banner

गणतन्त्र किन गनाउन थाल्यो ?

स्वयम्भुनाथ कार्की---
जति पनि किसिमका राज्य प्रणाली, शासकिय स्वरुपहरु थिए, छन् र हुनेछन् ती सबै राजतन्त्र कै परिवर्तित रुपहरु हुन् । राजा मुलुकको सर्वोच्च पद हो, जहाँ राजा छैनन् त्यहाँ पनि कुनै न कुनै सर्वोच्च पद श्रृजना गरिएको नै छ । राजा व्यक्ति कहिले पनि होईन यो संस्थाको नेतृत्व गर्ने पद हो, जो अन्य धेरै सहयोगीहरुको साथमा मुलुकमा सुव्यवस्था कायम राख्छ, अन्याय अत्याचार हुन दिदैन अनि समृद्ध मुलुक बनाउन हमेशा प्रयत्नशिल हुन्छ । जुनसुकै व्यवस्था, प्रणाली, वाद सबैको आधारभूत न्यूनतम मान्यता र अवधारणा यिनै हुन । यसैलाई लोककल्याणकारी राज्य पनि भन्ने गरिन्छ । यो लोककल्याणकारी अवधारणा कसैले पनि हामीमा लागु हुन्न भन्ने हिम्मत गर्दैन । साम्यवाद, पुँजीवाद, समाजवाद जे सुकै वाद हुन मुलभूत कर्तव्य र लक्ष यिनै हुन् । अव प्रश्न उठछ त्यसो भए यी अलग अलग रुप किन विकसित भए त ? यसको उत्तर हो देश, काल, परिस्थितिले  यी कुरा आवश्यक भए ।
यो उत्तर जति सहज छ व्याख्या त्यति नै विकट र विस्तृत हुन्छ । काम, कर्तव्य र अधिकारमा समानता भए पनि सर्वोच्च पदमा पुग्ने प्रक्रिया सबै जसो तन्त्रमा अलग अलग हुन्छ । एउटै तन्त्रमा पनि अलगअलग स्थानमा अलग अलग प्रक्रिया देख्न पाईन्छ । जहाँ प्रजातान्त्रिक गणतन्त्रमा सिद्धान्ततः कोहि पनि नागरिकले त्यो स्थान हसिल गर्न सक्छ भने साम्यवादी, गणतन्त्रमा  निश्चत मापदण्ड पुरा गरेको र पुरानोले पनि पत्याएको हुनुपर्दछ । राजतन्त्रमा उत्तराधिकारी तोकिने भएकाले साम्यवादी गणतन्त्रसँग पुरानोले पत्याउनु पर्ने कुरा मिल्न जान्छ ।
कुरो अलि अमूर्त जस्तो भएकोले यसलाई केहि सरल गर्दा सामान्यतया दक्षिण एसियामा हरेक जसो दलका ठूला नेताहरुको घराना अघोषित राजवंश हुने गर्दछन । श्रीमानको मृत्यु पछि श्रीलंकामा उनकी श्रीमतिलाई सत्ता सुम्पिइयो । नेहरुको मृत्युको केहि समय पछि उनकी छोरीले सम्हालेको सत्ता त्यसपछि छोरीको छोराले सम्हाल्न पुगे । यस भेकमा जनतामा व्यक्ति पुजाको मानसिकता छ, त्यसैले बंगलादेशमा शेख हसिना वाजेद, खालिदा जिया, पाकिस्तानमा बेनजिर भुट्टो र त्यसपछि उमेर नपुगे पनि उनको छोरा विलावल जरदारीलाई विलावल भुट्टो भनेर उत्तराधिकारी घोषणा गरिएको घटना ताजै छ । यसरी कहिले यो परिवारबाट फलाना र कहिले ऊ परिवारबाट चिलानाहरुको सत्तारोहण एक प्रकारको अवैधानिक राजतन्त्र नै हो । 
नेपालले यस्तो विभिन्न परिवारमा छरिएर रहेको अर्धवैधानिक राजतन्त्र एक शताव्दी भन्दा ज्यादा श्री ३ महाराजको रुपमा भोगिसकेको छ । कुनै वैधानिक दायित्व बोक्न नपर्ने परिवारहरुबाट उत्तराधिकारी आउन थाल्दा गैर जिम्मेवार अवैधानिक राजवंशहरुको विगविगी हुन्छ । यःता वंशहरु एक अर्कासंग समन्वय भन्दा ‘लडाई र प्रेममा सबै जायज छ’ भन्ने सिद्धान्त फलाक्दै प्रतिस्पर्धामा उत्रन्छन । उनीहरु विचको यो संघर्षले जनताको निमित्त रौरव नर्कको वातावरण तैयार गर्छ जो जीवनकाल मै भोग्नु पर्दछ । फेरी यो दशक पुग्ने ध्याउन्नमा लागेको गणतन्त्रमा वैधानिक नारायणहिटी कुना लागेको छ । तर यो अवधारणमा शितलनिवास भूमिका निर्वाह गर्ने असफल प्रयास गर्दैछ । राष्ट्रपति नेपालमा राजतन्त्रको बदला गणतन्त्र भएर आएको हैन व्यक्ति र पदको परिवर्तन मात्र भएको हो ।
धर्मनिरपेक्ष गणतन्त्रको राष्ट्रपति पदले दशैको टिका बक्सनेदेखि भोटो जात्रासम्मको हिन्दु राजाको निरन्तरता कायम राखेको छ । जवसम्म नेपालमा व्यक्तिवंश पुजाको मानसिकता कायम रहन्छ तर वैधानिक राजतन्त्र रहन्न तबसम्म यःता अवैधानिक राजतन्त्रहरु कायम रहन्छ जसको कुनै उत्तरदायित्व छैन । त्यसैले उत्तरदयित्व सहितको एक वैधानिक राजतन्त्रको उपस्थितिमा मात्र नेपालीले कष्ट भोग्नु पर्दैन । वैधानिक राजतन्त्रले उत्तदायित्व वहन गर्नैपर्दछ, त्यसले योग्यता र क्षमता देखाउनै पर्दछ । राज्यको अभिभावकको जिम्मेवारी निर्वाह गर्न आवश्यक पर्ने साहस भागवण्डाले कुर्सी पाएकामा हुँदैन । चाहिने साहस, शक्ति र  अभिभावकत्व प्राप्त गर्ने तरिकाले फरक पर्छ । 
हरेक कुरामा निरन्तर न्यायलय गुहार्नु परेको वर्तमान अवस्था लोकतान्त्रिक अभ्यास भनेर मन बुझाउन खोजिएको छ । मनै बुझाउनलाई पनि न्यायलयको निर्णय चित्त नबुझाएर निरन्तर पुनर्विचारको निवेदन परेका अवःथाले दिदैन । यसै पनि विभिन्न वहानामा पुर्ववर्ती न्यायाधिशका पुराना पैmसला निकोर उल्टाउने कामले अहिलेको पैmसला पनि भविष्यमा उल्टाउन सकिने नजिर बन्दै  गएको छ । यस्तो अवःथामा अन्तिम संरक्षकको रुपमा राजाले गरेको निर्णयमा चित्त बुझाउने नेपाली समाजले गणतन्त्र नेपालमा राजतन्त्रको महत्व देख्न थालेको छ । यही कारण हो कि अव नेपालमा गणतन्त्र स्थापना गरिनु गलत थियो भन्नेहरुको जमातमा आफुले गणतन्त्र स्थापना गराउन गरेको काम नै गलत थियो कि भन्नेहरुको थपिदैछन् । यस कुराको प्रमाणको रुपमा राजसंस्था पुनःर्थापना गराउन भनेर आमनागरिकबाट गरिएका, बढिरहेका नारा, जुलुस, ¥याली आदिले धेरैको सद्भावना पाएका छन् । यस्ता कुराको विरोध गर्नेहरु एक्लिदै गएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper