banner
banner

स्पेशल फोर्स– दार्चुलाको खलङ्गामा

काठमाडौं । नेपाली सेनाको स्पेशल फोर्स दार्चुलाको खलंगा पुगेको छ । यो फोर्सले त्यस क्षेत्रको सुरक्षा र खलंगाबाट टिंकर जोड्ने सडक निर्माण गर्नेछ । महासेनानी रमेश गुरुङको नेतृत्वको टोली दार्चुला पुगेको हो । करिब २ सय जनासहित सुरक्षा र निर्माण क्षेत्रमा खटिने उक्त टोली परिचालित भइरहेको खबर छ । यो टोलीलाई सघाउन थप स्पेशल फोर्स खलंगा पठाउने तैयारी भइरहेको जानकारी पाइएको छ ।
खलंगा पुगेको यो टोलीले घाटी बगरदेखि उत्तर तिंकरसम्मको कठिन भूगोलमा सडक खन्न थाल्नेछ । उनीहरुको सुरक्षाका लागि ‘स्पेशल फोर्स’ पनि जाँदैछ । बाटो निर्माण लक्ष्य भए पनि मुख्य लक्ष्य भनेको भारतीय अतिक्रमणमा परेका ती क्षेत्रको सीमा सुरक्षा नै हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper