banner
banner

लुट्नै झलनाथ स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं । झलनाथ खनाल स्वास्थ्यकर्मी होइनन् । उनले स्वास्थ्यक्षेत्रमा ठूलो योगदान गरेको अथवा स्वास्थ्य समस्या उठाएको रेकर्ड पनि छैन ।
एकाएक चर्चामा आयो– विषालु सर्प पालनका लागि सरकारले उनलाई १ अर्ब ३२ करोड अनुदान दिने भएछ ।
‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सुनिएको नाम होइन । यसैलाई 
सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्नका लागि यो रकम दिएको हो । प्रचारमा के छ भने यो प्रतिष्ठानले सर्प पालन गरेर एन्टी भेनम उत्पादन परियोजना सञ्चालन गर्नेछ ।
यो रकम लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारले दिनेछन् । नेकपाकै नेता भन्छन्– झलनाथ खनाललाई प्रम ओली कित्तामा राख्नकै लागि यो रकम निकासा दिएको हो । नेकपाभित्रको राजनीतिक चलखेल पनि अव जनताको करको रकमबाट हुनथालेको छ । झलनाथ खनालले राष्ट्रपति हुने सपना बोकेर प्रचण्ड माधव कित्तामा लागेको चर्चा थियो, प्रचण्डले ओलीसँग सहमति गरेपछि झलनाथ खनालको सपना चकनाचुर भए पनि सर्प पाल्ने उद्देश्य लिएको देखिन्छ । सर्प पाल्नै परे स्थापित ठूला अस्पतालले पाले हुन्थ्यो, झलनाथ खनाल नै किन लागे, अर्थपूर्ण छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper