banner
banner

स्टिङ अप्रेसन होस् त यस्तो

गोविन्दप्रसाद पौडेल--
अख्तियारले चलाएको ‘स्टिङ अप्रेसन’ को जति प्रशंसा गरे पनि कमै हुन्छ । साह्रै कुशल प्रशासकको प्रशंसा पाएर अख्तियार प्रमुख बनेका नविन घिमिरेले ठूलै सफलता हात पारेछन्, साना साना माछा पक्राउ गरेर । गत आर्थिक वर्षमा २ सय ७७ जना नायव सुब्बा, १६ जना कार्यालय सहायक (पियन) लाई अख्तियारले च्याप्पै पक्राउ गरेछ । यो हो नि अख्तियारको काम । राष्ट्रपतिले स्यावासी दिएर मात्र पुग्दैन, नेपाल तारा मान पदवी र अलंकार उनलाई लगाइदिनुपर्ने देखियो ।
अख्तियार संवैधानिक निकाय हो । राजनीतिक भागबण्डामा प्रमुख र अन्य आयुक्तहरु नियुक्त हुन थालेपछि देशप्रति होइन, दल र नेताप्रति आयुक्तहरुको उत्तरदायित्व हुनथाल्नु स्वभाविक हो । त्यसैले त अख्तियारले सानामाछामात्र देख्यो, देश खाने ठूला माछा पक्राउ गर्ने हिम्मत नै गरेन । पक्राउ गर्न ह्याकुल्लो पनि त हुनुप¥यो नि । ठूला माछाहरुको सिधै सत्ताधारीहरुसँग सेटिङ मिलेपछि अख्तियारले तिनलाई नदेख्नु स्वभाविक हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper