banner
banner

ओली प्रचण्ड असफल भए

काठमाडौं । नेता हरिबोल गजुरेलले खुल्लमखुल्ल भनेका छन्– ओली र प्रचण्डले सकेनन्, अव नयाँ नेतृत्वले पार्टी र सरकार हाँक्नुपर्छ ।
नेकपाभित्र ओली र प्रचण्डको कित्ता ध्रुविकरण भइरहेको छ । बिबाद उत्कर्षमा छ । पार्टी नै फुट्ने स्थितिसम्म पुगिसकेको अनुमान गर्न थालेका छन् नेताहरु । पर्साबाट दुबै पक्षका कार्यकर्ताहरुवीच मारामार समेत भइसकेको स्थिति छ । पूर्व माओवादी र पूर्व एमाले कित्ता तल्लोतहमा स्पष्ट रुपमा विभाजित हुनथालेको छ । नेकपा फुटको कगारमा पुगिसकेको छ ।
यस्तो स्थिति देखेर नेता हरिबोल गजुरेलले अन्तर्वार्तामात्र भनेका छन्– नेपाल कम्युनिस्ट पार्टीको विवाद यतिबेला तीब्र उत्कर्षमा छ । पार्टी विवादमा युद्ध विराम भएको दुई महिना नबित्दै शक्ति संघर्षले पार्टी फेरि फुटको संघारमा पुगेको नेताहरू बताउन थालेका छन् । राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटघाट लगायतका विवाद चरम रूप लियो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको अझमदारीले नेता कार्यकर्तामा पार्टी विभाजन हुन लागेको हो भन्दै सबै तह र तप्कामा चासो र चिन्ता बढेको देखिन्छ । दुई नेता ओली र प्रचण्डले पार्टी एकता गर्नुभयो । पार्टीमा सल्लाह नगरी उहाँहरुबीचको सहमतिले पार्टी एकता भयो । त्यसलाई नेपाली जनताको चाहना अनुसार एकता भएको भन्दै सबैले स्वीकार गरे । तर, अहिले पार्टीको लिडरसिपको क्षमतामा नै प्रश्न उठ्न थालेको छ । जनता, कार्यकर्ताले नेतृत्व माथि प्रश्न उठाइरहेका छन् । मुख्य कुरा लिडरसिपको दक्षता, क्षमतामा ह्रास आउँदै गयो । पार्टी फुटतर्फ गइरहेको छ । फुटाउन सजिलो छैन, जुटाउन पनि निकै मुस्किल हुँदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper