banner
banner

जोगीलाई गोली हानियो, कोही बोलेनन्

गोविन्दप्रसाद पौडेल----
काठमाडौं । सुख्खा रोटी र नून खान लागेका जोगीलाई गोली हानेर मारियो । देशमा १३२ पार्टी छन्, सर्वहारादेखि समाजवादी पार्टीहरु छन्, सबै जनताका लागि राजनीति गर्ने बताउँछन्, तर जोगी मारिदा कोही बोल्दैनन् । किन ?
नेतालाई पैसा आउनुपर्छ, पार्टीले चन्दा पाउनुपर्छ, समाजसेवी र नागरिक समाजलाई फाइदा हुनुपर्छ, मानवाधिकार आयोगलाई बोल्दा लाभ कि हानी भन्ने हुनेरहेछ, शायद त्यही कारण मिडियाले समेत कम बोले र यी जोगी मारिदा कसैले आँसु बगाएनन् ।
सिंहदरवारमामात्र छैन सरकार, सिंहदरवार गाउँमा छ, प्रदेशमा छ, सिंहदरवार जताततै छ, तर बेसहारा नून र सुख्खा रोटी खाने जोगी पनि अपराधीबाट बचेनन्, यो सरकार कसको, यो कानुन कसका लागि, संविधान किन चाहियो ? खासगरी अधिकारकर्मी र नागरिक समाज भनेको तत्व किन मौन ब्रत बसिरहेको छ ?
अन्याय जुनसुकै जातमाथि होस्, लिङ्गमाथि होस्, धर्ममाथि होस्, जहाँ होस्, अन्याय अन्याय नै हुन्छ । जोगीमाथि हानिएको गोली जघन्य अपराध हो । यस्ता अपराधकर्म बढ्नु भनेको लोकतन्त्र असफल भयो, कानुनी राज्य बिफल भयो, निरङ्कूशता बढ्यो, अव कोही पनि सुरक्षित हुन छाडे भन्ने हो ।
आज जोगी मरेकाले सबै चुप होलान् । भोलि यो कालले अरुलाई पनि खानसक्छ, यस्तो गोली अरुलाई पनि लाग्न सक्छ । रगत पिउनेले रगत पिउन खोज्छ, आफूलाई पर्दामात्र बोल्ने हो र ? अन्यायविरुद्ध जहिले बोल्नुपर्ने होइन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper