banner
banner

झण्डा आन्दोलन

धर्मरत्न श्रेष्ठ---
धर्मरत्न श्रेष्ठ– अन्तर्राष्ट्रिय र सीमा कानुनबेत्ताहरुको कमी छैन । नेपाल–भारत सीमा समस्या दिनदिनै चर्केर गएको छ र अव यो समस्या गोर्खा भर्तिकेन्द्र बन्द गर्नेसम्ममा पुगेको छ । भारत नेपाललाई ए
उटा प्रान्त बनाउनेसम्मका अतिशयोक्ति र अतिवादी प्रचार गरिरहेकै छ । जुन भारत स्वतन्त्र गराउन नेपालीले रगत र ज्यान लगाए, आज त्यही भारत नेपालमाथि खनिएको छ । नेपाली भूभाग मिचेर, नेपाललाई सवक सिकाउने कूप्रचारसमेत गरिहेको छ ।
सयौं वर्ष बृटिशको दास बनेको भारत स्वतन्त्र त भयो, तर स्वतन्त्रताको गरिमा र महिमा जान्न सकेन । भारत आफूलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भन्छ, लोकतन्त्रको मर्यादाविपरित नेपालमाथि हस्तक्षेपकारी व्यवहार गरिरहेको छ, जुन नेपालले अस्वीकार गर्दै आइरहेको छ । नेपालमा ठूलो समस्या भनेकै भारतले दिएको बासमती चामलको बासीभात खाने भाते बुद्धिजीवी हुन् । जो आफूलाई नागरिक समाज भन्छन्, नागरिकको आवाज कहिले बोल्दैनन् ।
राजतन्त्र फाल्ने बेलामा सडकबाट कराउने नागरिक समाज आज लोकतन्त्र बचाउने, लोकतन्त्र उजिल्याउने र अलोकतान्त्रिक गतिविधिका बारेमा पटक्कै बोल्दैनन् । नागरिक कहाँ छन्, लोकतन्त्र कहाँ छ, यिनीहरु नदेखेझैं गर्छन् ।
बुद्धिजीवी र नागरिक समाज भनेको पार्टीको झण्डा बोक्ने बर्ग होइन । नागरिकको आवाज उठाउने बर्ग हो । आज त्यो बर्ग नागरिकतिर होइन, सत्ताधारीतिर हेर्छन् र सत्ताधारीको इसाराअनुसार चलायमान हुन्छन्, जुन गलत छ ।
सहनै नसकेर हो, आमयुवाहरु इनफ इज इनफ भनेर राष्ट्रिय झण्डा उठाउन बाध्य भएका । सडकमा सुतेका छन्, सडकमा बसेका छन्, सडकमा उभिएका छन् र भनिरहेका छन्– इनफ इज इनफ । हरेक पार्टीका, पार्टी नेताका गलत क्रियाकलापबारे इनफ इन इनफ हो । सरकारले नागरिक जवाफदेहीता पूरा नगरेका विषयमा इनफ इज इनफ हो । आफ्ना घोषणापत्र र बाचा पूरा नगरेर कुशासन फैसलाएकोमा इनफ इज इनफ हो । असुरक्षा र अराजकता फैलाएको र अन्याय बढेकोमा युवा आवाज हो– इनफ इज इनफ । राष्ट्रिय झण्डा बोकेका युवाहरुको आवाज अझै पनि पार्टी, शासक प्रशासकले सुनेनन् भने यो आन्दोलन आँधी पनि हुनसक्छ । संकेतहरु देखिएका छन्, अर्थ बुझ्नुपर्छ– इनफ इज इनफ के हो ?
बुढा नेताहरुले युवालाई कहिले अवसर नदिने भए । युवाहरुलाई गरिखान नदिने, अन्याय बढाउने र जता पनि राजनीति गरेर लोकतन्त्रलाई मौजा बनाउन थालेका छन् । अव पनि युवा नजाग्ने हो भने नेपाली लोकतन्त्र युवालाई ठोकतन्त्र र अपराधतन्त्रमा रुपान्तरण हुँदै जानेछ । युवा पूरा शक्तिका साथ उठ्ने बेला यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper