banner
banner

लोकसेवाकै परीक्षामा सेटिङ ?

काठमाडौं । लोकसेवा आयोगकै परीक्षामा सेटिङ ? योभन्दा गए गुज्रेको शासन व्यवस्था अरु के हुन्छ ? अदालतदेखि लोकसेवासम्म राजनीतिकरण । राजनीतिक भागबण्डामा नियुक्ती हुनथालेपछि अदालतपछि लोकसेवा पनि अछुत रहेन ।
लोकसेवा आयोगले सञ्चालन गरेको सहसचिवको परीक्षाको नतिजामा ‘सेटिङ’ रहेको सूचना चुहिएपछि परीक्षा रद्द गरिएको छ । यो गम्भीर विषय हो, तर यसको जिम्मेवार को को हुन्, को को संलग्न छन्, छानबिन हुनसकेको छैन ।
यो घटनाले आयोगको निष्पक्षताको विषयमा प्रश्न खडा गरिदिएका छ । स्रोतका अनुसार आयोगका सदस्यले जसलाई जाँचकी तोकेका थिए, जाँचकी र परीक्षार्थीवीच सेटिङ मिल्ने आधार नै त्यही थियो, तैपनि कोही दण्डित भएनन् ।
आयोगका सदस्य कोही बोलेका छैनन्, प्रवक्ता गीताकुमारी होमागाईं आयोगको परीक्षा कसरी स्वच्छ हुन्छ, त्यसतिर आयोग गम्भीर रहेको बताउनु भयो ।
आयोगको सूचीमा रहेका विज्ञ नै सेटिङमा संलग्न हुन्छन् भने आयोगका सदस्यको चलखेल बिना यो सम्भव नै छैन भन्छन् आयोगलाई बुझ्नेहरु । कोडिङ र डिकोडिङ भएपछि कुन विज्ञकोमा कापी पुग्यो, यो रहस्य पत्ता लगाउनु उच्च स्तरीय सेटिङको नतिजा हो । यसकारण आयोगका अध्यक्ष र सदस्यहरु स्वच्छ छन् भन्न सकिने आधार छैन । पटक पटक यस्ता घटना घट्छन्, यहाँसम्म कि छोरीले परीक्षा दिने र बाबुले जाँच्नेसम्मका घटना पनि घटेका छन् आयोगमा ।
यतिबेला लोकसेवा आयोगका अध्यक्ष छन् उमेशप्रसाद मैनाली । सदस्यहरुमा बिन्द्रा हाडा, डा.गोविन्द कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा । यी सबै सदस्यहरु ठूला पार्टीका भागबण्डामा नियुक्त भएका हुन् । यद्यपि अध्यक्ष सदस्यहरु क्षमतावान छन् तर यो घटनाले प्रश्न उठाइदिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper