banner
banner

गोरखा सैनिक र नेपालको असंलग्ननीति

धर्मरत्न श्रेष्ठ– बिगतमा फोकलेण्डमा गोर्खाली सेनाको दुरुपयोग भयो । नेपालको अतिराम्रो सम्बन्ध रहेको चीन र पाकिस्तानविरुद्ध भारतले गोर्खा सैनिकलाई उतारेर सम्बन्ध बिगार्ने खतरा बढेर गएको छ । चीन र भारत, पाकिस्तान र भारतवीच तनाव बढेर गएको छ । युद्धको स्थिति भएकाले भारतमा रहेको ४० हजार गोर्खा फौजलाई भारतले चीन र पाकिस्तान विरुद्ध उतार्ने योजना बनाएकाले यसको चर्चा बढेको हो । भारत नेपालको चीन र पाकिस्तानवीच राम्रो सम्बन्ध चाहदैन, यहाँसम्म कि भारत नेपालबाट चीन र पाकको दूतावास उठाउनेसम्मका भित्री चलखेल समेत गरिरहेको छ । भारतले पाकिस्तानलाई आतंकवादी भनिरहेको छ । नेपाल र भारतवीच लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका सीमा समस्या चर्केका बेलामा चीन भारतवीचको समस्यामा गोर्खा सेनालाई चीनविरुद्ध उतारिनु कुनै पनि अर्थमा उचित हुनेछैन । गोर्खा सैनिकलाई चीन न भारत, कतै पनि लड्न नपठाउने विषयमा नेपालले भारतसित कूटनीतिक पहल गर्नैपर्छ । त्यसो त कारगिलदेखि काश्मिरी विवादित क्षेत्रमा गोर्खा सेनालाई पटक पटक भारतले उतारेर नेपाल र पाकिस्तानवीच सम्बन्ध धमिल्याउने प्रयास गरिसकेको छ । गोर्खा भर्तिको उग्र विरोध गर्ने नेकपा यतिबेला सत्तामा छ । नेकपाको सरकारले गोर्खा सैनिक हुन गएकालाई उचित विकल्प दिएर फर्काउने र गोर्खा भर्ति खारेजी गर्न जररी छ । नेकपाको चुनावी घोषणापत्रमा पनि यो कुरा उल्लेख छ । तर नेकपाले घोषणापत्रलाई व्यवहारमा उतार्न बिर्सिरहेको देखिन्छ ।
भारत र चीनवीचको लद्दाखको गलवान घाँटीमा बिबाद सुल्झेको छैन । नेकपाले गोर्खा सैनिकलाई अहिलेसम्म त्यहाँ नखटाएकोमा मौन रहेर खटाउने सम्भाबना रहेको समाचारमा गम्भीर भइरहेको देखिदैन । युद्धको स्थिति आइहाल्यो भने नेपालमा घरपरिवार रहेका गोर्खा सैनिकलाई भाडाका सेनासरह लड्न पठाइयो भने यो समस्याले नेपाल र चीनवीचको सम्बन्धमा ठूलो दुस्प्रभाव पार्ने देखिन्छ ।
नेपालले अध्यावधिक नक्सा जारी गरेपछि भारत पनि नेपालसँग खुस छैन । भारत नेपाली भूभागलाई आफ्नो बताइरहेको छ र नेपालले पटक पटक वार्ताका लागि गरेको पहलमा बेवास्ता गरेर बसिरहेको देखिन्छ । यद्यपि भारतका शक्तिशाली व्यक्तिहरु नेपाल आएर केपी ओलीको सरकार ढाल्ने प्रयासमा जुटेका छन् । बहुमतवाला पार्टीको सरकार ढालेर भारतपरस्तको सरकार बनाउन खोज्नु बुझ्न सकिन्छ, अहिलेको नेपाल भारतवीचको तातो बहसमा पानी हालेर चिस्याउनु । नेकपाभित्रका अतिराष्ट्रवादी स्वरहरु भारतको यही प्रयासमा कमजोर देखिन्छन् । नेकपा पार्टी, सरकार र पार्टी विदेश विभागसमेत सरकार टिकाउने र गिराउने खेलमा व्यस्त देखिन्छन् । नेपाल बिस्तारै असंलग्नबाट संलग्नतिर लाग्दैछ । नेपालको परराष्ट्रनीतिमा धाँजा फाट्दै गएको देखिदैछ, जुन दुर्भाग्यपूर्ण छ ।
नदेखिने चालबाजी भारतको, अमेरिकाको र देखिने गरी चीनको नेकपाभित्र उठबस जुन देखिएको छ, त्यसबाट नेपालको स्थापित नीति बिचलन हुँदैछ । यस सम्बन्धमा परराष्ट्रविदहरुको मौनतासमेत रहस्यमय मान्न सकिन्छ । लोकतन्त्रको कोकोहोलो मच्चाउने नागरिक समाजसमेत राष्ट्रिय विषयमा बोलिरहेका छैनन् । गोरखा सैनिक र
नेपालको असंलग्ननीति
धर्मरत्न श्रेष्ठ– बिगतमा फोकलेण्डमा गोर्खाली सेनाको दुरुपयोग भयो । नेपालको अतिराम्रो सम्बन्ध रहेको चीन र पाकिस्तानविरुद्ध भारतले गोर्खा सैनिकलाई उतारेर सम्बन्ध बिगार्ने खतरा बढेर गएको छ । चीन र भारत, पाकिस्तान र भारतवीच तनाव बढेर गएको छ । युद्धको स्थिति भएकाले भारतमा रहेको ४० हजार गोर्खा फौजलाई भारतले चीन र पाकिस्तान विरुद्ध उतार्ने योजना बनाएकाले यसको चर्चा बढेको हो । भारत नेपालको चीन र पाकिस्तानवीच राम्रो सम्बन्ध चाहदैन, यहाँसम्म कि भारत नेपालबाट चीन र पाकको दूतावास उठाउनेसम्मका भित्री चलखेल समेत गरिरहेको छ । भारतले पाकिस्तानलाई आतंकवादी भनिरहेको छ । नेपाल र भारतवीच लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका सीमा समस्या चर्केका बेलामा चीन भारतवीचको समस्यामा गोर्खा सेनालाई चीनविरुद्ध उतारिनु कुनै पनि अर्थमा उचित हुनेछैन । गोर्खा सैनिकलाई चीन न भारत, कतै पनि लड्न नपठाउने विषयमा नेपालले भारतसित कूटनीतिक पहल गर्नैपर्छ । त्यसो त कारगिलदेखि काश्मिरी विवादित क्षेत्रमा गोर्खा सेनालाई पटक पटक भारतले उतारेर नेपाल र पाकिस्तानवीच सम्बन्ध धमिल्याउने प्रयास गरिसकेको छ । गोर्खा भर्तिको उग्र विरोध गर्ने नेकपा यतिबेला सत्तामा छ । नेकपाको सरकारले गोर्खा सैनिक हुन गएकालाई उचित विकल्प दिएर फर्काउने र गोर्खा भर्ति खारेजी गर्न जररी छ । नेकपाको चुनावी घोषणापत्रमा पनि यो कुरा उल्लेख छ । तर नेकपाले घोषणापत्रलाई व्यवहारमा उतार्न बिर्सिरहेको देखिन्छ ।
भारत र चीनवीचको लद्दाखको गलवान घाँटीमा बिबाद सुल्झेको छैन । नेकपाले गोर्खा सैनिकलाई अहिलेसम्म त्यहाँ नखटाएकोमा मौन रहेर खटाउने सम्भाबना रहेको समाचारमा गम्भीर भइरहेको देखिदैन । युद्धको स्थिति आइहाल्यो भने नेपालमा घरपरिवार रहेका गोर्खा सैनिकलाई भाडाका सेनासरह लड्न पठाइयो भने यो समस्याले नेपाल र चीनवीचको सम्बन्धमा ठूलो दुस्प्रभाव पार्ने देखिन्छ ।
नेपालले अध्यावधिक नक्सा जारी गरेपछि भारत पनि नेपालसँग खुस छैन । भारत नेपाली भूभागलाई आफ्नो बताइरहेको छ र नेपालले पटक पटक वार्ताका लागि गरेको पहलमा बेवास्ता गरेर बसिरहेको देखिन्छ । यद्यपि भारतका शक्तिशाली व्यक्तिहरु नेपाल आएर केपी ओलीको सरकार ढाल्ने प्रयासमा जुटेका छन् । बहुमतवाला पार्टीको सरकार ढालेर भारतपरस्तको सरकार बनाउन खोज्नु बुझ्न सकिन्छ, अहिलेको नेपाल भारतवीचको तातो बहसमा पानी हालेर चिस्याउनु । नेकपाभित्रका अतिराष्ट्रवादी स्वरहरु भारतको यही प्रयासमा कमजोर देखिन्छन् । नेकपा पार्टी, सरकार र पार्टी विदेश विभागसमेत सरकार टिकाउने र गिराउने खेलमा व्यस्त देखिन्छन् । नेपाल बिस्तारै असंलग्नबाट संलग्नतिर लाग्दैछ । नेपालको परराष्ट्रनीतिमा धाँजा फाट्दै गएको देखिदैछ, जुन दुर्भाग्यपूर्ण छ ।
नदेखिने चालबाजी भारतको, अमेरिकाको र देखिने गरी चीनको नेकपाभित्र उठबस जुन देखिएको छ, त्यसबाट नेपालको स्थापित नीति बिचलन हुँदैछ । यस सम्बन्धमा परराष्ट्रविदहरुको मौनतासमेत रहस्यमय मान्न सकिन्छ । लोकतन्त्रको कोकोहोलो मच्चाउने नागरिक समाजसमेत राष्ट्रिय विषयमा बोलिरहेका छैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper