banner
banner

हिमानी ट्रष्ट देशव्यापी जाउ

सरकार चेपाङ र सुकुम्वासी बस्तीमा आगो लगाउँछ, गुण्डागर्दी गर्नेलाई छुट दिन्छ । यस्तो महामारीको बेलामा पनि सरकार जनताको मन जित्न सकिरहेको देखिदैन ।
यता हिमानी ट्रष्टले सुकुम्वासी बस्ती चेपाङ समुदायमा ६० बोरा चामल र ६० केजी दाल बितरण गरेको छ । हिमानी ट्रष्टले सरकारलाई करोडौं नगद र विभिन्न समुदायलाई कोरोना भाइरससँग लड्ने सरसामान पटक पटक उपलव्ध गराउँदै आएको छ ।
हिमानी ट्रष्ट पूर्वराजतन्त्रसँग जोडिएको संस्था हो । यो संस्थाले केही समुदाय संस्था र १ सय ५ परिवारलाई केही बोरा दाल चामल बाँडेर पुग्दैन । हिमानी ट्रष्ट र समाजसेवीहरु योगेश्वर अमात्य, बिमल श्रेष्ठ (अमेरिका), सकुना श्रेष्ठ , नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर, कराँते संघका अध्यक्ष अशोक श्रेष्ठ, आशिका तामाङ (जर्मनी), कुसुम श्रेष्ठ, उर्मिला शेरचन, कालिन्चोक युवा क्लव, छिजी द्वाल्खा डोवर, पुजा गुरुङ र बिमल श्रेष्ठको बिशेष सहयोग र सहकार्य रहेको थियो । हिमानी ट्रष्टले हिमाल, पहाड, तराईसम्म नै यस्ता खाद्यान्न, लत्ताकपडा, औषधि उपचारका अवसर र सामान उपलव्ध गराउनु पर्छ ।
आज विपन्न बर्ग, सिमान्तकृत समुदाय सबैभन्दा पीडित छ । गरिखाने बर्ग काम नपाएर बेरोजगार छ र भोकै छ । बिरामी छ । बाढीपहिरोको पीडा समेत थपिएको छ । यस्तो बेलामा पूर्वराजतन्त्रसँग जोडिएको हिमानी ट्रष्टले देशव्यापी रुपमा नाना, खाना र छानाका लागि केही गर्नैैपर्छ । अहिले नगरे कहिले गर्ने ? सोच्नेबेला यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper