banner
banner

पूर्व प्रधानसेनापतिको खबरदारी

काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल देशमा अकल्पनीय अवस्था आउन लाग्यो भनेर फिरी लगाइरहेछन्, राजनीतिक दलहरु असफल भए भनेर चर्को आलोचना गरिरहेका छन् । यो जनतालाई जागरुक बनाउको हो कि नेपाली सेनालाई तताएको हो ? पूर्व प्रधानसेनापतिको चर्चा चुलीमा छ ।
उहाँको दावी छ– ‘नेपाली लोकतन्त्र र संस्थाहरू विघटित भइरहेका छन् । आम मानिसका जीवन संकटग्रस्त छ । जनताको सहनशीलताले सीमा नाघेमा बाह्य शक्तिहरूका लागि बाटो खोलिदिएर देशमा अकल्पनीय अवस्था निम्त्याउन सक्छ । होशियार ।’अव जनताको धैर्यको बाँध टुट्ने अवस्था आइसक्यो । भ्रष्टाचारले सीमा नाघ्यो । आममानिसको जीवन कष्टकर र संकटग्रस्त हुँदै गएको छ । देशमा अकल्पनीय अवस्था आउनसक्छ । झट्ट सुन्दा सरकारलाई चेतावनी पनि हो, जनतालाई जागरुक पारेको पनि हो । बास्तवमा देशको स्थिति भयावह हुँदै गएको छ । तैपनि जनता बिद्रोहमा उठ्न सकेका छैनन् । यसको मूल कारण जान्नेसुन्ने पार्टीमा लागेका छन्, धेरै विदेशीएका छन् र सोझासाझा संगठित नभएर हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper