banner
banner

आज छिपाको घ्याम्पो फुट्छजस्तो छ

काठमाडौं । रअ’ प्रमुख गोयलको आगो निभाउन राजदूत दमकल प्रयोग हुनेवाला छ । चिनियाँ राजदूत हाउ यान्छी २ गते राति प्रधानमन्त्री निवासमा २ घण्टा के भन्न पुगिन् । उनले सुनाएको चाइनिज मन्त्र के होला ? आजै प्रचण्ड र प्रधानमन्त्रीले पनि राष्ट्रपतिलाई पालैपालो भेटेका छन् । लाग्छ अव सत्ता परिवर्तन हुन्छ कि छिपाको घ्याम्पो फुट्छ । आज ३ गते बस्ने नेकपा बैठकमा स्पष्ट हुनेछ ।
नेकपा फुटको संघारमा पुगिसकेको छ । प्रचण्ड नेपाल खेमाले ओलीलाई घेरिसकेका छन् । सचिवालय, स्थायी समिति र केन्द्रीयसमितिसम्म घेरेकाहरुको मुख्य माँग छ– प्रधानमन्त्री कि पार्टी अध्यक्ष परित्याग गर ।
भारतबाट रअ प्रमुख सामन्त गोयल र स्थल सेनाध्यक्ष रणभनेले नेपाल भ्रमण गरे लगत्तै नेकपाभित्र डढेलो सल्केको हो ।
नेकपाको झगडावीच अव भारत र चीनको चासो देखिनु भनेको नेकपाको लगाम नेकपाभित्र छैन भन्ने हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper