banner
banner

उपहार यसरी कुहिन्छन्

गोविन्दप्रसाद पौडेल---
२०३२ साल पुस १३ गते चीनले नेपाललाई उपहारमा त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको १० किलोमिटर लामो ट्रलिबस निर्माण गरिदियो । बेला बेलामा थप बसहरु समेत दिइरह्यो ।
तर यो सेवामा पनि अति राजनीतिकरण घुसाइयो । २०५६ सालमा २ वर्ष यो सेवा बन्द गरियो । तयसपछि २०५८ सालमा पुन चलाउने प्रयास गरियो । तर मर्मतसंभार, आथर््िक र राजनीतिक कारणले यो सेवा त्रिपुरेश्वरबाट कोटेश्वरसम्म अथाृत ५ किलोमिटरमात्र सञ्चालन हुनथाल्यो । तैपनि यो सेवा चल्ने, सुचारु हुने विश्वास भइरहेको थियो, २०६५ सालपछि यो सेवा पूर्ण बन्द गरियो ।
जनयुद्धकालमा यी थोत्रा बसहरुमा माओवादी लडाका र सुकुम्बासीले घरका रुपमा समेत प्रयोग गरेका थिए ।
तर चीनले दिएको उपहारलाई हामीले चलाएर सुविधा लिनदिन सकेनौं । आज पनि त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रलीबसको लठ्ठा, तारहरु राजनीतिक नेता र व्यवस्थाका आन्द्राभुँडीजसरी गुजुल्टिएर रहेका छन् । मानौं, कुनै अप्रिय दुर्घटनाका लागि धराप थापिएको होस् ।
हाम्रो क्षमता, योजना र विकासको अवधारणा यतिबेला त्रिपुरेश्वर–सूर्यविनायकसम्मका सडकमा छ्याल्लब्याल्ल अवस्थामा देखिन्छन् । चीनले उपहारमा बनाइदिएको यो ट्रलीबस सेवा बिघटन भइसकेको छ, ट्रलीबसका सामान, फलामहरु चोर्दै कवाडमा विक्री भइरहेका छन्, अस्तव्यस्त छ यसका संरचनाहरु ।
कतै तार छिनेर सडकमा लथालिङ्ग अवस्थामा छन् भने कतै पिलर भाँचिने अवस्थामा पनि देखिन्छन् । सडक बिस्तारका क्रममा पनि पिलरहरु व्यवस्थित गर्न सकिएन । हामीले चीनले दिएको उपहारलाई बचाउन सकेनौं, मित्रतालाई सम्झनायोग्य पार्न सकेनौं ।
हुन त हामी एक चीन नीतिको परराष्ट्रनीतिमा छौं भन्छौं तर चीनले हाम्रो कथनी र करनीमा शंका गरिरहेको छ । किनकि नेपाली भूमि चीनविरुद्ध प्रयोग भइरहेको छ । चीनले चीनविरोधी गतिविधि नेपालमा हुन्छ भनेर नेपालको हैसियत बृद्धिका लागि सशस्त्र प्रहरीलाई प्रतिष्ठान नै बनाइदियो, तैपनि केही भएन । यसको अर्थ चीन नेपालमा प्रवेश गरिरहेको छ । नेपालीलाई कम विश्वास गर्न थालेको छ । भन्नु यत्ति छ, हामी नीतिमा चुक्यौं, क्षमता र योजनामा पनि चुक्यौं । हामीले मित्रता र विकास, व्यवस्था र पद्धतिमा सबलता हासिल गर्ने सोच विकास नै गर्न सकेनौं ।
यसरी हाम्रो विकास, कूटनीति र सम्बन्ध कसरी अघि बढ्ला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper