banner
banner

यस्तो क्षेत्रमा अन्तर्राष्ट्रिय एयरपोर्ट ?

काठमाडौं । निजगडमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना छ । एयरपोर्ट बनाउनका लागि अनावश्यक रुखहरुको व्यापक कटानी भइरहेको छ, हुँदैछ । अनावश्यक रुख कटानीबाट बचाउने अभियान पनि जारी छ ।
मुख्य सवाल– निजगडमै एयरपोर्ट किन ? बनाउनै परे यसरी जलमग्न नहुने क्षेत्रमा बनाउन सकिन्छ ।
नेपालमा पहाडको कमी छैन । पहाड ताछेर ढुङ्गा बेच्ने, अनि एयरपोर्ट बनाउने हो भने यसरी डुबानमा पर्दैन । नाङ्गा पहाड राखिराख्ने किन ? पहाडमा गाँजा खेती गर्न सकिन्छ । गाँजा भनेको देशको आर्थिक मेरुदण्ड बन्न सक्छ । पहाडमा एयरपोर्ट बनाएर समथल भूमिमा खेती हुनसक्छ । तत्काल विभिन्न खाले माफियाको लाभका लागि रुख फडानी, जग्गा अधिग्रहण, जग्गा खरिदविक्री, अनेक जालझेल गरेर यस्तो डुबान हुने क्षेत्रमा एयरपोर्ट बनाउन राजनीतिक बर्गले कसरी सहमति गरे होलान् ?
जता पनि अनियमितता । जता पनि भ्रष्टाचार । जता पनि नीतिगतदेखि आर्थिक लेनदेन । यो तरिकाले नेपालको विनास भइरहेको छ । नयाँ नेपाल बनाउने उब्जाउ भूमि मासेर होइन । नयाँ नेपाल बनाउने माफिया पालेर र पोसेर पनि होइन । किन नेपालका योजनाकारहरुले राष्ट्रिय प्राथमिकताका योजनाहरुको छनौट गर्दा दूरदृष्टि राख्न सक्दैनन् ? किन सत्ता र प्रभावशालीको प्रभावमा परेर काँचो योजना बनाइरहेका छन् ?
योजना होस्, सयवर्ष टिक्ने योजना होस् । तव न राष्ट्रिय प्राथमिकताको योजना । हरेक वर्षातमा यसरी जलमग्न हुने योजना पनि राष्ट्रिय प्राथमिकताको हुन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper