banner
banner

४ महिनापछि बोली फुट्यो, गाठो फुकेन

काठमाडौं । १५ अगस्त, साउन ३१ गते प्रधानमन्त्री केपी ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाली जनता र नेपाल सरकारका तर्फबाट भारत र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक शुभकामना तथा बधाई दिनुभयो । गत चैत २८ गते आपसी वार्तालाप भएको स्मरण पनि गर्नुभयो, गराउनु भयो । निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभयो ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्यो र द्विपक्षीय विषयमा छलफल भएको, छलफललाई निरन्तरता दिन चाहेको र नेपालले अर्थपूर्ण सम्बन्ध र सहयोग चाहेको जानकारी दिएको स्पष्ट पा¥यो । दुबै समकक्षीवीच छलफल अघि बढाउन सहमति भएको जानकारी पनि दियो ।
४ महिनापछि बोली फुटेको छ । तर नेपाल भारतवीचका सीमा समस्याको गाँठो फुक्ने लक्ष्यण देखिएको छैन । नेपाल भारतवीच कर्मचारी स्तरमा भइरहेको वार्ता पनि औपचारिकतामा सिमित भएको छ । भारत नेपालसँगका समस्या थाँती राखेर नेपाललाई गाल्न चाहन्छ भन्ने स्पष्ट देखिएको छ । कूटनीतिज्ञहरु नेपालले टेलिफोन वार्तालाई सम्बन्ध सुधारमा अघि बढाउनु पर्ने बताइरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper