banner
banner

तातेकै हुन् त जनता ?

शाश्वत शर्मा----
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वर्तमान राष्ट्रबिरोधी, संविधानको विरुद्धमा ¥याली, मोटरसाइकल ¥याली, आमसभा, कोणसभा, नारा जुलूस भव्य रुपमा भइरहेका छन् । केही समय अघिसम्म कोठे राजनीतिमा सिमित राजतन्त्रवादीहरु अव खुलेआम हिड्न, बोल्न थालेका देखिन्छन् । अस्तीसम्म कानेखुशी रुपमा मात्र राजनतन्त्रप्रति सहमति जनाउनेहरु पनि अव राजा नै चाहिन्छ भन्दै चर्को चर्को बोल्न थालेका छन् । अरु त अरु, कांग्रेस, नेकपा, राष्ट्रिय जनमोर्चा, जसपाका स्थानीय नेता, कार्यकर्ताहरुसमेत राजा फर्काउ उद्देश्य सहितको जुलुसहरुमा सहभागिता देखाइरहेका छन् । भन्नैपर्ने हुनछ, एकथरि माहौल चैं विकास भएको छ । तर के त्यतिले पुग्छ त ? जुलुस निस्कियो, सकियो । वर्तमान शासकहरुको केही बिग्रिएको छैन । वर्तमान शासन प्रणालीमा आमूल परिवर्तन हुनुपर्छ भन्ने बहस पनि उठेको छैन । भन्नैपर्छ, सुरुआतको दौरमा छ आन्दोलन । त्यसो त, एकथरिलाई यत्ति मात्रको ¥यालीले पनि टाउको दुख्न थालिसकेको छ । यो काफी छैन । पूराका पूरा संविधानविरोधी ¥याली र नारा लाग्दा पनि ओली सरकार किन यी संविधान बिरोधीहरुलाई कार्वाही गर्दैन ? किन यिनलाई यस्तो बिरोधी त्रियाकलाप गर्न छुट दिइरहेको छ ? भन्ने संशययुक्त प्रश्न पनि उठ्न थालेको छ । जेहोस्, बिगत १५ वर्षदेखि जबरजस्ती एकपक्षीइ ढंगबाट कुनामा पारिएको राजतन्त्त फेरि चर्चाको विषय बनेको छ । सत्तारुढ नेकपाको झगडा चलिरहेकै छ, प्रम  एवम् नेकपाका अध्यक्षहरुमध्ेका एक केपी ओलीविरुद्ध पार्टिभित्रकै पाँच शीर्ष नेताहरुले मोर्चा खोलेकै छन् । कुनै पनि बेला नेकपा टुक्रिएको समाचार आउनसक्ने सम्भाबना प्रवल छ । तर पनि यस्तो राजनीतिक गर्मागर्मीका वीचमा राजतन्त्रवादी आन्दोलनको विषय राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रमुखता समाचार बन्न थालेको छ ।
त्यसो त, ाभरतीय गुप्तचर संस्था रअका चिफ सामन्त गोयल र भारतीय प्रधानसेनापति नरभणेको आकस्मिक भ्रमणपछि यो राजतन्त्रवादी आन्दोलनले तूल पक्डिएको हो भनेर विद्वता छाँट्ने मूर्खहरु प िनभएका होइनन् । तिनले जतिसुकै भारतीय प्रभावमा मिसाएर बदनाम गराउन खोजे ता पनि त्यसमा कुनै सत्यता छैन । बरु नेकपाभित्रको झगडा र कांग्रेसले चीनविरुद्ध बोल्न थालेको कारणभित्र तिनको नेपाल भ्रमण जोडिएको हुनसक्छ ।
वास्तवमा नेपाली जनता जनयुद्ध र जनआन्दोलनदेखि पीडित हुन् । नेपालीको पीडालाई अहिलेका ब्वाँसाजसता नेताहरुले छोपिदिएका मात्र थिए, आश्वासनको पोको बाँडेर । शनैः शनैः जनताको सबरको बाँध टुट्न थालेको छ । ब्वाँसाहरुको मुखुण्डो उदाङ्गो हुँदै गएको छ । झन राष्ट्रघात र भ्रष्टाचार चरम सीममा पुगेपछि कुनै पनि राजनीतिक दलका कार्यकर्ताहरु वीर गोर्खाली, शिवसेना, नेपाली विद्वत परिषद, पशुपति सेना, विश्वहिन्दु महासंघ, जस्ता संस्थाहरुप्रति आकर्षित हुनथालेका देखिन्छन् । परिणाम स्वरुप, आज स्थिति यस्तो आइसक्यो कि अव त जिल्ला जिल्लाबाट मात्र होइन कि गाउँका टोल टोलबाट गुम्सिएका नेपालीहरु निस्किरहेका छन् । यिनको माँगको सार छ– राजतन्त्र स्थापना गर, हिन्दुराष्ट्र कायम गर, संघीयताको खारेज गर, भ्रष्टाचारीहरुलाई कार्वाही गर । यत्ति त हो, नेपालीले चाहेको ।
उता अर्काथरि यस्ता पनि भेटिन्छन्, जो यस्तो सिधाखाले ¥यालीले मात्र केही हुँदैन । अलि बल देखाउन सक्नुपर्छ । तिनले के बुझ्नुपर्छ भने अहिले जति पनि ¥यालीहरु भइरहेका छन्, त्यो स्वतस्फूर्त हो । यसमा एकपैसा पनि स्वदेशी वा विदेशीहरुकोलगानी छैन । निसास्सिएका नेपाली जनताले आफुखुसी निकालेको जुलुस हो यो । त्यसकारण जनताको आवाज सुनिन्छ, बल कतै देखिदैन । शानितपूर्ण आन्दोलनबाट मुलुक बचाउने हो । जनआन्दोलनको जस्तो भारु र डलरको खोला बगाएर तोडफोड, आगजनी, ढुंगामुढाजस्ता कुकृत्यलाई यो आन्दोलनमा प्रश्रय दिनु नै छैन । शानितपूर्ण नारा जुलसबाट पनि ठुला ठूला परिवर्तन गर्न सकिन्छ भनेर देखाउने हो । त्यसकारण यो आन्दोलनमा हिंसा र परिवर्तन मुलुकको पक्षमा हुन्छ । भन्नैपर्छ, यो गणतन्त्र, संघीयता अनि धर्मनिरपेक्षता आफ्नो अन्तिम पडावमा छ । जनता झुक्याउनेहरुको खेल खत्तम भइसक्यो । सच्चा विकासवादी एवम् राष्ट्रवादीहरुको अव समय सुरु भइसकेको छ । हेरौं त उता, गणतन्त्रवादीहरुको तमासालाई । 
कोरोनाको कहरबाट आक्रान्त जनताप्रति ध्यानदृष्टि दिन छाडेर यिनीहरु सत्ता संघर्षमा व्यस्त छन् । प्रमुख विपक्षी भनाउँदो कांग्रेस र यसका उपल्ला नेताहरु वर्तमान सरकारको कोपभाजनबाट अच्नमा केन्द्रीत देखिन्छन् । यिनलाई अघि सत्तामा हुँदा गरेका भ्रष्टाचारबाट बच्नु छ, त्यसैले चुपचाप छन् । उता सत्तालाई चास्नी बनाएर चुसेका अन्य दलहरुको हालत पनि कांग्रेसको जस्तो छ । यहाँ कोही चोखा छैनन्, सबै मौसेरा भाइ भाइ हुन् । यो अवस्थामा सर्वसाधारण जनता नतात्ने कुरै छैन । जनआन्दोलन अझ उर्लिदै गएको छ । आम नेपाली जो जहाँ छ, उहीँबाट सडकमा निस्कन थालेका देखिन्छन् । बिरोधको गगनभेदी नारा घन्किन थालिसकेको छ । वास्तवमा यो नारा होइन, भ्रष्टाचारीहरुको लागि मृत्युघण्ट बजेको हो । भ्रष्टहरुको सातो जान थाल्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper