banner
banner

बलात्कारीलाई मृत्युदण्ड कि लिङ्ग छेदन

गोविन्दप्रसाद पौडेल--
काठमाडौं । भारतमा निर्भयाका बलात्कारीलाई मृत्युदण्ड दिइयो । अमेरिका र चीनमा पनि मृत्यदण्ड दिने गरिएको छ । हालै बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिन मन्त्रिपरिषदले प्रस्ताव पास गरेको छ ।
नेपालमा बलात्कार र हत्या बढ्दै गएको छ । मृत्युदण्डको माँग भइरहेको छ कतिपय महिला बलात्कारीको लिङ् काट्ने माँग पनि गरिरहेका छन् ।
यसैवीच मानवाधिकारवादी र समाजशास्त्रीहरु मृत्युदण्ड दिएर नै बलात्कार कम नहुने तर्क गरिरहेका छन् । कानुनको कमी होइन, दण्ड सजाय दिन असफल भएर बलात्कारका घटना बढेको उनीहरुको तर्क रहेको छ ।
बंगलादेशमा गतहप्ताको सोमवार प्रधानमन्त्री शेख हसिनाले बलात्कारलिार्य मृत्युदण्ड नै दिनुपर्ने प्रस्ताव पास गरेपछि नेपालमा त्यसको असर देखिएको छ । नेपालमा राष्ट्रपति महिला छिन्, यसअघि प्रधानन्यायाधीश र सभामुख पनि महिला थिए । तर उनीहरु कोही पनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर बोलेका छैनन्, कडा दण्ड छिटो छरितो दिनुपर्ने विषयमा पनि मौन रहेका छन् ।
सरकारले महिला नपाएर हो कि के हो महिला मन्त्रीमा पुरुषलाई नियुक्त गर्दै आएको छ । हुन त कानुन मन्त्री महिला छिन्, उनले पनि बलात्कारीलाई कडा दण्ड र छिटो छरितो पीडितलाई न्याय दिनुपर्छ भनेर पहल गरेको देखिदैन । आखिर बलात्कारीलाई बचाउन किन मौनता साधिएको छ, नबुझिने प्रश्न हो ।
दुधे बालिकादेखि नावालक र ९० वर्षसम्मका बृद्धाहरुसमेत बलात्कृत भइरहेका छन् । बलात्कारको महामारी व्यापक बन्दै गएको छ । यो कोरोनाभन्दा डरलाग्दो महामारी पनि हो । यति डरलाग्दो महामारीका विषयमा जनप्रतिनिधि, लोकसरकार र अधिकारकर्मीले कडा कानुनी कारवाहीको लागि व्यवस्था मिलाएका छैनन् । अहिले पनि बलात्कारीलाई बचाउन पञ्चायत बस्ने र मिलापत्र गर्ने परम्परा चलिरहेको छ । यो सबै पार्टीका कार्यकर्ता बचाउने चलखेलमात्र हुन् । यसबाट बलात्कारका घटना दिनदिनै बढ्दै गइरहेका छन् । केही बलात्कारीलाई मृत्युदण्ड दिएको भए कानुनप्रति जनविश्वास बढ्थ्यो, बलात्कारीहरु हतात्साही हुनेथिए र बलात्कृतहरुले बोल्नुपर्छ न्यायका लागि भन्ने चेतना फैलने थियो ।
बंगलादेशमा मृत्युदण्ड र कानुनमन्त्रीको राजीनामा माँगिएपछि मृत्युदण्डको फैसला भएको नेपाली समाजले बुझ्नुपर्छ । बिना दबाब बलात्कारीलाई कारवाही गर्न सरकार नचाहने रहेछ । जनताले दबाब दिएपछि सरकार झुक्छ, जनअपेक्षाको कदर गर्छ भन्ने बुझेर सडक दबाब बढाउनुपर्ने आवश्यकता छ ।
नेपालमा जे जति बलात्कारका घटना सार्वजनिक भएका छन्, ती डरलाग्दा छन् र बलात्कारीलाई कारवाही नहुनुले झन डरलाग्दो अवस्था देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper