banner
banner

वामदेवले गर्नेचाहिं के ?

नेकपाको स्थायी समितिले सिफारिस गरे अनुसार सरकारले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरेको छ । मनोनित हुने नहुने अनेक आशंकाका वीच सोमवार मन्त्रिपरिषदले सिफारिस गरेको हो । अव अझ प्रष्ट भयो कि चुनाव जित्नेलाई संघीय संसद, प्रदेश सरकार, हार्नेलाई राष्ट्रियसभा ।
वामदेव गौतमले उपप्रधानसहित अर्थमन्त्री हुन्छु भनेर प्रचार गरिसकेका छन् । उनले गर्ने चाहिं के हो ? यसको कुनै विशेषज्ञता वामदेव गौतमसँग छैन । उनी बर्दियाबाट चुनाव हारेका नेकपा नेता हुन् ।

गोरखाबाट चुनाव हारेका नारायणकाजी यस अघि नै मनोनित भइसकेका छन् । तत्काललाई यी दुबै मन्त्री हुने र संविधान संशोधन गरेर वामदेवलाई प्रधानमन्त्री बनाउने चर्चा पनि छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper