banner
banner

१२ बुदेको टेको कहिलेसम्म ?

दीर्घराज प्रसाई – 
कांग्रेस, एमालें माओवादी धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताको चिहानमा जाकिए ! २०६२ साल मंसिर ७ गते दिल्लीमा राष्ट्रघाती १२ बुँदे सहमति गरेको बेलादेखि २०७७ साल कार्तिकसम्म नेपाललाई तहसनहस गर्ने खेलहरु भइरहेका छन् । 
२०६३ सालपछि निरन्तर कांग्रेस र एमालेंमाओवादीका नेताहरुहरु सत्तामा छन् तर मरेका जस्ता छन् । यिनीहरुको आफ्नोपन भन्ने केही छैन । माओवादीले उदण्ड मच्चाएपछि आतंकवादी भनेर टाउकाको मूल्य तोक्ने कांगे्रस र एमालेहरु तिनै माओवादीसँग हात मिलाए ! त्यसैले कांग्रेस र एमालेले आफैंले खनेको चिहानमा फसेका छन् । चिहानभित्रबाट जत्ति नै चिच्याए पनि यिनीहरुलाई नेपाली जनताले पत्याउँदैन । यसरी चिहानमा जाकिएपछि पनि यिनीहरु अझै धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता भन्न छोडेका छैनन् । एउटै संविधानभित्र संसदवाद र साम्यवाद बोकेर हिँड्न खोज्नेहरु न गधा न खच्चड ?
यिनीहरुले १२ बुँदेको आडमा भारतीय गुप्तचर संस्थाको आडमा उदण्ड प्रकारले आन्दोलन गरे । २०६३ को आन्दोलन संसदवादको सुदृढीकरणको लागि थियो कि राष्ट्रको अस्तित्व नै समाप्त गर्नको लागि ?
सत्तासीन कांग्रेस र एमालेको सत्ता भ्रष्ट नभइदिएका भए राजाले शासनभार ग्रहण गर्नुपर्ने अवस्था नै आउँदैन थियो । राजाले शासनभार ग्रहण गर्नुपर्ने कारक तत्व नै सत्तापक्ष र प्रतिपक्षमा रहेका देशद्रोही यिनै पार्टीका नेताहरु नै हुन् । तर राजालाई सत्ता बुझाउने असफल नेताहरुले राजाबाट पद पाउने छाँट नदेखेपछि त्यसको उल्टो राजालाई निरंकुश भएको आरोप लगाएर सोनियाँ गान्धीको टाङमुनी ओत लाग्न पुगे । तर २०७१ सालपछि सोनियाँ गान्धीको सैतानी सत्ता भासिएको र हिन्दू दशभक्त पार्टी भाजपा भारतका अत्यधिक मत लिएर उदाएकाले अब भारतबाट त्यस्ता कुकृत्य नेपालमा नहोलान् । 
कांग्रेस र एमाले भित्र र बाहिरका देशभक्तहरुबाट यस्ता देशद्रोही–भ्रष्टहरुलाई समातेर कारबाही गर्न नसकेकाले देश बडो अप्ठ्यारोमा छ । दुःखको कुरा छ– यस्तो खतरनाक स्थितिमा पनि नेपाली सेना लुकेर बसेको छ । अहिले देशभित्र नेपाली कुपुतहरुको कुकृत्यबाट आगो लागेको छ । यस्तो बेलामा देशको सुरक्षास्रोत, सेना टुलुटुलु हेरेर बसिरहनु घातक कुरा हो । 
यस्तो बेलामा पनि हामी सबै देश डुबाउने अपराधीहरुको चर्तिकाला हेरर चुपचाप रहिरहने हो र ? नेपालका केही वकिल, डाक्टर, इन्जिनियर, पत्रकारहरु देशद्रोही भ्रष्टहरुको पछाडि लागेर कमाउने धन्दामा छन् ।
२०७७ सालमा समाजवादी पार्टी नेपालको अध्यक्ष बाबुराम भट्टराई भएका  छन् ! बाबुराम भट्टराई नेपालीहरूबीचको जातीय एकता तोडेर हिन्दू तथा बौद्ध धर्मलाई समाप्त गर्न संकल्पित छन् । बाबुराम भट्टराईले कथित जनयुद्धकालमा पृथ्वीनारायण शाहका शालीक भत्काउने, संस्कृत विश्वविद्यालय जलाउने, मंदिरहरुमा फोहोर गर्ने, गौमाताको हत्या गरेर मासु खाने आदि इत्यादि सैतानी कर्म भए । बच्चालाई डाक्टरले उमालेको पानीमा फालिदिएको जस्तो डा.बाबुराम भट्टराईले नेपाललाई भौडीमा पार्न खोजे ! बाबुराम भट्टराई देशद्रोही रहेछन् ! बाबुराम भट्टराईले जति नैं नुहाए पनि ‘गधालाई जति नैं नुहाए पनि गाई हुँदैन’ भने जस्तै हो ।
१३ हजार ओटा मन्दिर भत्काउने, १७००० नेपाली मार्ने, १५० ओटा पुल भत्काउने पार्टीको नेतृत्व गरेका बाबुरामले आज काङ्रेसलाइ सक्कियो अब म्युजियममा राख्नुपर्छ भन्दा कुन अनुहारले भन्न सकेका होलान तेस्को लेखाजोखा त अब नेपाली समाज आफैले नै गर्न सक्छ । प्रधानमंत्री भएपछि नेपालको पहिचानको रुपमा स्थापित राष्ट्रिय पोसाक हटाए । विक्रम संवत् हटाएर इस्वी संवतलाई लागू गर्न खोजे । नेपाली इसाईहरुलाई आर्थिक सहायता वितरण गराएर ब्रम्हलुट मच्चाए । ब्वाँसाको दाँत झरे पनि उसले गाई–भैसीलाई कन्याउँदै आन्द्रा चुडाएर खाने प्रवृत्ति छोड्दैन भनेझैं बाबुराम भट्टराई पनि त्यस्तै हुन् । पश्चिमी शक्तिले ‘तराईलाई’ केन्द्रित गरी बहुराष्ट्रियताको अवधारणा अगाडि बढाए । उपेन्द्र यादव, बाबुराम भट्टराईहरू मधेसीमाथि भेदभावको कुरा गरी गरिब आदिवासी मधेसीहरू गरिबी र अभावमा पेलिएका छन् ।
माओवादीका नेताहरु जसरी विदेशी इसारामा विखण्डनकारी बाटो हिँडेको छ तर माओवादीको काल भनेको यही पहिचानसहितको जातीय स्वायत्तताको कुरा हुनेछ । विदेशी गुप्तचर अखडाहरुले अहिले जसरी प्रयोग गरिरहेका छन् त्यसरी नै भोलि उसैले भौडीमा हाल्नेछ । राज्यसत्तामा बाटो बिराएर कसैले हिँड्नु हुन्नथ्यो । चौरमा चरिरहेको साँडेलाई कसैले हिर्काउँदैन । तर बाली नष्ट गर्ने साँडेलाई जसले पनि पिटेर धपाउनु पर्छ । यो नियम हो । देश लुट्ने लुटाहाहरु पनि फस्छन् फस्छन् ।
राष्ट्रलाई निकास दिने हो भने सबैको सहमतिमा राम्रो शासनको लागि कडा अनुशासनको नीति अवलम्वन गर्ने गरेर यिनीहरुले राजतन्त्रसहितको संसदीय प्रजातन्त्रलाई जीवन्त राख्न २०४७ सालको संविधानका अपरिवर्तनीय बुँदाहरुलाई आधार बनाएर राष्ट्रलाई हिँडाउन चाहेमा त्यो नै यो देशको कल्याणको बाटो हुनेछ । देश सबैको साझा हो । विश्वका देशहरुमध्ये युगयुगदेखि सार्वभौम अस्तित्व बचाई आएको यो देशको सार्वभौम अस्तित्व र पहिचान बचाउन सबैपक्षको चेतना खुलोस् ।
 नेपालमा राजनीतिक मुखुण्डो लगाएका ठगहरुको बिगबिगी छ । हरेकले आफूहरुलाई सर्वशक्तिमान् ठानेर जनता भड्काएर खानेदाउ गरेका छन् । यिनीहरुलाई जनताले चिनेर आफैं कारवाही गर्नेछन् । ठगहरुको सँधै ढाँटेर खान सक्तैनन् । यी अत्याचारको विरुद्ध भोलि एउटा जंगबहादुर निक्लेला, अथवा एउटा अवतारको जन्म होला । विदेशीको आडमा सत्ताबाटै नेपालको अधोगति गराउनमा माओवादीले पनि आफूलाई उचित ठानेको छ । विभिन्न जातिलाई एउटै नेपाली जातिमा परिणत गराउनुपर्नेमा जातीय साम्प्रदायिक जञ्जालमा माओवादीहरु फसिसकेको छन् ।
जर्मन, इटाली, जापान, फ्रान्स, अमेरिका लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका बेला विक्रम संवत् १८२५ मा पृथ्वीनारायण शाहको नेतृत्वमा यो क्षेत्रका ५४ भन्दा स–साना हिन्दुराज्यहरुलाई एकीकृत गरेर उसबेलादेखि विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित भएको हो । 
विश्वका देशहरुमा ९९ राष्ट्रहरु इसाई छन् । अमेरिका धर्मनिरपेक्ष भनेता पनि त्यहाँको सर्वोच्च अदालतले अमेरिकालाई क्रिस्चियन राष्ट्र भनेको छ । अमेरिकी राष्ट्रपनि बाइबल समातेर सपथग्रहण गर्छन् । यसउसले १०० भन्दा बढी क्रिस्चियन राष्टहरु छन् भने अन्य कतिपय राष्ट्रहरुले क्रिस्चियन राष्ट्र नभनेता पनि क्रिस्चियन समर्थक छन् । मुस्लिम राष्ट्रहरु ४९, बौद्ध राष्ट्र १२ छन्, एक इहुदी राष्ट्र छ भने विश्वको एकमात्र हिन्दुअधिराज्य नेपालको अस्तित्व समाप्त गर्नु पर्ने ? अतः नेपाल देवभूमि, पूण्यभूमि, तथा हिन्दु– बौद्ध स्थल भएकालले नेपालको स्थायी मान्यता, एकता, पहिचान, संवैधानिक राजसंस्था र विश्वको एक मात्र हिन्दू अधिराज्य रहिरहनु पर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper