banner
banner

दुर्लभ वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ

काठमाडौं, २०७७ भदौ २७ गते
काठमाडौं महानगरपालिका-१४ कंलकीबाट अन्दाजी ७ सय ग्राम तौल तथा अन्दाजी १२ ईन्च लम्बाई भएको पहेलो रंगको दुर्लभ वन्यजन्तु कछुबा सहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका-२ घर भएका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोट गढी नगरपालिका-५ घर भएका १८ वर्षीय किशोर, काभ्रे नमोबुद्ध नगरपालिका-८ घर भएका २७ वर्षीय सन्तोष रम्तेल, रौतहट च.पुर नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर र नुवाकोट बेलकोट गढी नगरपालिका-५ घर भएका १९ वर्षीय प्रमोद बास्कोटा रहेका छन् ।
चितवनबाट अन्दाजी ३५ लाख रुपैयाँमा किनबेच गर्न भनि लिएर आएको उक्त कछुबा सहित महानगरीय प्रहरी वृत्त कालिमाटी, महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबि कालिमाटी र पिसिसिबि स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।
@nepal police

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper