banner
banner

जनता अब तात्न थाले जस्तो छ

शाश्वत शर्मा--
चिसोयामको सुरुआतसँगै नेपाली तात्न थालेका छन् । गतसाता बुटवल, जनकपुर, वीरगञ्जमा देखिएको जनउभारलाई देखेर नेपाली जाग्न थालेको अनुभव गर्न सकिन्छ । अव कोहलपुर, विराटनगर, झापातिर पनि जुलुस, मोटरसाइकल ¥याली, आमसभाहरु गरिदैछ । राजधानीको शंखपार्कको भेलापछि अव सबै खाले राजतन्त्र र हिन्दुबादीहरु मिलेर एउटै लयमा सिंहदरवार घेर्ने, संसद घेर्ने योजना बन्न थालेको चर्चा सुरु भएको छ ।
जनता जनतावीच नै कसले ठूलो ¥याली निकाल्ने, कसले ठूलो स्वरले भ्रष्टाचारी गणतन्त्रको विरोध गर्ने भन्ने प्रतिस्पर्धा नै हुनथाल्यो । अव चाहिं केही हुन्छ कि ? जो सत्तामा पुगेका छन्, जनतामाथि अत्याचार गरिरहेका छन्, तिनीहरु ढुङ्गा हानेर र बन्दुक पड्काएर पुगेका हुनाले यस्ता शान्तिपूर्ण ¥यालीले मात्र तिनलाई परास्त गर्न सकिएला ? हिन्दुत्व र राजतन्त्रसहितको लोकतन्त्रको पक्षमा माहोल बनेको छ, यो पक्का हो । तर बाहुबली शासकहरुलाई गलाउन नसकिएला । मोफसलमा जतिसुकै ठूला जुलुस निस्केर गगनभेदी नारा लगाए पनि अधिनायकवादी निरंकूशहरुले हाँसेर उडाइदिन्छन् । जबसम्म राजधानीमा त्यो प्रकारको जनजुलूस निस्कदैन, तवसम्म शासकहरुको मनमा भय उत्पन्न हुनेछैन । जबसम्म कडा दबाबमूलक कार्यक्रम आउने छैन, तवसम्म यी गैंडाका छालाजस्ता शासकबर्गले टेर्नेवाला छैनन् ।
जनआन्दोलनका दिनहरुमा सात दलले यस्तै बिरोध गरेका थिए । जब दिल्ली सम्झौता गरेर आए अनि माओवादी मिसियो, तव आन्दोलन जनआन्दोलन बनेको हो । तवमात्र आन्दोलनले पूर्णता पायो । यतिबेला विदेशी ताकतको होइन, जन ताकतको प्रश्न छ, के जनताकत यी चितवने ध्रुवे हात्तीसँग सिंगौरी खेल्न तैयार छन् त ? निराशा र उकुसमुकुस सबैलाई छ, त्यो निरासालाई सुनामी बनाएर आन्दोलन गर्नैपर्छ, तवमात्र जनतामाथि शासना बनेको यो पद्धतिमा सुधार आउला । यो अन्तिम आन्दोलन भनिएको थियो, अव जनताले आन्दोलन गर्न पर्दैन, अव मुलुक आर्थिक क्रान्तितिर लाग्छ भनेर उचाल्नेहरुले पालैपालो सरकार चलाए । तिनको आश्वासन १४ वर्षमै पानीको फोको बनेर फुट्यो । अव हुने आन्दोलन बाघको खोल ओढेका यस्ता ब्वाँसाहरुलाई ठेगान लगाउन सक्ने खालको हुनुपर्छ । मुलुकलार्य भड्खालोमा जाक्नेहरुलाई कालकोठरीमा थुन्ने खालको हुनुपर्छ । शक्ति सञ्चय गरेर जनतामाथि भार बनेकाहरुलाई साँढे लखेटेजसरी लखेट्ने हिम्मत भएको आन्दोलन हुनुपर्छ । सत्तापक्ष र विपक्षमा रहेकाहरु पंगू भएका छन्, लोकतन्त्र भनेर जनतालाई अभिभावकबिहीन हालतमा पु¥याएका छन् । प्रधानमन्त्री, राष्ट्रपति र जनप्रतिनिधि भनाउँदा कसैलाई पनि भोका, नाङ्गा जनताको पीर चिन्ता केही पनि छैन । सबै राजनीतिक शक्तिहरु असफल भएर देशलाई असफल पारिसकेकाले अव भर गर्ने राजतन्त्रसहितको लोकतन्त्रकै हो । यसैका लागि जनता सडकमा आन्दोलित हुनथालेका हुन् ।
पूर्वराजा चिन्ताग्रस्त देखिनुहुन्छ । उहाँ अग्रसर भइसकेको अवस्था छैन । जनता गुहार लगाइरहेका छन्, जनतालाई नेतृत्व दिने कुनै पनि राजनीतिक शक्ति तैयार नभएकाले पूर्वराजाले म आएँ भनेर अभिभावकीय नेतृत्व दिन जररी छ । सुरक्षा सन्यन्त्रहरुले पनि जनताको आवाज सुनेका छन् । अन्तर्राष्ट्रिय जगतमा पनि नेपाल असफलतातिर गइसकेकोमा चिन्ता गरिरहेकै छन् । यदि मुलुकको हित चाहने र भ्रष्टमाफिया तत्वहरुबाट मुलुकलाई बचाउने हो भने कर्मचारी संयन्त्रदेखि सुरक्षा निकायसम्म, आमजनताको अपेक्षाको साथमा उभिनैपर्छ । राजनीतिकरण भएको र माफियाले खेलिरहेको मैदानजस्तो संविधान संविधान भन्ने हो भने मुलुक आपराधिक धरापबाट मुक्त हुनसक्नेछैन । हुन त आफू आफूमै काटाकाट गरेर यदुवंशीजसरी सक्किन लागेका गणतन्त्र, संघीय भ्रष्टहरुलाई सिध्याउन ठूलो कसरत गर्नु पर्लाजस्तो छैन । तथापि जुन जनउभार निस्किएको छ, त्यो उभारलाई भरथेग गर्न सबै तह र तप्काको साथ र सहयोग अनिवार्य रुपमा चाहिन्छ । सामुहिक प्रयासले ल्याएको परिवर्तन मात्र समुदायका लागि हितकर हुनेछ । लादेको व्यवस्था फाल्न जरुरी भयो ।
प्राकृतिक प्रकोपमा जनताले सरकारको साथ पाएनन् । कोरोना कहरमा पनि जनताले राहत पाएनन् । यहाँसम्म कि सरकारतिर ढल्केको आरोप लागेको अदालतको आदेशसम्म सरकारले मान्न छाडेको छ । जनता उपचार नपाएर मरिरहेछन्, बाँडेको भात खान पनि पाएका छैनन्, जनताप्रतिको उत्तरदायित्व लिन सरकार चुकेको छ । तर जनतालाई राहतका नाममा पाइला पाइलामा भ्रष्टाचार भइरहेका छन् । भ्रष्टाचार सिंहदरवारदेखि गाउँसम्म व्याप्त छ । जे जति भ्रष्टाचार भइरहेका छन्, जनताका नाममा भइरहेछन्, तर जनताले राहतको नाममा मृत्यु मात्र पाएका छन् । जनता खाना, उपचार नपाएर दिनदिनै आत्महत्या गरिरहेका छन् । अरवौं अरव भ्रष्टाचार हुने तर जनताले राहत नपाउने, सरकार छ, राष्ट्रपति, जनप्रतिनिधि छन् भन्ने अनुभूतिसम्म जनतालाई छैन । यस्तो पद्धतिभित्रको गैरजिम्मेवार रहेकाहरुलाई अव जनताले बोकिरहन सक्दैनन् । अव जनताले पार्टीको, नेताको चिन्ता गर्ने होइन । अव जनता आन्दोलनमा निस्किएका छन्, यो आन्दोलनलाई आँधी बनाउन जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper