banner
banner

चीनको मान्यता निजी अस्पताललाई

नेपालका सरकारी अस्पतालको पीसीआर रिपोर्ट चीनले नमान्ने बताएको छ । कारण रहेछ– परीक्षण गरेको धेरै दिनपछि रिपोर्ट दिनु । सरकारी अस्पतालले स्वाव संकलन गरेको १० दिनपछिमात्र नेगेटिभ पोजेटिभको रिपोर्ट दिने समाचार सार्वजनिक भएपछि चिनियाँ दूतावासले ट्राभल एडभाइजरी जारी गरेको देखिन्छ ।
चीनले हवाईमार्गबाट उसको मुलुक जान चाहने यात्रुले तोकिएको ३ अस्पतालको पीसीआर रिपोर्ट साथमा लानुपर्ने आदेश दिएको छ । चिनियाँ दूतावासले तोकेका अस्पतालहरुमा ललितपुरको सानेपास्थित स्टार हस्पिटल, सिनमंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पताल हुन् । यी अस्पतालले २४ घण्टाभत्र रिपोर्ट दिनसक्ने क्षमतामा स्वाव टेस्ट गर्ने विधि अपनाएका छन् ।
चीन उड्नु अघिको ७२ घण्टाभित्रको यी तीन अस्पतालले दिएको पीसीआर रिपोर्टलाई मान्यता दिएरमात्र उडान अनुमति दिने चिनियाँ दूतावासले सबैको जानकारीको सूचना निकालेको छ । यस्बाट प्रष्ट हुन्छ, सरकारी अस्पतालका रिपोटृ भरपर्दा पनि नहुने रहेछन् । डा.मिङमार शेर्पाले पनि यस्तै सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । सरकारी अस्पताललाई भयो के ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper