banner
banner

एकचीन नीतिप्रति नेपालको प्रतिबद्धता

प्रेमसागर पौडेल-------

राजनीतिक सम्बन्धलाई मजबुत बनाउँदै अगाडि बढ्नुपर्नेमा हाम्रो नेतृत्व तह गलत बाटोतर्फ बढेको देखियो । यसले सकारात्मक परिवर्तन होइन कि अस्थिर र अझ कमजोर बनाउनसक्छ । – 
नेपाल र चीनबीचको सम्बन्ध विश्वमा अद्वितीय र विशेष छ । नेपाल र चीनबीच दौत्य सम्बन्ध र नेपालले औपचारिकरुपमा एक चीन नीतिप्रति गरेको प्रतिवद्धता पनि निकै लामो छ । तर, नेपालले ब्यवहारमा एक चीनको नीतिलाई भित्री मनैदेखि पालना गर्न सकेको, चाहेको वा गरेको छैन ।

पञ्चायती ब्यवस्थापछि नेपालमा एक चीन नीति विरोधी र कथित स्वतन्त्र तिब्बत पक्षधर गतिविधि सरकारी संरक्षणमा खुलारुपमा भइरहेको प्रशस्तै घटना छन् । यद्यपि पञ्चायतकालमा यदाकदा नभएका भने होइनन् । नेपालमा हाकाहाकी चीन विरोधी गतिविधि हुन थालेको सन १९९० पछि हो । सन १९९० देखि २००५ सम्म नियन्त्रण गर्न सकिनेस्तरमा चीन विरोधी गतिविधि हुने गरेकोमा सन २००८ देखि सरकारका उच्चपदस्थ कर्मचारी र कतिपय राजनीतिक दलका नेताको योजनामा सरकारलाई चुनौती दिंदै खुलारुपमा हुन थालेका हुन् । काठमाडौंमा कतिसम्म देखियो भने कथित स्वतन्त्र तिब्बतको नारा लगाउने, चीनको झण्डा जलाउने जस्ता गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र नियन्त्रणमा लिएको दुई घण्टामा नै उच्चपदाधिकारीको निर्देशनमा कार्वाही नगरी छोड्ने काम भइरह्यो । फेरि त्यही मानिस अर्कोपटक त्यसरी नै समातिने, छाडिने र कथित चीन विरोधी गतिविधि गर्ने सम्ममा लज्जास्पद घटना बारम्बार देखिए । अन्य देशबाट नेपालमा अनाधिकृत प्रवेश गर्नेलाई सम्बन्धित देश फिर्ता पठाउने, तर चीनको तिब्बतबाट नेपाल प्रवेश गर्नेलाई इण्डिया र पश्चिमा देश पठाउने गरियो र अहिलेसम्म पनि यही क्रम जारी रहेको छ ।
काठमाडौंमा हुने चीन विरोधी सार्वजनिक कार्यक्रममा प्रायःजसो पश्चिमा मुलुकका नेपालमा कार्यरत कुटनीतिज्ञहरु समेत मुख्य अतिथिका रुपमा सहभागी भएको बारम्बार देखिएकै छ । यसबाट के पुष्टि हुन्छ भने नेपाल चीन विरोधी अन्तर्राष्ट्रिय शक्ति केन्द्र र माफियाको स्वर्ग हो ।
नेपालले चिनियाँ नेता, पदाधिकारी वा कुटनीतिक वार्तामा सधैं एक चीन नीतिप्रति आफ्नो प्रतिवद्धता जनाउँदै आएको छ । तर, ब्यवहारमा पालना गरेको छैन । गत वर्षको असोज अर्थात अक्टोबरमा नेपालको राजकीय भ्रमणमा आउनु भएका महामहिम चिनियाँ राष्ट्रपति सी चिन फिङले सम्बोधन मार्फत चीनका शत्रुको हड्डी पसुली फुटाइदिने सन्देश दिनुभएको थियो । यद्यपि, नेपालले चिनियाँ राष्ट्रपतिको विचार र उद्देश्यलाई सहीरुपमा बुझ्न र कार्यान्वयन गर्न फिटिक्कै चासो देखाएन । बरु ठीक उल्टो चिनियाँ राष्ट्रपतिले आफ्नो राजकीय भ्रमण सकेर फर्किएको सात दिनमा छ वटा चीन विरोधी गतिविधि खुलारुपमा गर्न सहयोग र संरक्षण ग¥यो । यस्ता सयौं घटनाहरु छन् जो समयक्रममा क्रमस...सार्वजनिक हुने नै छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper