banner

किलोको ६५ लाखको यार्सामा कोरोना कहर

धर्मरत्न श्रेष्ठ---
  यार्सागुम्बा अव हिमाली भेगको किरामा सिमित रहेन । यो जैविक तत्व उच्च हिमाली भेगको ‘हीरा’ बन्न पुगेको छ । पहिले किलोको २–४ लाख पर्ने यार्सा अहिले विश्वबजारमा किलोको ६५ लाख पुगिसकेको छ । यार्साको मूल्य बढ्दैछ र यार्साप्रति आकर्षण पनि बढेको छ । खासगरी यार्साको मुख्य बजार भने चीनलाई मानिएको छ । तर नेपालको यार्साको ख्याति चीनमामात्र सिमित छैन, विश्वभरि फैलिदै गएको देखिन्छ ।
नेपालमा पाइने यार्सागुम्बा विश्वकै उच्चकोटीको हो । यार्सालाई यौनशक्ति बढाउने अचुक ओखतीको रुपमा पनि लिइन्छ । नेपालमा यार्सा पाइने मुख्यथलो डोल्पा, मनाङ, रुकुम, म्याग्दी, बझाङ, दार्चुला भए पनि गोर्खालगायतका हिमालीभेग जहींतहीं यार्सागुम्बा पाइन्छ । आधुनिक विज्ञानले भियग्रा उत्पादन गरेर यौनशक्ति चाहनेहरुका लागि तहल्का मच्चाएका थिए । तर, यार्सागुम्बाजस्तो जैविक तत्वको उद्घाटन भएपछि सबैको ध्यान यार्सातिर तानिएको छ । हिमाली भेगमा यार्सा जनजीवनको आर्थिक स्थिति सुधार्ने र जीवनलाई सरल पार्ने रोजगारका रुपमा पनि विकास भएको छ । यार्साबाट पर्याप्त राजस्व संकलन पनि हुदै आएको हो ।
यार्साको कथा यस्तो छ ः सन १९९३ मा जर्मनीमा विश्व ट्याक एण्ड फिल्ड प्रतियोगिता भयो । त्यस प्रतियोगितामा सहभागी भएका चीनका ३ खेलाडीले आश्चर्यलाग्दो खेल प्रदर्शन गरे । १५ सय, ३ हजार र १० हजार मिटर दौडमा स्थापित भएको रेकर्डलाई विश्वास नै गर्न सकिएन । यसबारे छानबिन भयो र पत्ता लाग्यो– चीनका खेलाडीहरुले यार्सागुम्बाको सेवन गर्ने गरेका रहेछन् । यो यथार्थलाई खेलाडीहरुले पनि स्वीकार गरे । जैविक तत्व सेवन गरेकाले अनुसन्धानबाट खुल्ने कुरा थिएन, खुलेन । खेलाडीले बताएपछि रहस्योद्घाटन हुनपुगेको थियो । त्यसपछि यार्सागुम्बाको यति ठूलो प्रचार भयो कि यार्साबारे विश्वकै चाख र चासो देखियो । अहिले त यार्सागुम्बाको माग ‘हीरा’को मूल्य बराबर भएर बढेको छ । नेपालको यार्सा ‘हीरा’ को कोटीमा पुगेको छ । तर कोरोनाले यार्सा व्यापार स्वात्तै घटेको छ ।
तर दुःखको कुरो के छ भने घरबारमा ताल्चा मारेर हिमालीभेगमा यार्सा टिप्ने जाने गरेका अवस्थामा बर्षेनी सयौंको मृत्यु हुनेगरेको छ । यसरी ज्यान जोखिममा पारेर टिपेको यार्साको उचित मोल तिनले पाउने गरेका छैनन् । ५–६ लाख किलोकोमात्र गाउँलेले पाउँछन् र फौबञ्जार दलालहरुले गाउँ गाउँमै गएर यार्सा बटुल्ने गर्छन् । त्यसरी बटुलेको यार्सा बजारसम्म पुग्दा ३०–४० लाख पर्छ र अन्तर्राष्ट्रिय बजारमा पुग्दा यसको मूल्य ६५ लाख पुगिसकेको छ । कसरी यार्सा टिप्नेहरुलाई बढी लाभ दिने यसतिर ध्यान दिएकै छैन । कोरोनाको कहर र दलाली रोक्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper