banner
banner

सबै भ्रष्टाचारी, भ्रष्टाचारका मतियार

शाश्वत शर्मा---
त्यसो त जसपाका बरिष्ठ नेता डा.बाबुराम भट्टराई कुटिल छविमात्रै होइन कि बानी व्यहोरा पनि त्यत्तिकै कुटिल भएको नेताका रुपमा चिनिन्छन् । जुनसुकै राजनीतिक दलमा आवद्ध भए पनि त्यहाँ भाँडभैलो मच्चाउने नेताहरुमध्ये भट्टराईले गत साता फेरि एकपटक बिस्फोट गरेका छन् । हिजो माओवादीमा रहँदा मुख्य डिजाइनरमध्येका डा. भट्टराईले गतसाता आफ्नो गृहजिल्ला गोरखाको पालुङटार नगरमा आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान प्रधानमन्त्री र दुई भूपू प्रधानमन्त्रीले मिलेर ९ अर्व जत्तिको भ्रष्टाचरा गरेको प्रमाण मसँग छ भनिदिए । खासगरी आफ्नी श्रीमती हिसिला यमिलाई बिरोधीले भ्रष्टाचारी भन्ने गरेकोमा रुष्ठ भएका उनले यमि इन्जिनियर रहेको र उनले भ्रष्टाचार गरेर खानु नपरेको भनी सफाइसमेत दिन खोजेको सुनियो । डा.भट्टराईका अनुसार आफू प्रधानमन्त्ती भएकै बेलामा सुरु गरिएको बुढी गण्डकी आयोजनामा वर्तमान प्रम ओली र शेरबहादुर देउवा तथा प्रचण्डले ९ अर्व बाँडेर खाएका छन् । जसको प्रमाण मसँग छ भनेर रहस्य खोलेका हुन् । सबैले सुने, सबै चुपचाप छन् ।
अव भ्रष्टाचार सम्बन्धि कारवाह िगर्न बसेका सरकारी निकयाहरुलाई अरु के चाहियो ? भूपू प्रधानमन्त्रीले प्रमाण छ भनेपछि उजुरी हाल्नेले हालुन्, नहालुन्, भ्रष्टाचारमा छानबिन त गर्नुप¥यो । अर्थमन्त्री, प्रधानमन्त्री भइसकेका, सांसद र विपक्षी दलका नेताले बोलेको दावीमा पनि कारवाही नगर्ने हो भने त्यस्ता निकाय किन चाहियो ? अरु केही नभए पनि लडाकालाई वितरण गर्न लगिएको रकम हिनामिना काण्डमा त पर्छन् पर्छन् तर पनि कारवाहीको छाँट देखिन्न । बुढी गण्डकी बाहेक एनसेल, करछुट काण्ड, वाइडबडी जहाज खरिद घाटालादेखि ३३ किलो सुनकाण्डमा समेत डा. भट्टराईले डामेका नेताजीहरु भ्रष्टाचारमा पर्नुहुन्छ । अव पछिल्लो चरणको आम्नी, स्वास्थ्यसामग्री खरिददेखि ९० करोडको रेलवेको इन्जिन, ७० करोड काण्डको छुट्टै फेहरिस्त तैयार हुनसक्छ ।
भ्रष्टाचार गर्नकै लागि गणतन्त्र घोषणा भएको हो र छानबिन गर्ने हो भने सिंहदरवारदेखि गाउँपालिकासम्मका नेताजीहरु जेलमा जाकिनेछन् । सुरुआत कहाँबाट, कसले गर्ने ? उपल्लो तहका नेताले प्रमाण छ भन्दा पनि छानबिन नगर्ने ? यसो हो भने फुटपाथे र भूपू प्रधानमन्त्रीमा भिन्नता नै के रह्यो र ? नेपाली पनि गजबका छन् । ज्ञानेन्द्रले दाजुको बंश बिनास गरेभन्ने हावादारी हल्ला पत्याउँछन् । डा.बाबुरामले देउवा र प्रचण्ड, ओलीले भ्रष्टाचार गरेको प्रमाण मसँग छ भन्दा खोई प्रमाण भन्न सक्दैनन् । खोज्दैनन् ।
अझ कतिपय त बाबुरामले भाग नपाएर कराएको पनि भन्छन् । यो कस्तो मुलुक हो ? कस्ता जनता हुन् ? अन्य मुलुकमा यस्ता कुरा उठेको भए सरकार नै फेरिने थियो । भ्रष्टहरुलाई घोक्रेठ्याक लगाउने थिए । नेपालमा ? अचम्म छ । वामदेव गौतमको मुद्दाको पेशी कहिले स¥यो, त्यसमा चासो छ । डा.गाविन्द केसीको माँग के भो ? त्यसमा उत्सुकता छ । मुलुक नै खोक्रो पार्ने, माफियातन्त्र चलाउनेमाथि कारवाही गर्न जनतालाई चासो नै छैन । भ्रष्टाचारको व्यापक बिरोध हुन्छ कहाँ, भट्टीमा । काम गर्नुपर्ने कार्यालयमा गफ हुन्छ, भ्रष्टाचार हल्लामा सकिन्छ । डा. भट्टराईलाई तिम्रै कार्यकालमा भएका भ्रष्टाचारमा किन नबोलेको भनेर पनि कोही सोध्दैनन् । यति गम्भीर आरोप जनताका लागि हलुका छ । निरर्थक छ । प्रमाण छ भन्ने भूपू प्रधानमन्त्री, आरोप लाग्नेहरु ओली, प्रचण्ड र देउवा । किन छानबिन हुँदैन ? किन आरोपितले बाबुरामसँग प्रमाण देखा भन्न सक्दैनन् । नियमन र नियन्त्रण निकाय सक्रिय भए शायदै कोही बच्लान् ?
सिंहदरवारमा सरकार छ, नियुक्ती सरुवा बढुवाको लेनदेन बालुवाटार, खुमलटार, बुढानिलकण्ठतिर हुन्छ । गजबको राजनीतिक सहमति र सहकार्य छ सत्ता र विपक्षीको । खाने खाइरहेछन्, कराउने कराइरहेछन् । बलीका बोका सहायक, खरदार, सुब्बा भइरहेछन् । ललिता निवास जग्गा प्रकरणमा ३२ करोड धरौटी माँगदावी गरेर पेश गरिएका आरोपितहरु दुईलाख धरौटीमा छुट्छन् । कतिपय अदालत नै जाँदैनन् । कतिलाई मुद्दा नै चलाइन्न । पार्टी महासचिव विष्णु पौडेलले त जग्गा फिर्ता गर्छु भनेर माफी नै पाए । यस्ता विषयमा नेपाली जनता चुँइक्क बोल्दैनन् । कोही आमनागरिक, सच्चा व्यक्ति समेत बोलेर केही हुन्न, यी निरंकूशका सामु भनेर निराश हुनथालेको देखिदैछ । खतरा भो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper