banner
banner

जनता भोकै छन्, १० करोडको तक्मा

 काठमाडौं । संविधान दिवसको खुशीयालीमा १० करोडको तक्मा बाँडियो । सामाजिक सञ्जाल भरिएका छन्– डा.सन्दुक रुइत, बुद्धिनारायण श्रेष्ठलगायतका एकाध व्यक्तिलाई बाहेक तक्मा, गुनलाउने र गणगान गाउने भजनेहरुलाई दिइयो ।   शास्त्र भन्छ– जहाँ अपूज्य व्यक्ति पुजिन्छन् र पूज्य व्यक्तिहरुको चाहिँ अपमान हुन्छ, त्यहाँ अनिकाल, मृत्यु र डर यी तीन कुरा उत्पन्न हुन्छन् । शासक विवेकी नभए राज्यमा धेरै गडबडी हुन्छ । तक्माले निरंकूशता बढेर गएको भय उत्पन्न गराइदिएको छ ।
खाजा खाँदा खाजाको पैसा तिर्न दिएको हजारको नोटलाई घूस खायो भनेर फसाइएका खरिदार रामहरि सुवेदीले भ्रष्टाचारको आरोप सहन गर्न नसकेर आत्महत्या नै गरे । तर १ अर्वको आयल निगमको जग्गा खरिद काण्ड, ३४ अर्वको रेलसेवा अध्ययन, ललिता निवासको जग्गा भ्रष्टाचार काण्डको फाइल र वाइडबडीको ४ अर्व ३५ करोडको भ्रष्टाचारमा आँखा चिम्लिएबापत पूर्व अख्तियार प्रमुख नवीन घिमिरेलाई जनसेवा श्री तक्मा दिने सरकारले कुलमान घिसिङ, कोभिड अस्पतालका प्रमुखलाई समेत बिर्सियो । यसपालीको तक्मा बितरणमा पनि भजन र किर्तनले नै बढी काम गरेको प्रष्ट भयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper