banner
banner

रेल आयो, हरायो

काठमाडौं । भित्रभित्र २० करोडको हेराफेरि भएको भनिएको रेलको इन्जिन आएको लामो समय भइसक्यो, त्यो इन्जिन किन चल्दैन भनेर सोधेको छ, रेल विभाग भन्छ– रेल चलाउन कर्मचारीको बन्देबस्त हुँदैछ रे ।
आगलागि भएपछि इनार खन्ने भनिएको प्रसङ्ग र नेपालले रेल चलाउने कथा उस्तै उस्तै देखिएको छ ।
रेल ल्याएर कर्मचारीको खोज प्रक्रिया पो सुुरु भएको रहेछ । यसैवीच भारतले ८० जना भारतीय अनुभवी कर्मचारी राख्न सुझाव दिएपछि नेपालको रेल भारतीयले चलाउन भएको अर्को खबर छ ।
रेल ल्याउने भएपछि नेपाली कर्मचारीलाई भर्ना गरेर तालिम दिएको भए आइसकेको रेल खिया लागेर त बस्ने थिएन । नयाँ दुलहीलाई कहिलेसम्म घुम्टो ओढाएर ठण्डी ख्वाइरहने हो, ओली सरकारको दक्षता देखियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper