banner
banner

विप्लवको चकमा

काठमाडौं । ओली सरकार यस्तो बिपतको बेलामा पनि बिप्लवकै पछि दगुरिरहेको छ । आमनागरिकलाई कोरोना भाइरसबाट कसरी बचाउने भन्ने मूल कर्तव्य छाडेर विप्लवका नेता, कार्यकर्तालाई पक्राउ गर्न पाए सगरमाथा विजय हुन्थ्यो भनेजस्तो गरी सरकार विप्लवका पछाड लाग्नु सबैभन्दा ठूलो दुर्भाग्य हो । फेरि अदालतले जिल्ला बारको रोहबरमा विप्लव समूहका उमा भुजेल र सुमन सिंह पौडेललाई छाड्ने आदेश दियो, ढोकामा १३औं पटक पक्राउ गर्न प्रहरी तैनाथ थिए, यी दुबैजना मूलढोकातिर नगई भित्री ढोकाबाट भाग्न सफल भएका छन् । यो आइतवार सप्तरीको घटना हो ।
उमा भुजेल जनयुद्धकालमा गोरखा जेल ब्रेकर हुन् । यी दुवैलाई पुनः पक्राउ गर्न प्रहरी धुइँपत्ताल खोजिरहेको छ । अस्थिरता र बाढीपहिरो तथा कोरोनाको महामारीका वीच सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा विप्लव समूहलाई प्रताडित गर्न सरकार लाग्नु अचम्म हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper