुलाई  राम्रो सँग अवगत छ । त्यसैले ध्यान तान्न जनताको पिडा कष्ट निवारणको प्रयत्न छोडेर कहिले पार्कको नाम बदल्ने कहिले राजकुमारीको दाइजो खोस्ने काम गर्दैछन् । उसै पनि पुर्खादेखिको गद्दी छोड्दा पनि निर्विकार रहेको राजपरिवारले यस्ता केही कुरा थप छोड्दा पिर गर्ला भन्ने सोच्नु मुर्खता नै हो । तर यो कुरा कथित नैतिकताको कारणले भनेर राजिनामा दिंदा पत्रकार सम्मेलन गरेर आफुले अन्यायमा परेर पद छोडेको भनेर रुने सोचले बुभ्mन सक्दैन । अझ सबै सहयोगीहरु विरोधमा लाग्दा पनि ज्यानजाला पद छोड्दिन भन्नेले झनै के बुझोस् र ?
गद्दीबाट पाखा लगाईएका राजा अनि राजसंस्थाप्रति बढ्दै गएको आस्था अनि आकर्षण कुनै सुकर्मको फल हैन । कसैको प्रयत्नको नतिजा त पटक्कै होईन । यो त गणतन्त्रको कार्यविधि, नेतृत्वहरुको भाँडभैलो अनि बहुठ्ठी कार्यहरुको प्रतिफल हो । र, नेपाली जनताको मनमा कायम रहेको परम्परागत भरोसा र विश्वासको कारण पनि राजसंस्थाप्रति जनआकर्षण बढाउन मद्दत गरेको छ । हुन पनि इतिहास साक्षी छ, राजसंस्थाजत्तिको भरोसा कुनै पनि शासकमा देखिन्न । देश छ र राजसंस्था रहने हो । देशै नरहे, केको राजसंस्था । यहीकारण राजाभन्दा देशभक्त अरु को हुन्छ ? भन्ने मानसिकताले पनि राजसंस्थाप्रति जनआकर्षण बढाएको छ । यसैले राजसंस्था पुनस्र्थापनाको संभावना बढाएको हो । आमनागरिक घरघरबाट निस्केर दलीय बिकृति र नेतागत बिसंगतिको अन्त्यका लागि लगाम चाहिने रहेछ, राजसंस्था जरुरी रहेछ भनेर आवाज उठाइरहेका हुन् ।
पछिल्ला दुई पटक चाहेर हैन परिस्थितिले गद्दीआरुढ हुन पुगेका राजालाई संभवत निकटकाहरुले यो संभावनामा पनि स्वतः पुनस्र्थापना हुने प्रक्षेपण देखाएका हुन सक्छन् । समय परिस्थिति र नेताहरुको ब्रम्हलूट अभियानले पनि सुधारको खाँचो जरुरी छ भन्ने उत्कर्षमा जन जनलाई पु¥याएको छ । त्यसैले लगातार ‘ताप्के तातेको छैन तर बिंड भने तातेको तात्यै छ’ । यो कुरा त्यसैले भन्न सक्छ जो राजसंस्था पुनस्र्थापनाको निमित्त प्रयत्नशिल छ तर जान्दछ कि त्यो पुनस्थापना पछि उसको नियति उज्यालो हुनसक्छ । राजनीति आशा र आग्रह, आवश्यकताको अर्को नाम पनि हुनसक्छ । वर्तमान कालखण्डमा राष्ट्र बचाउन आमनागरिकले निरंकूशता फाल्ने नाममा जबरजस्ती फालिएको राजतन्त्र नै ठिक मान्न र भन्न थालेका छन् । सम्भवतः नागरिक निक्र्यौलमा पुगेको हुनसक्छ– अन्ततोगत्वा राजसंस्थासहितको लोकतन्त्र नै स्विकार छ, स्वीकार गर्नुपछृ किनभने राष्ट्रवादीको निमित्त राष्ट्र महत्वपूर्ण हुन्छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper