banner
banner

सीमामा अभिलेख राख्ने प्रयास

काठमाडौं । गृहमन्त्रीले नेपाल भारतसीमाबाट आवतजावत गर्नेको अभिलेख राखिने कुरा अघि सारेपछि भारतले त्यसको प्रतिकार गर्ने संकेत देखाएको छ ।
गृहमन्त्री रामवहादुर थापाले साउन २८ गते भारतको अतिक्रमणकारी नीति र चिन्तनले नेपाललाई बढी समस्या पर्दै गएको बताउँदै अभिलेख राख्ने काम सुरु भएको बताएपछि भारतीय सीमा सुरक्षाकर्मीले नेपालीपक्षलाई दुःख दिन थालेको गुनासोहरु आउन थालेका छन् ।
यद्यपि गृहमन्त्रीले सीमा नियमनका लागि अभिलेखको कुरा नगरी कोभिड–१९, कोरोना भाइरस नियन्त्रणका लागि अभिलेख राख्न थालेको बताएका हुन ।
संसदीय समितिले उठाएका प्रश्नको जवाफ दिने क्रममा खुला सीमा छ, भारतबाट कोरोना भाइरस संक्रमित नेपाल पसेर समस्या बढेको हो, यसैले सीमा आवतजावतमा कडाइ गरिएको र अभिलेख राख्न थालेको उनको तर्क छ । 
जवाफका क्रममा गृहमन्त्रीले आगामी दिनमा सीमामा हुने आवतजावतको विवरण राखिने र परिचयपत्रका आधारमा मात्रै सीमा आरपार गर्न दिनेतर्फ सरकार अगाडि बढ्ने नीति लिइएको बताए । सरकार अहिले पनि दर्ता प्रणाली गर्न हिचहिचाइरहेको छ । भारतको प्रतिक्रिया कुरेको हो भन्ने अनुमान गर्न सकिन्छ । भारत खुला सीमालाई नियमन गर्न दिने मूडमा छैन । नियमन हुन थाले भारत बंगलादेशमाजस्तो काँडेतार लगाउन नेपालमा दबाब बढ्न सक्ने र भारतलाई समस्या थपिने भारतको बुझाइ रहेको हुनसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper