banner
banner

राजसंस्था ः ११ पुस्ता ३ नायक

स्वयम्भुनाथ कार्की- -
मध्ययुगतिर राजको कर्तव्य राज्यको सुव्यबस्था त छदै थियो तर राज्य विस्तारको कामलाई राजाको सबैभन्दा महत्वपुर्ण काम मानिन्थ्यो । रोमन सम्राट आलेकज्याण्डर हुन वा सम्राट अशोक परापुर्वकलदेखि अहिलेसम्म जुनसुकै रुपमा भए पनि नाम लिइने व्यक्तित्वहरु हुन । उन्नाइसौ शताव्दिको मध्यसम्मको सिमा विस्तारको यो रक्तरंजित कार्यलाई आजको युगमा गौरवमय मानिदैन । ईश्वी संवत १८४५ मा दाश्रो विश्वयुद्ध पछि युद्धलाई मानवता विरोधि कार्य मानिने गर्दछ । त्यसपछि भएका र हुँदै रहेका युद्धहरु कुनैलाई पनि सभ्य मानव समाजले गौरव हैन अभिशापको रुपमा लिन्छ । तर मध्ययुगमा युद्धलाई गौरवको रुपमा लिने गरेको भेटिन्छ । प्रारम्भमा यो कुरा उल्लेख हुन आवश्यक थियो । इतिहासका कुनै घटनालाई वर्तमानको कसीमा परख गर्न मिल्दैन । आजको समयमा गौरव गरिएका कति कामहरु भविष्यले अपराधको श्रेणीमा पनि राख्न सक्छ । समाजले विगतबाट सिकेर वर्तमानमा काम गर्ने हो । जत्तिकै भविष्य द्रष्टा भए भन्ने दावी गरिए पनि त्यो संभव कुरा हैन ।
झण्डै झण्डै अढाइ शताव्दीको उमेर भएछ अधुनिक नेपालको । बिस बर्षे ठिटोले जुनसुकै आशयले बाईसी चौबिसी राज्यमा विजय गर्ने अभिलाषाले काम गरेको भए पनि परिणाम आजको नेपाल हो । यो नेपालको अस्तित्व नेपाली सबैलाई स्विकार्य मात्र हैन पुज्य पनि छ । बाह्र हजार घरधुरी भएको सानो राज्य, साधन श्रोतको अरु छिमेकी राज्य भन्दा उल्लेख्यरुपमा कमी भएको राज्यको राजगद्धिमा बसेका बिस बर्षे लोर्के पृथ्वीनारायण शाहसंग एउटै कुरा मात्र थियो त्यो हो अदभ्य इच्छा शक्ति । त्यहि ईच्छाशक्तिको बलमा उनले आफु भन्दा ठुला राज्यहरुलाई गाभेर आधुनिक नेपालको सपना साकार पारे । एक निमेष पनि खेर नफालेर आङ्खना असफलताबाट पाठ लिदै निरन्तर प्रयत्नशिल नभएको भए आजको नेपाल संभवत संभव नै थिएन । उनले बेलाबेलामा हारे, धेरै गुमाए तर पनि प्रयत्न भने छोडेनन । केवल एक कुरा मात्र कहिल्यै हारेनन, त्यो हो हिम्मत । केवल एक कुरा मात्र कहिल्यै गुमाएनन, त्यो हो ईच्छाशक्ति । 
गोर्खाको सानो भुभागको राज्यको सट्टा नेपालको राजगद्धि पाएका प्रताप सिंह शाह चौविस बर्षको उमेरमा नेपालको सिंहासनमा बसे । उनको साथमा बाबुको भन्दा कयौ गुणा धेरै साधन र श्रोत थियो । पृथ्वीनारायण शाहले आफ्ना बाबुबाट पाएको भन्दा धेरै आङ्खना छोरालाई छोडेर गएका थिए । प्रताप सिंह शाहले सबै भौतिक वस्तु त प्राप्त गरे तर ईच्छाशक्ति भने लिन सकेनन । यो उनका भाई बहादुर शाहको भागमा लाग्यो । बाबुको ईच्छाशक्ति र अदम्य सहास पाएका भाईबाट उनले सहयोग लिन सकेनन बरु उनलाई भाईबाट डर भयो । बहादुर शाहले दाजु र त्यसपछि भाउजुको शंकालु दृष्टिले खप्नु परेको पिडाले हरेश खाएनन् । दुई बर्षे भतिजाको गद्धिलाई माहाभारतमा भिष्मले हस्तिनापुरको गद्धिको भैm रक्षा गरे । साथमा बाबुको अधुरो रहेको सपना नेपालको निर्माणमा पनि लागे । तर नेपालका राजवंशमा दशाले प्रवेश पाई सकेको थियो । त्यो दशालाई उनले जित्न सकेनन । एक अनजान पात्रको रुपमा उनको आवशान भयो । तै पनि उनी शाह वंशका नायक नै हुन ।
यस पछि बढेको दरवारियाको प्रभाव अनि दरवारको वेलावेलामा प्रकट भएको निरिहतापनले मुलुक आक्रान्त बन्यो । पुर्ननिमाण गरेर मुलुकको उन्नति गनु पर्ने मुल्यवान समय पाण्डे र थापा खलकको कलहमा खर्च हुनथाल्यो । संयोगले पनि यस्तै ग¥यो कि नेपालको राजगद्धिमा तीन दुधमुखे शिशु लगातार बस्नुप¥यो । तोतेवोली बोल्ने राजाहरुको नामबाट लगातार कहिले यो खलक त कहिले त्यो खलकले हालीमुहाली चलाउदै आए । राजमातालाई प्रभावमा जसले लिन सक्यो त्यो शक्तिशाली र अर्काको सर्वश्वहरण निरन्तरता भै रहेको नेपालमा जंगबहादुर राणाले कार्यकारी महाराजको पद पड्काउन पाए । उत्तराधिकार भाइमा नसारेर छोरामा सारेका भए संभवत नेपालले प्रगति पनि गर्न सक्थ्यो कि भन्ने झिनो मत पनि सुनिने गर्दछ । तर जे भएन त्यो ठिक वा बेठिक के हुने थियो भन्ने कुराको कुनै महत्व छैन ।
सुरेन्द्रवीर विक्रम शाह उमेर पुगेर राजा भएका भए पनि जगवहादुरको अति प्रभावमा थिए । बरु उनले त जंगवहादुरसंग नाता नै कायम गरे । त्यस पछिको संयोग पनि अचम्मको नै भयो लगातार दुई पिढि शिशु राजा नेपालले पायो । यसरी एधार पिढीमा पााच पिढी त नेपाल भागमा शिशु राजा नै परे । एक बाबु भन्दा पहिले मरे । राणबाट आक्रान्त भएका जनताले त्रिभुवनबाट आशा राखे । राजा हुनु सजाय सरह भएको अबस्थामा त्रिभुवनले जनताको साथको उपयोग गरेर राणा शासनबाट मुलुकलाई मुक्त गरे । तै पनि त्यसपछि शुरु भएको राजनीति दलको खिचातानीलाई उनले झेल्न सकेनन । राणाशासन भन्दा पहिलेको पाण्डे र थापा खलकको कलह दलहरुको र दलभित्रको कलहमा रुपान्तरण भयो । राणशासनबाट मुक्त भएको नेपालले उन्नति तर्पm पाईला बढाउनको साटो झन दलगत कलहको भूमरीमा अमूल्य समय खेर फाल्न मै बिताउनु प¥यो ।
जनता नै शक्तिका श्रोत हुन भन्ने कुरा पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए । बहादुर शाहले पनि बुझेका थिए । त्यसपछि महेन्द्रवीरविक्रम शाहले पनि बुझे । राजनैतिक दलहरुले शक्ति प्राप्त गर्ने श्रोत जनतालाई आङ्खनो पनि शक्तिश्रोत महेन्द्रले बनाए । उनमा ईच्छाशक्ति थियो, गर्ने साहस थियो अनि जनतामा जाने कार्यनीति थियो र नै संसदमा तेत्रो बहुमत भएको सरकारलाई अपदस्थ गरेर शासन संचालन गर्न सके । छिमेकमा भएका जवाहरलाल नेहरुले महेन्द्रको यो कदम रुचाएनन तै पनि जनताको शक्तिको भरले छिमेकको यो अरुचीलाई मथ्थर गरे । यदी कसैले सेनाको बलमा टिकेको भनेर भन्छ भने बुझे हुन्छ नेहरुको अरुचीसंग नेपालको सेनाले लड्न सक्ने थिएन । माओत्सेतुङ र नेहरुले नेतृत्व गरेको चीन र भारतको बीचमा रहेको नेपाललाई सैनिक शक्तिले होइन कौशल र आङ्खना जनताको बलले मात्र विश्व सामु उभ्याउन सकिने थियो । अब के नेपालले अर्को नायक पाउला त ? यो प्रश्न अहिलेलाई अनुत्तरित नै छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper