banner
banner

पूर्वप्रधानसेनापति भन्नुहुन्छ– सेना ब्रम्हास्त्र

जनयुद्धबाट जनआन्दोलनमा मिसिएर आएको लोकतन्त्रको प्रधानमन्त्री, कति सशक्त होलान्, त्यो अवस्थामा कूलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गर्दा उल्ट्याउन सक्ने प्रधानसेनापति कति दह्रा होलान् ? उनको नामको रुकमांगद् कटवाल । देशको कुरा गर्ने कटवाल अझै चर्चामा छन् ।
पूर्वप्रधानसेनापति रुकमांगद् कटवालको ‘सेना ब्रम्हास्त्र हो, बिबादमा नपारौं भन्ने अभिव्यक्ति यतिबेला राजनीतिक बृत्तमा अधिक चर्चामा छ । कटवालले भन्नुभएको छ– नेपाल र नेपाली जनताको आशा र भरोशाको केन्द्रका रुपमा रहेको नेपाली सेना पछिल्ला दिन राजनीतिक क्षेत्रको छायाँका रुपमा बदनाम गरिदैछ, सेनाको काम, कर्तव्य के हो भन्नेमा भ्रम र द्विविधा सिर्जना गरिदैछ, यस्तो बिबाद राम्रो होइन । नेपालको संविधान र कानूनले नै सेनाको काम, कर्तव्य र अधिकार परिभाषित गरिसकेको छ । राजनीतिक तहले  सेनालाई आफूखुशी प्रयोग गर्न थालेका छन् । बिबादमा मुछ्न थालेका छन्, यो गम्भिर चिन्ताको विषय हो ।
कटवालले भन्नुभएको छ– सेनाले आफ्नो छवि आफैं जोगाउनुपर्छ । नेपाली सेना केका लागि स्थापना भएको हो, स्पष्ट छ, स्पष्ट भइरहनुपर्छ । देशको सीमा रक्षादेखि सार्वभौमसत्ताको संरक्षणमा सेना परिचालन गरिनुपर्छ, यो नै नेपाली सेनाको काम हो । अव सेनाले बाटो खन्ने व्यापार व्यवसायमा आफैलाई भुलाउनु हुन्न । भ्रमित पार्नेगरी अनावश्यक विवाद हुने काममा सेनालाई निकाल्नु हुँदैन । सेनाको नेतृत्व गर्नेले आफ्नो काम कर्तव्य र अधिकार भन्दा बाहिर जानै हुँदैन । सेना भनेको विशेष अवस्थामा मात्र परिचालन गरिने अन्तिम अस्त्र हो । ब्रम्हास्त्रको प्रयोग कतिखेर र कुनबेला गर्ने भन्नेमा राजनीतिक नेतृत्वसमेत सजग रहनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper