banner
banner

नेकपाभित्र युद्धबिराम

शाश्वत शर्मा----
अव सरकार फुर्सदमा छ, केही होला कि ? नेपालीलाई अव अलिक राहत होला कि ? अव चैं केपी ओलील नेतृत्वको सरकारले नेपालीका समस्याहरुप्रति ध्यान केन्द्रित गर्ला कि ? कारण, नेकपाभित्रको किचलो समाधानतर्फ उन्मुख छ । सत्तारुढ पार्टीभित्र देखिएको पार्टी बिभाजनसम्मको खतरा तत्कालका लागि टरेको छ । कारण दुई अध्यक्ष ओली र प्रचण्डवीच भएको कुराकानीपछि पार्टीभित्रको विवाद समधान गर्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सम्मिलित कार्यदल गठन गरिएको छ ।
बताइए अनसार यो कार्यदललाई समयसीमा तोकिएको छैन । अझ मान्डेट पनि सुझाइएको छैन । यति हुँदाहुँदै पनिो कार्यदलको काम भनेको अध्यक्षहरुको जिम्मेवारी बाँडफाँड, पार्टी र सरकार सञ्चालनसँग जोडिएका बिधि पद्धतिदेखि महाधिवेशन तैयारी सम्मका लागि प्याकेज प्रस्ताव निर्माण गर्ने भनिएको छ । समाचारअनुसार गत शनिवारदेखि नै कार्यदलले औपचारिक कार्य सुरु गरिसकेको छ ।
त, आजका दिनसम्म नेकपाभित्र मूर्दाशान्ति छाएको छ । एकथरि भन्छन्– चिनियाँ राजदूत हाउ यान्छीले यो पटक आपूm नदेखिकनै नेकपालाई फेरि चोइटिनबाट बचाइदिइन् । अर्काथरि भन्छन्– होइन, अब बल्ल कथा मध्यान्तरमा पुगेको छ । क्लाइमेक्स सीन त अझै देखिन बाँकी नै छ । अन्तर्राष्ट्रिय शक्तिहरुलेखेलेको हुनाले भोलि यो कार्यदल र भएको कार्य नै असफल साबित हुन बेर छैन । त्यसकारण अहिले नै सबै कुरा मिल्यो भन्नुअलि छिटो हुनजान्छ । हुन पनि, मन फाटेका दुई अध्यक्षहरु तत्काल मिलेता पनि माधवकुमार नेपाल, झलनाथ र नारायणकाजीहरुको माँग र समस्या ज्यूँका त्यूँ छन् । झलनाथले त यो कार्यदलको गठन नै बैधानिक नभएको आरोप र आपत्ति जनाइसके । उता पहिलो गर्माएका माधव नेपाल चाहिँ अहिले गण्डा भएका छन् । अनि कार्यँदलको कार्यशैली नै हेरौं न, भन्ने मनस्थितिमा पुगेका छन् । जस्तो कि माथि नै भनियो, यो नेकपाभित्रको व्यक्तिगत, सैद्धान्तिक वा अरु किसिमको द्वन्द्व हुँदै होइन । यो त पार्टिभित्रको विदेशी चलखेलको परिणाम हो । भारत लगायतलाई केपी ओली नहटाइ भएको छैन । एमसीसीको खुलेर समर्थन गरेता पनि प्रम ओलीभन्दा अर्को बिकल्प नदेखेपछि चीनलाई ओली कायम नै राख्नुपरेको छ । नेकपाभित्रको बिबादमा भारतीय पक्षले प्रचण्डलाई साथ दिएको देखेपछि एमसीसीको बिरोध गरिरहेता पनि प्रचण्डबाट चीन झस्किएको छ भनेर अस्तिी एकजना चीन बुझ्नेले आफ्नो विद्वता छाँट्दै थिए । तर अधिक जान्ने बुझ्नेहरुयो नेकपाभित्रको बिबाद चानचुने बिबाद होइन, ठूलै दुर्घटनाउन्मुख छ भन्नेमा विश्वस्त छन् ।
त्यसो त, चार महिनाको लामो मौनतापछि भारतीय स्वतन्त्रता दिसको सन्दर्भमा नेकपलाका प्रम ओली र भारतीय समकक्षी नरेन्द्र मोदीका वीच टेलिफोन सम्वाद भएको छ । यो घटनालाई नेपालमा ओली पक्षधरहरुले ठूलो सफलताको बखान गरिरहेका छन् । त्यसो त यो टेलिफोन सम्वादलाई लिएर ओली पक्षधरहरुे हर्षबढाईँ गरे पनि केही बुज्रुकहरु खाली ७४औं स्वतन्त्रता दिवसको शुभकामनामात्र दिएको, अरु गम्भीर कुरा नभएको हनुसक्नेतिर इंगित गर्छन् । तिनको तिनको मत छ । नेपालको परराष्ट्रले दावी गरेझैं दुईदेशवीच भविष्यमा द्वीपक्षीय मामिलामा अर्थपूर्ण छलफल गर्ने कुरा पनि नभएको हुनसक्छ । व्यक्तिगत रुपमा इगो राख्ने भनी प्रचारित नरेन्द्र मोदीले केपी ओलीको नूर गिराउन, उनको सरकारको पतन गराउन हरेक हतकण्डा अपनाइरहेको प्रष्टै देखिन्छ । सँधै आफ्नो पकेटको प्रधानमनत्रीलाई खेलाइरहेको भारतलाई नेपालको नक्सा सार्वजनिक भएपछि, त्यसमाथि संसदबाटै संशोधन गरेर संविधानमा सामेल गराएपछि ओली पाच्य नहुनु स्वभाविक हो ।
केपी ओली उत्तर ढल्केका होलान्, यथार्थमा उनी दक्षिणतिरकै हुन् । यति भइकन पनि राजनीतिक रुपमा भारतलाई आँखा देखाएर कामकुरा गर्नसक्नुले ओलीको उचाइ घटेको छैन । बस, भ्रष्टाचार र अपराधीहरुलाई काखी च्याप्ने कार्यले भने ओलीप्रति जनविश्वास स्वात्तै घटेको छ ।
अहिले नेकपाभित्र शान्ति छाएलगत्तै अव यो ओली सरकारले कोरोना संक्रमितहरु देखि बाढीपहिरो पीडितसम्मलाई ध्यान दिन्छ कि ? राष्ट्र र जनताप्रति भन्दा आफू र आफ्नो पार्टिप्रति इमान्दार बफादार र सजग यिनीहरु कार्यदल गठनपछि फुर्सदिला जो भएका छन् ।
कतिदिनपछि यो कार्यदलले विभि पद्धति निर्माण गरेर टिपोट बुझाउँछ ? त्यो समयसम्म रोग र प्राकृतिक प्रकोपबाट आक्रान्त जनताप्रति यो ओली सरकारले ध्यान दिने आशा गर्न सकिन्छ । किनकि लोकलज्जा जो छोप्नुछ । पार्टीभित्रको  आपसी तीब्र खिचातानीमा अलमलिएका प्रधानमन्त्री, मन्त्रीदेखि प्रदेश सरकारसम्म केही दिनका लागि भए पनि जनताका समस्याहरुमा केन्द्रित भइदिए ठूलो कुरा हुनेथियो ।
के गर्ने दुःखित पीडित जनताको नियति नै सहनु र मर्नु छ । दुःखपीडामा सरकारले जनताप्रति जिम्मेवारी पूरा गर्ने कुरा अकाशको फल हो । जति धेरै कहालीलाग्दा घटनाहरु घट्छन्, सत्ताधारी र प्रतिपक्षीहरुका लागि लखनौं लूट गर्ने अवसर प्राप्त हुन्छ । जनताका नाममा यिनले जति पनि अनियमित काम गर्न सक्छन् ।  नेपालको लोकतन्त्र, गणतन्त्र यस्तै यस्तै छ । जनताका सक्कली अभिभावक कोही भएनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper