banner
banner

वामदेव गौतम फेरि थच्चिए

काठमाडौं । अर्थ वा गृहमन्त्री हुन्छु भनेर आफूले गर्ने खाकाबारे हल्ला गर्न थालेका वामदेव गौतम फेरि थच्चिएका छन् ।
प्रधानमन्त्रीले अहिले मन्त्रिपरिषद हेरफेर हुन्न, काम गर्नोस् भनेर मन्त्रीहरुलाई आदेश दिएका छन् भने अर्थमन्त्रालय आफैले लिएर खुस्किएका युवराज खतिवडालाई छायाँ अर्थमन्त्रीका रुपमा काम गराइरहेका छन् । यो देखेर वामदेव गौतम अव के गर्लान् ? नेकपाभित्रै चर्चा बढी छ ।
वामदेवसँग अव नैतिकता सकियो, कहिल्यै चुनाव पनि जित्दैनन् । वामदेवलाई मन्त्री बनाउनु भनेको ओलीले आफ्नै 
घुँडामा बन्चरो हान्नु सरकार हो भन्ने बुझेर नै ओलीले अहिले खामोस् खाएका हुन् । प्रम ओलीलाई थाहा छ– वामदेवलाई मन्त्री बनाउनु भनेको अटेरीलाई साथमा राख्नु । त्यसमाथि माधव र प्रचण्डसँग मिलेर उनले काट्ने भनेको ओलीकै पखेटा हो । यही भएर ओलीले वामदेवलाई सांसद बनाएर संसारको नजरमा गिराइदिएका छन् । तर वामदेव गौतम निकै उत्साहित छन् र उनी मन्त्री बन्न हतारिएका देखिन्छन् । यता मन्त्रिपरिषद पुनर्गठनमा प्रचण्डकी बुहारी बिना मगरको मन्त्री धरापमा पर्ने भएकाले प्रचण्डले ओलीलाई दिनुपर्ने जति दबाब दिन नसकेको बताइन्छ ।
मन्त्री बन्न नपाए केही दिनमै वामदेव गौतमले अर्को उधुम निकाल्ने पक्का छ । नेकपाभित्रको घर झगडा शान्त भयो भन्ठान्नु गलत हुनेछ, साँच्चैको भूकम्प त जानै बाँकी छ भन्छन् विश्लेषकहरु । नेकपा पार्टी अझै फुटकै खड्गोमा देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper